ताजा अपडेट

उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा छ : मन्त्री भण्डारी

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा स्थापना गरिने उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन्। आज नेकपा (एमाले)को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागमार्फत मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझ्दै उनले उपभोक्ता अदालत स्थापनापछि सहज र भरपर्दो हुने बताए।मन्त्रालय मातहत कुनै पनि दण्ड जरिवाना गर्दा ३ लाखभन्दा बढी लिन नपाइने प्रावधान रहेको स्पष्टा पार्दै उनले उपभोक्ता अदालत स्थापना भएपछि गल्तीअनुसारको दण्ड तथा जरिवाना गर्न सकिने उल्लेख गरेका छन्। मन्त्री भण्डारीले अदालतका लागि सरकारले आवश्यक सबै किसिमका स्रोतसाधन उपलब्ध गराउने बताएका छन्।उनले उपभोक्ताले एलपी ग्याँसमा बेहोरिरहेको समस्याका विषयमासमेत नेपाल आयल निगमलाई पत्राचार गरिएको बताएका छन्। विभागका प्रमुख जितु गौतमको नेतृत्वको टोलीले मन्त्री भण्डारीलाई १५ बुँदे ध्यानाकर्षण पत्...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टाका लागि बन्द

ताजा अपडेट, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य सबै खालका उडान बन्द गरिएको छ । विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार एक घण्टाका लागि विमानस्थल एक घण्टाका लागि बन्द गरिएको हो । विमानस्थलमा सानो खाल्डो परेको उनले बताए ।...
सिरोहियाको पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताको टोली धनुषामा

सिरोहियाको पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताको टोली धनुषामा

ताजा अपडेट, ब्यानर-१, समाचार
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताको टोली धनुषा आइपुगेका छन् । नागरिकता किर्ते अभियोगमा पक्राउ परेका सिरोहियाको थप अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुसन्धान गर्न तीन दिनको म्याद दिएको थियो । आज प्रहरीले पुनः म्याद थप्न सिरोहियालाई अदालत ल्याएपछि उनको पक्षमा वकालत गर्न वरिष्ठ अधिवक्ताहरू धनुषा आएका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापा, मधेश प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सिताराम भट्टराई, शेरबहादुर केसी, रमण श्रेष्ठ, गोविन्द बन्दी, रमण कर्ण सिरोहियाको पक्षमा वकालत गर्दैछन् ।...
सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक हजार आठ सयले घटेको हो । आज छापावाल सुन एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । बिहीबार पनि सुनको मूल्यमा एक हजार आठ सयले नै गिरावट आएको थियो । बिहीबार छापावाल सुन एक लाख ३८ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले नै घट्दै १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।...

प्रभु बैंक र भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरबीच छुट सम्झौता

अर्थतन्त्र, ताजा अपडेट, स्वास्थ्य
काठमाडौं ।प्रभु बैंक र विराटनगर–७,मोरङ्गस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरबीच ग्राहक सेवामा छुट सम्झौता भएको छ । सम्झौंता अनुसार अबदेखि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले यस सेन्टरमा उपचार गर्दा छुट पाउने छन् ।​सेन्टरका सञ्चालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रीकुमार कटवालले  हालै एक समारोहकाबीच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।।​ उक्त सेन्टरमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी सर्जरी,शल्यक्रिया,पावर चस्मा,औषधी खर्च तथा अन्य सेवाहरु लिंदा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ। छूट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक उक्त सेन्टरमा पेश गर्नुपर्ने छ। उक्त सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको छुटको व्यवस्था छ। ...
डँडेलोबाट बागलुङका ६८ वटा सामुदायिक वनमा क्षति

डँडेलोबाट बागलुङका ६८ वटा सामुदायिक वनमा क्षति

ताजा अपडेट, समाचार
बागलुङ । डढेलोका कारण दुई महिनामा बागलुङमा दुई हजार हेक्टरभन्दा बढी वनमा क्षति पुगेको छ । डिभिजन वन कार्यालय बागलुङका अनुसार फागुन ११ गतेदेखि बैशाख १९ गतेसम्ममा ६८ वटा सामुदायिक वनको दुई हजार एक सय ७४ हेक्टर क्षेत्रफलमा क्षति पुगेको हो । राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीका कारण ठूलो क्षति भएको कार्यालयले जनाएको छ । डढेलोले अप्रत्यक्ष रूपमा वन्यजन्तु र पर्यावरणमा ठूलो क्षति पुगेको छ । तमानखोला गाउँपालिका–२ स्थित रानीवन सामुदायिक वनमा वैशाख १३ गते लागेको डढेलोबाट एकजनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । बागलुङ नगरपालिका–१२ अमलाचौर हिलेजुके सामुदायिक वनमा वैशाखको १९ गतेको डढेलोबाट एक घर, तीन गोठ जलेको थियो । जसबाट दुई भैँसी, तीन गाई, पाँच बाख्रा मरेका थिए । ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय वनमा लागेको डढेलोबाट तीन घर, पाँच गोठ, छ बाख्रा, दुई भैँसी, एक राँगा मरेका थ...
पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु, तीनजना सकुशल

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु, तीनजना सकुशल

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौँ । इलामको माई नगरपालिकामा पौडी खेल्न गएका दुई जना बालकको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बे छन् । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको उनले बताए । दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको ढकालले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।...
मिटरब्याज पीडितलाई २१ दिनभित्र निवेदन बुझाउन आग्रह

मिटरब्याज पीडितलाई २१ दिनभित्र निवेदन बुझाउन आग्रह

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ ।अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई आफ्नो विवरणसहितको निवेदन फारम २१ दिनभित्र बुझाउन आग्रह गरेको छ । आयोगले आज एक सुचना जारी गर्दै कारोबारका क्रममा ऋण लिने व्यक्ति र ऋण र कर्जा दिने व्यक्तिबिच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको सुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी फारम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो । अनुचित लेनदेन कारोबारसम्बन्धि लिखत,भरपाई,टिपोट,शर्तनामा वा सम्झौता लगायत जो भएका लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी निवेदन फारम दर्ता गर्न आयोगले सूचनामार्फत आग्रह गरेको छ ।...
कैलाश सिरोहिया प्रकरणः म्याद थपका लागि अदालत लैजाने तयारी

कैलाश सिरोहिया प्रकरणः म्याद थपका लागि अदालत लैजाने तयारी

ताजा अपडेट, समाचार
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । नागरिकता किर्ते सम्बन्धि कसुरमा पक्राउ परेका उनलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत धनुषा लैजाने तयारी गरिएको हो । बिहीबार नै उनको म्याद सकिएको भएपनि सार्वजनिक बिदा परेकाले शुुक्रबार लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई सोही राति स्थलमार्गबाट जनकपुरधाम ल्याएर अदालतमा पेश गरिएको थियो ।...
आज नीति तथा कार्यक्रम पारित हुँदै,यस्तो छ सम्भावित कार्यसूची

आज नीति तथा कार्यक्रम पारित हुँदै,यस्तो छ सम्भावित कार्यसूची

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको नीति तथा कार्यक्रम पारित गरिदैं छ ।सभाले आज शुक्रबार पारित गर्ने सम्भावित कार्यसूची हिजै सभामुख देवराज घिमिरेसँगको समन्वयमा सो कार्यसुचि तय गरेको हो । संसद् सचिवालयले आज बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसुचि छ। त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ ।प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ । संसद् सचिवालयका अनुसार  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनको प्रस्ताव र...