ताजा अपडेट

नेपाली खेलाडीको मनोबल उच्च राख्ने गृहमन्त्री : जर्सी लगाएरै कार्यकक्षमा भेटवार्ता

नेपाली खेलाडीको मनोबल उच्च राख्ने गृहमन्त्री : जर्सी लगाएरै कार्यकक्षमा भेटवार्ता

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । यद्यपी अमेरिकामा भएको टी–२० विश्वकपको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको पराजय भोग्नु प¥यो । हिजो टी २० विश्वकपमा नेपालले नेदरल्याण्डससँग पहिलो खेल खेल्दै थियो यता नेपालीहरु पनि निकै उत्साहित थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले समेत नेपाली क्रिकेट खेलाडीको मनोबल उच्च पार्न र टीमको समर्थनमा दिनभर नेपाली क्रिकेटको जर्सी लगाएरै मन्त्रालयमा कार्यसम्पादन गरेका थिए । विभिन्न भेटवार्तामा पनि उनि जर्सीमै देखिन्थे ।यस्तै गरेर रास्वपाका सांसदहरुले पनि खेलाडीहरुको समर्थनमा संसद भवनबाहिर जर्सी लगाएर तस्बिर खिचाएका थिए । यता नेपालले अमेरिकामा टी २० विश्वकप खेलिरहँदा काठमाडौंको टुँडिखेलमा ठूलो भीड थियो। काठमाडौं महानगरपालिकाले ठूलो स्क्रिनमा खेल हेर्ने व्यवस्था मिलाएकाले काठमाडौंबासी त्यहाँबाट खेल नियालीरहेका थिए भने नेपालको जीतको कामना गरिरहेका थिए...
भारतमा फेरि पनि मोदी सरकार

भारतमा फेरि पनि मोदी सरकार

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।भारतमा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले जित हासिल गरेको छ। ​ भारतको निर्वाचन आयोगका अनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा उसले २ सय ४० सिटमा जित हासिल गरेको हो। योसँगै भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)लाई बहुमत प्राप्त भएको छ। त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २४ सिटमा जित हासिल गरेको छ।काङ्ग्रेस ९९ सिट,समाजवादी पार्टी ३७ सिट,द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट,तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट,एनसीपी (सपा) ले आठ सिटमा जित हासलि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वनारसबाट चुनाव जितेका छन्। भने,कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जितेका छन्।उत्तर प्रदेशमा भने भाजपाले यो पटक ३३ सिटमात्र ल्याएको छ।त्यहाँ समाजवादी पार्टीले ...
माधव नेपाल र नेकपा महासचिव विप्लवबीच समाजवादी मोर्चाबारे छलफल

माधव नेपाल र नेकपा महासचिव विप्लवबीच समाजवादी मोर्चाबारे छलफल

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।अध्यक्ष नेपाललाई भेट्न महासचिव विप्लव  मंगलबार साँझ नेपाल निवास कोटेश्वर पुगेका थिए। भेटवार्तामा समसामयिक राजनीतिक विषय र पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबीच गम्भीरता पूर्वक छलफल भएको बताइएको छ ।भेटवार्तामा नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डसमेत समावेस भएको जनाइएको छ । विप्लव समाजवादी मोर्चाको संयोजक पनि हुन् ।उनले काठमाडौं केन्द्रित भेटघाट तीव्र बनाएको नेकपा स्रोतले बताएको छ ।      ...

मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।हाल देशमा स्थानीय वायु,पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।साथै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले आज देशको केही स्थानमा मेघगर्जन\चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञानका अनुसार उक्त प्रणालीको प्रभावले कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश,लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोशी,मधेश,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशा...
नेदरल्याण्ड्ससँग नेपाल पराजित

नेदरल्याण्ड्ससँग नेपाल पराजित

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । आईसीसी टी २० विश्वकप २०२४ अन्तर्गत समूहको  आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८।४ ओभरमा ४ विकेठ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए । नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।...
काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा

काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । आरोही राजेश लामाले काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गरेका छन् । उनले यात्रा शुरू गरेको ५७औं दिनमा सगरमाथा आरोहण गरेका हुन् । गत अप्रिल १ तारिखका दिन काठमाडौंदेखि पैदलयात्रा शुरू गरेका उनले ४ सय ३२ दशमलव ६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्। आज पत्रकार सम्मेलनमार्फत आरोहणका अनुभव सुनाउँदै लामाले दृढ सङ्कल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताए।इच्छा शक्ति,धैर्यता र अठोट भए जीवनमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नसक्छ भन्ने उदाहरण काठमाडौंदेखि सगरमाथा शिखर सम्मको यात्रा भएको उनले बताए। आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उनको भनाइ छ । सानेपाबाट सगरमाथा यात्रा शुरू गरेका ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुगेका थिए । मे २० तारिखका दिन उनले सगरमाथा आरोहण गरेका थिए।...
१० वर्षपछि विश्वकपमा फर्किएको नेपालको पहिलो चुनौती परिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्स

१० वर्षपछि विश्वकपमा फर्किएको नेपालको पहिलो चुनौती परिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्स

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदैछ ।नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा राति २१ : १५ बजे सुरु हुनेछ । जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । उक्त समूहमा नेपाल र नेदरल्यान्ड्सका अतिरिक्त दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन् । समूह ‘डी’ अन्तर्गत खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि खेलिएको उक्त समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । सोही जितका कारण दक्षिण अफ्रिका दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।...
पूर्वाधार बजेटको आकार बढे पनि खर्च गर्ने आधार कमजोर  : विज्ञ

पूर्वाधार बजेटको आकार बढे पनि खर्च गर्ने आधार कमजोर : विज्ञ

ताजा अपडेट, समाचार
काठमाडौं । सरकारले पूर्वाधार क्षेत्रमा बजेट बढाएपनि खर्च गर्न सक्ने गरी नआएको बताएका छन् । ‘बजेट पूर्वाधार क्षेत्र र निर्माण क्षेत्रको अबको बाटो’ विषयक अन्तक्रियामा पूर्वाधार क्षेत्रका विज्ञहरुले अनुशासनमा नबसी बजेट विनियोजन गरेको बताएका हुन् । छलफलमा, नेपाल सरकार पूर्वसचिव किशोर थापाले गत वर्षको तुलनामा बजेटको आकार बढाए पनि निर्माण व्यवसायीले काम गरेको खर्च पाउँछन् की पाउँदैनन् भन्ने मुख्य विषय रहेको बताए । ‘बजेटको अंकभन्दा आयोजनाको संख्या बढाइएको छ । मन्त्रालयको खर्च गर्ने क्षमता नै कमजोर रहेकाले अहिले अवस्था दोहोरिने देखिन्छ,’ ‘बजेटको अंकभन्दा आयोजनाको संख्या बढाइएको छ,’ उनले भने्, ‘मन्त्रालयको खर्च गर्ने क्षमता नै कमजोर रहेकाले अहिलेकै अवस्था दोहोरिने देखिन्छ ।’ नेपाल सरकारका पूर्वसचिव अर्जुनजंग थापाले आयोजना घोषणादेखी बजेट छुट्टाउने होस् वा कार्यन्वयन गर्ने बेलासम्मै राजनीतिक ...
गोदावरीका मेयर महर्जनसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

गोदावरीका मेयर महर्जनसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

कानुन, ताजा अपडेट, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए। उनीहरूविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका हुन्। गोदावरीको ढुं‌गा–गिट्टी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको उनीहरूमाथि आरोप छ।  ...

नेप्सेमा ३.९७ अंकको गिरावट, लघुवित्त समूहमा उच्च वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.९७ अंकको गिरावट आएको छ । आज नेप्से ०.१९ प्रतिशतले घटेर २०७९.०७ विन्दुमा आएर रोकिएको छ । आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार चार अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रूपैयाँको कारोबार भएकोमा सोमबार चार अर्ब ४० लाख ७० हजार २४३ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३१६ वटा धितोपत्रको ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच भएको हो। सोमबार ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६७० रूपैयाँ कायम भएको छ।...