ताजा अपडेट

आजको विदेशी विनिमयदर

आजको विदेशी विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ । ...
आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ...
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।  पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।  सडक निर्माणका क्रममा खनेका ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधन आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।...
श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर आन्दोलनमा

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर आन्दोलनमा

ताजा अपडेट, समाचार
काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग रोकेर आज देखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम वितरण समेत ठप्प बनेको छ । मजदुर ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको वितरण प्रभावित बनेको छ ।

संवैधानिक परिषद्को आज बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार परिषद्को बैठक आज साँझ ६ बजे बस्ने तय भएको छ । निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त रहेकाले सो विषय लगायतमा छलफल गर्न परिषद्को बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्‌मा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहन्छन् ।...

१७ अंकले घट्यो नेप्से परिसूचक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७।०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार आइतबाट नेप्से घटेर दुई हजार ९५.२५ विन्दुमा आइपुगेको छ। आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता सेयर ७१ हजार नौ सय ९७ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। होटेल तथा पर्यटन समूहको उपसूचक ०.०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लघुवित्त समूह १.७१ र अन्य विकास बैंक समूह १.२० प्रतिशतले घटेको छ। नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।...

८९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

ताजा अपडेट, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९ ग्रामको सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । अवैध रूपमा लुकाएर लैजान लागेको सुनसहित ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्‍वरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।...

ताप्लेजुङमा बाढी पहिरोः दर्जनौं परिवार विस्थापित

ताजा अपडेट, समाचार, स्थानीय
ताप्लेजुङ । जिल्लामा बाढी तथा पहिरोका कारण दर्जनौं परिवार विस्थापित भएका छन् । निरन्तर वर्षापछि बुधबार यता गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गए राति मिक्वाखोला गाउँपालिका–५, ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीले बताए । प्रहरीका अनुसार, शनिबार पहिरो जाँदा मिक्वाखोला–५, पापुङमा तीन परिवार विस्थापित भएका छन् । पापुङ, तांखुटोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमिल्ने गरी घरमा क्षति पुर्‍याउँदा उनीहरूको परिवार विस्थापित भएको बताइएको छ । यस्तै, सिरिजंघा गाउँपालिका–६, मामांखेमा शनिबार गएको पहिरोले ६ परिवार विस्थाप...
प्राधिकरणद्वारा सात इन्टरनेट सेवा प्रदायकहरूको अनुमति पत्र खारेज

प्राधिकरणद्वारा सात इन्टरनेट सेवा प्रदायकहरूको अनुमति पत्र खारेज

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकहरुको अनुमति पत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरणले इन्टरनेट (इमेल सहितको) सेवा सञ्चालन गर्न समयमै अनुमति पत्र नवीकरण नगर्ने सात कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो । प्राधिकरणले मोरङको बशिष्ठ केबल प्रालि, मारेङकै इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टरनेट सिष्टम एण्ड टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेशन प्रालि, गुल्मीको फास्ट स्पिड लिङ्क नेटवर्क प्रालि, धनुषाको यस नेट नेपाल प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालिको अनुमति पत्र रद्द गरेको हो । अनुमति पत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमति पत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमति पत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले सेवा प्रदायकहरूको अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० बमोजिम स्वतः रद्द भएको प्राधिकरणल...
गर्मीमा दैनिक दही खानुका फाइदा

गर्मीमा दैनिक दही खानुका फाइदा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
काठमाडौं । दही मानिसको लागि फाइदाजनक खाने कुरा मानिन्छ । अझ गर्मीमा दैनिक दही खानु निकै फाइदाजनक मानिन्छ । गर्मीमा दही खानु र मही पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर यस कुरामा ध्यान राख्नुपर्छ कि दही दिउँसो मात्र खानुपर्छ, राति होइन, किनकि दिउँसो दही खानु स्वास्थ्यको लागि बढी फाइदाजनक मानिन्छ । दहीले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न धेरै प्रभावकारी छ । त्यसैले दैनिक खाना पछि कम्तिमा दुई चम्चा दही खानु स्वाथ्यको लागि फाइदा हुन्छ । दहीमा पाचनयोग्य प्रोटिन र लाभकारी ब्याक्टेरिया पाइन्छन्, जसले भोक मेढाउन मदत गर्छ । दहीको नियमित सेवनले आन्द्रा र पेटको रोग लाग्दैन र धेरै प्रकारका भिटामिन बन्न थाल्छन् । दहीमा हुने ब्याक्टेरियाले ल्याक्टोज ब्याक्टेरिया उत्पादन गर्छ ।हरेक बिहान दही–चिनी खाँदा हाम्रो शरीरलाई तुरुन्तै ग्लुकोज प्राप्त हुन्छ । दही–चिनीबाट प्राप्त हुने ग्लु...