ताजा अपडेट

एमाले पोखराको अध्यक्षमा जीवन आचार्य

एमाले पोखराको अध्यक्षमा जीवन आचार्य

ताजा अपडेट, राजनीति, समाचार
पोखरा । नेकपा एमाले पोखरा महानगरपालिकाको अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी दीपक पौडेललाई ६७ मतान्तरले पराजित गर्दै आचार्य विजयी भएका हुन् । आचार्यले २ सय ७७ मत पाउँदा पौडेलले २ सय १० मत पाए । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको थियो । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।...
कान्ति लोकपथः मर्मतपछि आजदेखि पुनः सञ्चालन

कान्ति लोकपथः मर्मतपछि आजदेखि पुनः सञ्चालन

अर्थतन्त्र, ताजा अपडेट, समाचार
ललितपुर । चैत १ गतेदेखि बन्द रहेको कान्ति लोकपथ पुनः सञ्चालनमा आएको छ । पूर्ण रुपमा मर्मतसम्भार सम्पन्न भएपछि सो मार्ग खुला गरिएको कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । उनले भने, ‘ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्री डाँडाबाट छपेलीतर्फ कार्की बासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ । ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ । बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ । बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन हुनेछ ।’ वैशाख १५ गतेदेखि आंशिकरुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्णरूपमा क्षति ...
ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन प्रतितोला एक हजारले घटेको हो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी प्रतितोला २५ रुपैंयाले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।...
आफ्ना सदस्यलाई महासंघको सदस्यमा अद्यावधिक गर्न तीन पत्रकार संगठनको माग

आफ्ना सदस्यलाई महासंघको सदस्यमा अद्यावधिक गर्न तीन पत्रकार संगठनको माग

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । पत्रकारितामा क्रियाशील रहेर पनि नेपाल पत्रकार महासंघले नाम छुटाएका पत्रकारलाई यथाशीघ्र अद्यावधिक गर्न तीन पत्रकार संगठनले माग गरेका छन् । पत्रकार महासंघको निर्वाचन नजिकिँदै गर्दा आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै समावेशीता र पहिचानको मुद्दालाई उठाइरहेका संगठनहरु नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), मधेशी पत्रकार समाज नेपाल र राष्ट्रिय दलित पत्रकार संंघ नेपालले आफ्ना सदस्यहरुलाई यथाशीघ्र अद्यावधिक गर्न माग गरका हुन् । आफ्नो संगठनमा आवद्ध रहेका पत्रकारलाई महासंघको जिल्ला शाखाले सिफारिस नगर्ने, कतिपय जिल्लाबाट सिफारिस हुँदा समेत केन्द्रले सूचीबाट नाम हटाएको उनीहरुको गुनासो छ । आफ्नो माग २४ घण्टाभित्र पुरा नभए कडा संघर्षमा जाने उनीहरुले चेतावनी दिएका छन् ।...
गण्डकीमा आजदेखि श्रमाधान मेला सुरु हुँदै

गण्डकीमा आजदेखि श्रमाधान मेला सुरु हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
पोखरा।गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु हुँदैछ।पोखराको ईभेन्ट सेन्टरमा हुन लागेको सो मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिएका छन्। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको सो मेलाको होटल संघ नेपाल (हान)ले संयोजन गरेको छ।भने,नेपाल उद्योग बाणिज्य महासंघ,नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ,नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका संस्था सह–आयोजकका रुपमा रहेको उनले जानकारी दिए। मेलाको श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम छ। मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेक...
मानसिक थकान मार्ने प्रतिक्षालय हो ‘मुस्ताङ्ग’!

मानसिक थकान मार्ने प्रतिक्षालय हो ‘मुस्ताङ्ग’!

ताजा अपडेट, पर्यटन, फिचर, वातावरण, विचार, समाचार
बिष्णु गिरी ‘निश्चल‘ काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन।सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङ्गको मुक्तिनाथ यात्रा केबल धार्मिक मात्र होईन त्यो एउटा सभ्यताको अध्ययन हो,मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो,धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो पनि हो। एउटै उदेश्य लक्ष्य र सपना बोकेका हामी चार युवाको अगुवाईमा खोलिएको व्यवसायिक कम्पनीको योजनालाई सार्थकता दिन र साथीहरुबीच थप आत्मीयता बढाउने उदेश्यलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङ्गको यात्रा गर्ने तय भयो तर एक साथीलाई मनाउन भने हामी तीनलाई निक्कै मेहनत गर्नु प¥यो।तर,मन नमिल्ने कुरै भएन मिति २०८० जेष्ठ ९ गते साझ ७ बजे हामी गन्तव्यको लागि काठमाडौंबा...

आजदेखि बजेटमाथि छलफल शुरु हुने

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।आगामी आर्थिक वर्ष ०८१८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजदेखि छलफल हुँदैछ ।छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको थियो। अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् । राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजश्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक डाकिएको छ।राष्ट्रिय सभामा ३ दिन बजेटमाथि छलफल सकेर २३ गते अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको बताइएको छ।...
एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ।संसद भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा अहिले साढे १२ बजे बैठक बस्न लागेको हो। बैठकपछि पछिल्लो विकशित राजनीतिक घटनाक्रम,सरकारले संसदमा पेस गरेको बजेट लगायतको बिषयमा छलफल हुने जनाइएको छ।सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमाथि भोलिबाट छलफल सुरु हुँदैछ। बैठकमा सांसदहरुलाई बजेटको पक्षमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रभावकारी भूमिका खेल्न निर्देशन दिने तयारी गरेका छन्। यस्तै,बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा उठेको आशंकाको बिषयमा पनि छलफल हुने जनाइएको छ।...
महाधिवेशनको तयारीमा जुट्यो एकीकृत समाजवादी

महाधिवेशनको तयारीमा जुट्यो एकीकृत समाजवादी

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले महाधिवेशनको तयारी तीव्र पारेको छ। आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुन लागेको दशौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरी सबै कमिटी,विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए। उनले व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख,कार्यप्रगतिको विवरण समेत बुझाएको जानकारी दिए। केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको उनको भनाई छ । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक,समाजवादी,विधान र साङ्गठनिक दस्तावेजलाई थप छलफल गर्न सबै जिल्ला तथा कमिटीहरूमा पठा...
काभ्रे उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रताप वैद्य निर्वाचित

काभ्रे उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रताप वैद्य निर्वाचित

ताजा अपडेट, समाचार
काभ्रे ।काभ्रे उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रताप वैद्य निर्वाचित भएका छन्।सङ्घको ४२ औँ वार्षिक साधारण सभा एवं अधिवेशनबाट वैद्य निर्वाचित भएका हुन्। उनि आफ्ना निकटतम प्रतिस्पर्धी राजन मानन्धरलाई ३० मतले हराउँदै विजय हाँसिल गर्न सफल भएका हुन् ।वैद्यले ४८७ मत प्राप्त गरेका छन्।भने,मानन्धरले ४५७ मत पाएका छन्।अध्यक्षका अर्का प्रत्याशी वसन्तनारायण भोछिभोयाले ११७ मत ल्याएका छन्। यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रवीन्द्र बैदार,उपाध्यक्षमा सुरेशभक्त भोछिभोया र उमेशरत्न शाक्य महासचिवमा रजित पलाञ्चोके,कोषाध्यक्षमा मानकाजी प्रधान,मुख्य संयोजकमा विज्ञान धौगोडा,सचिवमा कृष्णलाल श्रेष्ठ,सह संयोजकमा रवि तौजले,सहसचिवमा रामकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा श्यामकुमार (मुनाल) विजयी भएका छन्।    खुल्ला सदस्य पदमा निर्दोष पलाञ्चोके,रहदेव पोटे,रोशन खुप्पा श्रेष्ठ,सुमनचौ प्रधान,गौतम मानन्धर...