ताजा अपडेट

भोलि दिउँसो १ बजे बजेट भाषण

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार(भोलि) दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनार्थ भोलि दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने गरि प्रतिनिधिसभा सदस्यहरुलाई १५ मिनेट अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन्। बजेट अर्थमन्त्रीद्धारा प्रस्तुत हुने हुँदा यस आवको बजेट वर्तमान अर्थमन्त्री वर्षमान पुनद्धारा प्रस्तुत हुँदै छ। संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।...

बूढानीलकण्ठका मेयरसहित २ वडाध्यक्ष र सदस्य गरि ४ जना जनप्रतिनिधिलाई १ महिना कैद गर्न आदेश

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारी बूढानीलकण्ठका मेयरसहित २ वडाध्यक्ष र सदस्य गरि ४ जना जनप्रतिनिधिलाई १ महिना कैद सजाय सुनाएको छ। अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यको इजलासले यसलाई अदालतको अवहेलना भनेको छ । यसमा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई,वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो। उनीहरुलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ।‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन’ आदेशमा भनिएको छ। तर ६० दिनभित्र पनि संरचन...

शरणार्थी शिविरमा इजरायलको हवाइ आक्रमण,५० जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।इजरायलको आक्रमणमा परी गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा ५० जनाको मृत्यु भएको छ।कैयौँ घाइते भएको बताइएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सो क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्ष्य गरी हवाइ हमला गरेको पुष्टि गरेको छ।अघिल्लो दिन हमासले रफाहबाट तेल अबिवतर्फ आठ रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि त्यस शहरमा पहिलो लामो दूरीको आक्रमण भएको बताइएको छ। हमासले इजरायली हवाइ हमलाले विस्थापित प्यालेस्टिनीका लागि रफाहको उत्तर(पश्चिममा रहेको शिविरमा आक्रमण गरेको बताएको छ।ज्यान गुमाउने अधिकांश महिला र बालबालिका छन् ।संयुक्त राष्ट्रसंघका अनुसार हाल सम्म रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन्। अक्टोबर ७ यता भएको इजरायलको एक हजार २०० व्यक्तिको मृत्यु भएको छ भने २५२ जनालाई गाजामा बन्धक बनाएर फिर्ता गरेको छ।गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयताक...

भ्रष्टाचार ढाकछोप गर्न सरकारबाट संगठित अपराध हुन थाल्यो : महामन्त्री शर्मा

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका प्रकरण ढाकछोप गर्न सरकारमा संगठित अपराध जस्तो प्रवृत्ति देखा पर्न थालेको बताएका छन्। आइतवार सहकारी ठगी प्रकरणलाई लिएर काठमाडौं उपत्यका स्तरिय प्रदर्शनका क्रममा भृकुटिमण्डपमा भएको खुल्ला सभालाई सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएरै बोल्ने मनोभावनाका साथ अघि बढिरहेको बताए। ओलीको विगत दुई महिनाको सम्पूर्ण ध्याउन्न देश,श्रमजीवी,नागरिकको चिन्ताको बारेमा नभई सहकारी प्रकरणमा गृहमन्त्रीको रक्षा गर्नेमा केन्द्रित रहेको आरोप लगाए।उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहकारीमा आफूलाई बचाएर गिरी बन्धु टी स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई बचाउने ध्याउन्नमा लागेको आरोप महामन्त्री शर्माले लगाएका छन्। उनले भने, ‘भ्रष्टाचारका प्रकरण ढाकछोप गर्न स...

अपाच्य शैलीका दोहोरी गीत तत्काल बन्द गर्न प्रतिष्ठानको निर्देशन,सदस्यता खारेज गर्ने चेतावनी

कला, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
काठमाडौँ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अपाच्य शैलीका दोहोरी गीत बन्द नगरे सदस्यता समेत खारेज गर्ने चेतावनी दिएको छ। प्रतिष्ठानले आज आइतवार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका गीतले समाजमा नकारात्मक प्रभाव पारिरहेको भन्दै सदियौँदेखि चल्दै आइरहेको दोहोरीको मूल मर्म र भावनामै अहिलेका लोकदोहोरी मार्फत प्रहार भएको व्यापक जनगुनासो आएपछि ध्यानाकर्षण भएको जनाइएको छ ।  समाजमा अराजकता फैल्याउने शैलीका यस्ता गीत बन्द गर्न कलाकार,स्टुडियो,युट्युब च्यानल सञ्चालक लगायत सम्बन्धीत सबैलाई सचेत गराउँदै प्रतिष्ठानले भनेको छ,‘विशेषतः पछिल्लो समयमा विभिन्न युट्युब च्यानल लगायतका सामाजिक सञ्जालहरूमा देखिएका प्रत्यक्ष दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको र यसले समाजमा अत्यन्तै नकारात्मक प्रभाव परेको छ’। ‘यस प्रकारका अराजक प्रवृत्तिको घोर भर्त्सना गर्दै संस्क...

दुई दशमलब १४ अंकले घट्यो नेप्से

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । धितोपत्र बजार (नेप्से) दुई दशमलब १४ अंकले घटेर २१ं०९ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको अन्तिम करोबार दिन पाँच अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज होटेल तथा पर्यटन र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन् । होटेल तथा पर्यटन समूहको परिसूचक ३.३७ प्रतिशतले वृद्धि भएको छ । यस्तै, म्युचुअल फन्ड समूहको परिसूचक ०.२१ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशतले घटेको छ । कारोबारमा आएका मध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ । २१५ कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।...

जुम्लामा फल लाग्दै गरेका स्याउको बोट काटियो

अर्थतन्त्र, ताजा अपडेट, समाचार
जुम्ला । जुम्लामा फल लाग्दै गरेका एक हजार वटा स्याउको बोट काटिएको छ । सामुदायिक वनको जग्गा अतिक्रमण गरी स्याउ खेती गरेको भन्दै स्थानीयले बोट काटेका हुन् । जिल्लाको भाडगाउँस्थित काफलबारी सामुदायिक वनमा ५ हेक्टर क्षेत्रफलमा जुम्लाकै सिंजा–६ जोडुका ४ जना र भाडगाउँका ६ जना गरी १० जनाले स्याउ फार्म सञ्चालन गरेका थिए । अतिक्रमित२०६०र०६१ साल देखि सानीपातल काफलबारी सामुदायिक वन र स्याउ फार्म सञ्चालकबीच विवाद हुँदै आएको थियो । २०७१ सालमा जग्गा फिर्ता ल्याउने प्रयास गरिए पनि सफल भएको थिएन् । फार्मले सामुदायिक वनलाई प्रतिव्यक्ति १० हजार दिने र जग्गा छोड्ने सहमति भएको थियो, तर सहमति भए पनि कार्यान्वयन भने भएको थिएन् । फार्म सञ्चालकले अतिक्रमित जग्गा नछोडेपछि पटक पटक मुद्दा समेत पर्दै आएको थियो । डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत खड्कलाल नेपालीले पटक पटक मुद्दा प्रक्रियापछि सहमति भए पनि...
कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै

कांग्रेसले आज काठमाडौंमा बृहत प्रदर्शन गर्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ। सहकारी ठगी प्रकरण र सहकारी पीडितहरुको मागलाई राज्यले नसुनेको भन्दै कांग्रेसले पीडितको समस्या समाधान गर्न माग राखेर आज काठमाठौंका विभिन्न ठाउँबाट बिहान १२ बजे एकैचोटी विरोध ¥याली निकाल्न लागेको नेपाली कांग्रेस काठमाडौं जिल्लाका अध्यक्ष सबुज बानियाँले बताए । सरकारले अलोकतान्त्रिक र असंवैधानिक रवैया देखाएको र सहकारी ठगी प्रकरणलाई यसै दबाउन खोजेको भन्दै उनले भने, ‘अहिले सरकारले अराजकता प्रर्दशन गरिरेको छ,यसका विरुद्धमा हामीले सदनमा पटक पटक आवाज उठाउँदा पनि  बेवास्ता गरेर यसलाई दबाउन खोजिएको छ ।’  ‘अब संसदीय सदनबाट भन्दा पनि जनताको समर्थनमा सडकबाटै खबरदारी गर्नु पर्ने आवश्यक्ता महसुर गरेर हामीले त्यस  विरुद्धको बृहत प्रदर्शन गर्न लागेका हौं।’ उनले भने। अध्यक्ष  बानियाँका अनु...
१४ लाखभन्दा बढी बालिबालिकालाई पोलियोविरुद्ध ‘आइपिभी’ खोप लगाइने

१४ लाखभन्दा बढी बालिबालिकालाई पोलियोविरुद्ध ‘आइपिभी’ खोप लगाइने

ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । देशभरका १४ लाखभन्दा बढी बालकालिकालाई पोलियोविरुद्ध ‘आइपिभी’ लगाइने भएको छ । आइपिभी खोप अभियानअन्तर्गत देशभरका कुल १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने भएको हो । केन्द्रीय खोप अभियानका अनुसार यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई सो खोप लगाइने छ । विसं २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिएपनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभावका कारण देशभरका बालबालिका खोपबाट वञ्चित भएका थिए । नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको अभियानले बताएको छ । जिल्ला खोप समन्वय समितिले जिल्लाका नौमध्ये चार स्थानीय तहमा आजद...
सम्झनामा कृष्ण सेन ‘इच्छुक’ : २२ औं स्मृति दिवसका अवसरमा प्रभातफेरी

सम्झनामा कृष्ण सेन ‘इच्छुक’ : २२ औं स्मृति दिवसका अवसरमा प्रभातफेरी

ताजा अपडेट, ब्यानर-२, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।पत्रकार तथा सांस्कृतिकर्मी सहिद कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । १० बर्षे जनयुद्धका क्रममा पुलिस कष्टडीमा यातनाका कारण मारिएका कृष्ण सेन इच्छुकको सहादत भएको दिनलाई स्मृति दिवसका रुपमा मनाइँदै आएको प्रेस सेन्टरका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले बताए । अध्यक्ष सुवेदीले भने, ‘तत्कालिन सांस्कृतिक सङ्गठनका केन्द्रीय अध्यक्षसमेत रहेका सेन जनादेशका सम्पादक र जनदिशा दैनिकका प्रधान सम्पादक भएर जनपक्षीय पत्रकारिता गर्दै आउनु भएको थियो ।सोही क्रममा उहाँलाई पुलिसले गिरफ्तार गरी एक हप्तासम्म चरम यातना दिएर हत्या गरेको थियो ।’   ‘उहाँलाई २०५२ सालबाट शुरु भएको १० वर्षे जनयुद्धको समयमा २०५८ जेठ ६ गते  काठमाडौंको मध्यबानेश्वरस्थित ह्वाइट हाउस स्कूलबाट गिरफ्तार गरी महे...