ताजा अपडेट

कैलाश सिरोहिया अस्पताल भर्ना

कैलाश सिरोहिया अस्पताल भर्ना

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । नागरिकता किर्ते अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि गएराति उनलाई अस्पताल भर्ना गरिएको धनुषा प्रहरीले बताएको छ । हिजो साँझ स्वास्थ्यमा समस्या देखिएको र चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको बताइएको छ । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका सिरोहियालाई शुक्रबार मात्र हिरासतमा राख्न पुनः तीन दिनको म्याद थप गरेको थियो ।...
आज काठमाडौंका यी स्थानमा हुँदैछ विद्युत लाइन अवरुद्ध

आज काठमाडौंका यी स्थानमा हुँदैछ विद्युत लाइन अवरुद्ध

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । आज काठमाडौं जिल्लाका विभिन्न स्थानमा विद्युत लाइन अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज तार भूमिगत गर्न लागिएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरुद्ध हुने भएको हो । प्राधिकरणका अनुसार आज काठमाडौंको साँखु फिडर अन्तर्गत साँखु क्षेत्र, चौमती फिडर अन्तर्गत कुलेश्वर क्षेत्र, केएमसी र वल्र्ड एयरपोर्ट फिडर अन्तर्गत सुविधानगर, सिनामंगल र भिमशेनगोलामा विद्युत अवरुद्ध हुँदैछ । यस्तै, कालीमाटी फिडर अन्तर्गत कालीमाटीदेखि कलंकीसम्मको क्षेत्र, रोपवे फिडर अन्तर्गत मैत्रीनगर र टेगलाफाँट क्षेत्र र मूलपानी फिटर अन्तर्गत फिकल चोकदेखि बाबा चोकसम्म विद्युत लाइन अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । मौसम प्रतिकुल भएमा सटडाउन नहुने प्राधिकरणले बताएको छ ।...

नेपाल फेसन फेस्टिभल–२०२४ : पहिलो दिन उत्साहपूर्ण सहभागिता,क्वियर इन फेसनदेखी रनवे फेसन प्रदर्शनसम्म

कला, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
सीता पौडेल(अर्चना) ललितपुर ।ललितपुरको सानेपा स्थित हेरिटेज प्लाजामा सञ्चालन भइरहेको ‘नेपाल फेसन फेस्टिभल’मा अपेक्षाकृत भन्दा धेरैले अवलोकन गरेको आयोजकले बताएका छन्। यहि जेठ १० गते साँझ लतितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न गरेर ११ जेठदेखि हरेक दिन विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भइरहेको फेस्टिभलमा  पहिलो दिन क्वियर इन फेसनदेखी फेसन फोटो प्रदर्शनी,फोटोटक र रनवे फेसन प्रर्दशन गरिएको आयोजक फेशन नेटवर्क नेपालका संस्थापक निर्देशक शेखरराज कसजुले बताए। नेपालमै पहिलो पटक आयोजना गरिएको यस फेस्टिभलको शुक्रबार पहिलो दिन फेसन पारखीहरुको उत्साहपूर्ण सहभागिता रहेको निर्देशक कसजुले जानकारी दिए ।८० वटा स्टल रहेको सो फेस्टिभलमा शुक्रवार दुई भिन्न प्यानल डिस्कसन,फेसन फोटो प्रदर्शनी,फोटोटकसहित रनवे फेसनसमेत आयोजना गरियोको थियो ।त्यसमध्ये...
माओवादी केन्द्रकोे मधेस प्रदेश सम्मेलनको तयारी तिब्र

माओवादी केन्द्रकोे मधेस प्रदेश सम्मेलनको तयारी तिब्र

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं  माओवादी केन्द्रले भदौमा मधेस प्रदेश सम्मेलन गर्नका लागि तयारीलाई तिब्र रुपमा अगाडी बढाएको छ ।माओवादीले कार्यविभाजनसँगै सोही अनुसार प्रदेशमा राजनीतिक गतिविधिलाई अगाडि बढाएको जनाएको हो। उसले तयारी रुवरुप निर्वाचन तथा जिल्ला तहमा कार्यक्रम अगाडि बढाएको हो । मधेस प्रदेशका ६ वटा जिल्लाको कार्यक्रम सम्पन्न गरिसकेको जनाएको माओवादी केन्द्रले बाँकी २ जिल्ला महोत्तरी र सिरहामा कार्यक्रम गर्न बाँकी रहेको बताएको छ। महोत्तरी,धनुषा तथा सिरहामा बढी विवाद रहेकाले समय लागेको तर बाँकी जिल्लामा समन्वय गरेर चाँडै कार्यक्रम गरिने बताएको छ । माओवादी केन्द्र मधेस प्रदेश समितिको सम्मेलन अगामी भदौमा गर्ने निर्णय पार्टीले गरेका कारण तल्लो तहदेखि धमाधम कार्यक्रम गरिरहेको उल्लेख गरेको छ। ’जनतासँग माओवादी’नाम दिएर सो पार्टीले तीन महिने अभियान सञ्चालन गरेको थियो ।    ...
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिवार बागमती,गण्डकी र कर्णालि प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही केही प्रदेशका थोरै भू–भागमा हल्का वर्षा भइरहेको छ।भने,बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।  आज दिउँसो कर्णाली,सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।कोशी,बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै उता राती भने,गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।  आइतबार पनि देशभर आंशिक बदलीदेखि केही प्रदेशका ...
३० औं पटक सगरमाथा चढेर कामिरिताले तोडे आफ्नै रेकर्ड

३० औं पटक सगरमाथा चढेर कामिरिताले तोडे आफ्नै रेकर्ड

ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
काठमाडौं । सबैभन्दा धेरै विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेर रेकर्ड बनाएका कामिरिता शेर्पाले आफ्नै रेकर्ड तोडेका छन् । उनले ३० औं पटक सगरमाथा चढेर आफ्नै रेकर्ड तोडेका हुन् उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका थिए। सगरमाथा आरोहण गरेका उनी शुक्रबार काठमाडौं फर्किएका छन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ। सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन्।...
चुरे संरक्षण आन्दोलनः वातावरण विज्ञानका विद्यार्थीको ऐक्यवद्धता

चुरे संरक्षण आन्दोलनः वातावरण विज्ञानका विद्यार्थीको ऐक्यवद्धता

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । चुरे क्षेत्र संरक्षणको आन्दोलनमा वातावरण विज्ञानका विद्यार्थीहरुले ऐक्यवद्धता जनाएका छन् । चुरे क्षेत्रको संरक्षणको माग राख्दै पीडितहरु अहिले १२ बुँदे मागसहित माइतीघरमा आन्दोलन गरिरहेका छन् । आन्दोलनमा विभिन्न जिल्लाका २३ जना पीडितहरु सहभागी छन् । चुरे दोहन, अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै गएपछि मधेशमा विकराल समस्या देखिन थालेको भन्दै त्यहाँका स्थानीहरुले आन्दोलन सुरु गरेका हुन् । आफूहरु पनि वातावरण विज्ञानको विद्यार्थी भएको र धर्ना बसेकाहरुको माग पनि जायज भएकाले ऐक्यवद्धता जनाउन आएको विद्यार्थी शंकर रोकाया बताउँछन् । सप्तरी, धनुषा, जनपुर, वीरगञ्जलगायत जिल्लाका पीडितहरु २५ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए ।...

ब्यास नगरपालिकामा मेयर पदको पुनः मतगणना गर्न उच्च अदालतको आदेश

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
पोखरा । ब्यास नगरपालिकामा २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत मेयर पदको मतगणना पुनः हुँदैछ।उच्च अदालत पोखराले दिएको आदेशअनुरुप असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना हुने भएको हो। अदालतले जेठ २ गते स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको पक्षमा अदालतले आदेश दिएको थियो।नेकपा एमालेको समर्थनमा उम्मेदवार भएका जोशी २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए। उनी कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुुन् । उनलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए। निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए।...

सिद्धबाबा सुरुङ मार्ग : जेठ १३ गतेदेखि बिस्फोट गराइने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
बुटवल । सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि यही जेठ १३ गतेदेखि विस्फोट गराउन सुरु गरिने भएको छ । आयोजनाले जेठ २ गते जिल्ला सुरक्षा समिति रुपन्देही र जेठ १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय गरेको थियो । सुरुङमार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ । एक सुचना जारी गर्दै नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवगमन रोकिने जानकारी दिइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सुरुङ बन्दैछ । विस्फोटको पूर्वाभ्यास शुक्रबार गरिएको छ । आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेट अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ । मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । सुरुङमार्गको लम्बाई ए...
सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न सरकारी वकिलको सिफारिस

सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न सरकारी वकिलको सिफारिस

ताजा अपडेट, समाचार
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप पुनः ५ दिन हिरासतमा राखेर अनुुसन्धान गर्न सरकारी वकिलले सिफारिस गरेका छन् । नागरिकता किर्ते अभियोगमा पक्राउ परेका सिरोहियालाई सरकारी वकिल कार्यालयले पहिलो दिन ५ दिनको दिनको म्याद थप्न सिफारिस दिएको दिएको थियो । धनुषा जिल्ला अदालतले भने तीन दिनको म्याद थपेको थियो । आज पुनः ५ दिनको म्याद थप गर्न सिफारिस भएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए । उनलाई झण्डै तीन घण्टापछि सरकारी वकिल कार्यालयबाट कडा सुरक्षाबीच धनुषा जिल्ला अदालत लगिएको थियो ।...