ताजा अपडेट

धेरै उपाध्यक्ष पद मान्छेहरूको स्वार्थ बिसाउने चौतारो मात्रै हो : एमाले अध्यक्ष ओली

धेरै उपाध्यक्ष पद मान्छेहरूको स्वार्थ बिसाउने चौतारो मात्रै हो : एमाले अध्यक्ष ओली

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष पद मान्छेहरूको स्वार्थ बिसाउने चौतारो मात्रै भएको भन्दै अब सातै प्रदेशमा उपाध्यक्ष पद आवश्यक नभएको बताएका छन्। शनिवार राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस् भन्ने आशा व्यक्त गरे ।नेतृत्व चयनमा अप्ठेरो परे पार्टीमा आउन तथा राष्ट्रिय एकताको विपरीतमा हुने कुनै काममा नलाग्न उनले निर्देशन समेत दिए । उनले भने,‘युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस्, सुन्नै नपरोस्,नेतृत्व र पदका लफडा । अप्ठेरो पर्‍यो भने पार्टीमा सोध्न आउनुस्,कसलाई बनाउने हामी भन्दिन्छौं।हामीले कामको मूल्यांकन गरेर बसेका छौं नभनेका मात्रै हौं । हामी धेरै भन्दैनौं,कसको कहाँ सच्याउनुपर्ने,तर अध्यक्ष एउटै हुने हो।उपाध्यक्ष ७ वटा चाहिने कुरा होइन,तैपनि पार्टीमा पनि छ उपाध्यक्ष,तर चाहिने कुरा ...
मिस नेपाल २०२४ का फाइनलिस्ट घोषणा,प्रतियोगी अंक प्रदान 

मिस नेपाल २०२४ का फाइनलिस्ट घोषणा,प्रतियोगी अंक प्रदान 

ताजा अपडेट, मनोरन्जन, समाचार
काठमाडौं।मिस नेपाल २०२४ को उपाधिका लागि २६ फाइनलिस्ट घोषणा भएको छ। हालै ललितपुरमा सम्पन्न पत्रकार सम्मेलनमार्फत २६ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने जानकारी दिइएको हो।यसका लागि प्रतियोगी अंकसमेत प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्।  ‘स्यास सेरेमोनी’मा छनोट सुन्दरीले आफ्नो परिचय दिँदै प्रतियोगी नम्बरबारे जानकारी गराएका थिए।प्रतियोगिताका लागि देशभरबाट डेढसय सुन्दरीले अडिसन दिएको आयोजकको भनाई छ। प्रतियोगितामा द हिडन ट्रेजर आयोजको रुपमा रहेको छ।प्रतियोगितालाई विभिन्न संघसंस्थाले प्रायोजन गरेका छन् ।नेपालसहित डायस्पोराबाट समेत प्रतिस्पर्धी आएका छन्। काठमाडौं,ललितपुर,पोखरा लगायत यसपटक दैलेख,कैलाली,म्याग्दी लगायतका ठाउँबाट समेत सुन्दरी छनोट भएका छन्। फाइनलिस्ट प्रतियोगी घोषणासँगै अब सहविधाका प्रतिस्पर्धा आयोजना हुनेछन्।११ विधामा यसपटक सहविधा संचालन हुनेछन्।मिस नेपाल वल्र्ड,मिस ...
तोकिएकै समयमा निर्वाचन गर्न पत्रकारका सङ्गठनको माग,महासंघले ग¥यो ताला खोल्न अनुरोध

तोकिएकै समयमा निर्वाचन गर्न पत्रकारका सङ्गठनको माग,महासंघले ग¥यो ताला खोल्न अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न पत्रकारसम्बद्ध विभिन्न छ सङ्गठनले माग गरेका छन्। महासङ्घको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुङ्गो लगाएर सावर्जनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल,प्रेस सेन्टर नेपाल,समाजवादी प्रेस सङ्गठन नेपाल,प्रगतिशील पत्रकार सङ्घ नेपाल,जनपत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी प्रेस सङ्गठनले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। सङ्गठनहरुले छिटो सदस्यता टुङ्गो लगाई तोकिएको समयमा निर्वाचनको सुनिश्चितता गर्न पनि महासङ्घ नेतृत्वसँग आग्रह गरेका छन्। “निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकामा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएको प्रति हाम्रो गम्भीर ध...

तराईमा आज पनि तातो हावाको सम्भावना,सतर्क रहन आग्रह

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं ।मौसम पूर्वानुमान महाशाखाले आज जेठ २० गते पनि तातो हावाक‍ो लहर चल्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।  पछिल्लोपटक  आज जेठ २० गते पनि तातो हावाको लहर चल्ने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको हो ।महाशाखाका अनुसार यो सँगै तराईमा सातौं पटकतातो हावाको लहरको सम्भावना देखिएको हो । गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण लू लाग्ने खतरा बढी हुन्छ । यदि अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ । तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने,कमजोरी हुने,बढी तिर्खा लाग्ने, टाउको दुख्ने,खुट्टा बाउँडिने,चक्कर आउने,बेहोस हुने,माँसपेशी दुख्ने,बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको हो। तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा सकेसम्म घरभित्रै बस्न,हल्का लुगा लगाउन, सुती कपडा लगाउन,बाहिर निस्कँदा दाउको छोप्न,टोपी लगाउ...
काठमाडौं महानगरले माग्यो २४१ जना नगर प्रहरी र १७ जना कार्यालय सहयोगी,वैकल्पिक सुचिलाई प्राथमिकता

काठमाडौं महानगरले माग्यो २४१ जना नगर प्रहरी र १७ जना कार्यालय सहयोगी,वैकल्पिक सुचिलाई प्राथमिकता

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
काठमाडौं ।काठमाडौं महानगरपालिका (कामपा)ले २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको छ। कामपाले शनिवार एक सूचना जारी गर्दै २५८ जनाको पदपूर्तिका लागि दरखास्त आवहन गरेको हो ।महानगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई दरखास्त दिन आग्रह गरेको छ। ७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्नु पर्ने  सो सूचनामा उल्लेख छ।...

इजाजतपत्र हतियार घरबाहिर लैजान सरकारले लगायो प्रतिबन्ध

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । सरकारले कानुनबमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू घर बाहिर लैजान निषेध गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजतबाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरिएको जानकारी दिइन् । यात्रा अनुमति प्राप्त गरेका हातहतियारसमेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।...

नेपालगञ्जका विद्यालयमा २० दिन सार्वजनिक बिदा

ताजा अपडेट, समाचार, स्थानीय
बाँके । अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या हुन थालेपछि नेपालगञ्ज उप–महानगरपालिकाले २० दिन सार्वजनिक बिदा दिने भएको छ । उप–महानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिन लागेको हो । शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि गर्मी अत्यधिक बढेपछि हप्ता दिन अगाडि नै गर्मी बिदा दिन लागिएको उप–महानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका गोर्खबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै असार ९ गतेदेखि विद्यालय नियमित रुपमा संचालन हुने जानकारी दिएका छन्। नेपालगञ्जको अधिकतम तापक्रम ४४ डिग्री सेलसियस भन्दा माथि पुगेको छ।...
एमालेको राष्ट्रिय महिला भेला सम्पन्न,विधागत सामुहिक छलफलको निष्कर्ष प्रस्ताव सर्वसम्मतिले स्वीकृत

एमालेको राष्ट्रिय महिला भेला सम्पन्न,विधागत सामुहिक छलफलको निष्कर्ष प्रस्ताव सर्वसम्मतिले स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको राष्ट्रिय महिला भेला सम्पन्न भएको छ। एमालेले राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको सहभागिता,महिला आन्दोलनको इतिहास,नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन यहि जेठ १६ र १७ गते २३ वटै जनसंगठनहरू सम्मिलित राष्ट्रिय महिला भेला आयोजना गरेर बिहिवार सम्पन्न गरेको हो।  अनेमासंघकी अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको सो भेलामा जनसंगठनका प्रतिनिधिहरुसहित जिल्ला,प्रदेश र केन्द्रका प्रतिनिधिहरु तथा जनप्रतिनिधि र पार्टी सम्पर्क समन्वयका प्रतिनिधिहरु गरि देशभरबाट गरि करिब ५ हजार महिला नेतृत्वहरुको सहभागिता रहेको थियो ।   एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार,दोस्रो दिन समापन सत्रमा २३ वटै जनसंगठनबाट छनौट भएका प्रतिनिधहरुकाबीचमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर विभिन...

प्राधिकरणले भारतमा विद्युत निर्यात थालेको भन्दै परिसंघको आपत्ति

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत रहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात थालेको भन्दै आपत्ति जनाएको छ । परिसंघले एक विज्ञप्ति जारी गर्दै विद्युतको अभावमा विगत तीन महिनादेखि उद्योगहरु मारमा परेको भन्दै उद्योगहरुमा विद्युतको अभाव भइरहँदा भारतलाई बिक्री गर्नु उपयुक्त नभएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघ जोडदार माग गर्दछ ।’ स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउने काम भएको परिसंघको आरोप छ । विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएपनि प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नगरेको परिसंघ भनाइ छ । विद्युत् प्राधिकरणले सोमबार...

तनहुँमा हावाहुरी : तीन सयभन्दा बढी घर–गोठमा क्षति

ताजा अपडेट, समाचार, स्थानीय
तनहुँ । तनहुँमा हावाहुरी र असिना पानीका कारण तीन सयभन्दा बढी घर गोठमा क्षति पुगेको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार हावाहुरीले करिब तीन सय ३३ घर–गोठमा क्षति पुगेको छ भने विद्यालय लगायतका संरचनामा क्षति पुगेको छ । आफूहरुसँग क्षतिको यकिन तथ्यांक भने नभएको उनले बताए । क्षति पुगेको केही स्थानमा प्रहरीले तथ्यांक संकलन गरिरहेको उनले जानकारी दिए । प्रजिअका अनुसार हावाहुरीका कारण जिल्लाको व्यास नगरपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । उनी थप्छन्, ‘हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्याएको छ ।’ हावाहुरीले मानवीय क्षति भने नभएको उनले बताए । चट्याङ पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाललगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिए । हावाहुरीसँगै आएको असिनापा...