ताजा अपडेट

गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्दै कांग्रेस

गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्दै कांग्रेस

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।नेपाली कांग्रेस​ले गण्डकीमा आज शुक्रबारको प्रदेश सभा बैठक बहिस्कार गर्ने भएको छ। बजेटका सन्दर्भमा छलफल गर्नका लागि दिउँसो ३ बजेका लागि बोलाइएको उक्त बैठकको कांग्रेसले बहिस्कार गर्ने निर्णय गरेको हो । संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । त्यसको टुंगो नलागेसम्म कांग्रेस आजको संसद बैठकमा सहभागी नहुने भएको छ । प्रमुख सचेतक न्यौपानेद्धारा जारी विज्ञप्तिमा अदालतको आदेश विपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने उल्लेख छ। गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ।जसमा मुख्यमन्त्री अधिकारीले ३० सांसदको समर्थन पाउँदा सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको ...
सिरोहियाको बयान आजदेखि

सिरोहियाको बयान आजदेखि

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको बयान आज शुक्रबार शुरु हुँदै छ। सामान्य सोधपुछ भइरहेको भए तापनि आधिकारिक बयान भने बल्ल आजबाट हुन लागेको धनुषा प्रहरीले जानकारी दिएको छ।मंगलवार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियाको म्याद आजसम्म मात्रै छ। यदि बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ।...

आज बुद्ध जयन्ती,बुद्धका उपदेशलाई मनन गरौं र जीवन धन्य बनाऔं

जीवनशैली, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतार सिद्धार्थ गौतमको पूजा अर्चना र आराधाना गरी मनाइँदै छ। इसापूर्व ५४३ मा सुन्दर भूमि नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको रुपमा उनको जन्म भएको थियो।राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेर २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए। विश्व शान्ति स्थापनाका लागि सिद्धार्थ गौतमले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरुप यो पर्व मनाउने गरिन्छ ।बुद्ध भन्नाले अन्तिम सत्यको साक्षात्कार गरेको माहामानव बुझिन्छ।संस्कृत शब्दमा बुद्ध शब्दको अर्थ बुध अर्थात जाग्नु भन्ने हुन्छ। बुद्धको जन्म,ज्ञान प्राप्ति र समाधि यहि वैशा...
काठमाडौं महानगरकी उपप्रमुख डंगोल बेलायत प्रस्थान

काठमाडौं महानगरकी उपप्रमुख डंगोल बेलायत प्रस्थान

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
काठमाडौं । ब्रिटिश काउन्सिलको निमन्त्रणामा ‘वुमन अफ द वल्र्ड फेस्टिभल’मा सहभागी हुन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बुधबार बेलायत प्रस्थान गरेकी छिन्। भ्रमणमा उनीसँग कामपा वडा नम्बर,२७ की वडा सदस्य श्रृष्टि कंसाकार,सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान पनि बेलायत गएका छन्। बेलायतको म्यानचेस्टर सहरको अभोभा स्टुडियोमा यहि जेठ ११, १२ र १३ गते हुने उक्त महोत्सवमा उनीहरुलाई भ्रमणको अवधि १० दिनको तोकिएको उपप्रमुख डंगोलको सचिवालयले जनाएको छ।टोली जेठ २० गते नेपाल फर्कने सचिवालयले जनाएको छ। हरेक वर्ष गरिने महोत्सवमा स्थानीय,राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरुका बीच अन्तर्क्रिया र अनुभव आदान हुन्छ । सो अन्तर्क्रियामा विभिन्न देशका विश्व प्रख्यात महिलाहरु वक्ताका रुपमा रहेको बताइएको छ ।...
शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्छ : एल पी शर्मा

शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्छ : एल पी शर्मा

जीवनशैली, ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं । जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एल पी भानु शर्माले शिक्षाले मानिसलाई जीवनका हजारौ आयामहरूसँग साक्षात्कार गर्न सिकाउनु पर्ने बताएका छन्। बुधवार राष्ट्रिय अभिभावक संघका पदाधिकारीहरुसँगको छलफलमा उनले शिक्षाले मानिसलाई आफ्ना क्षमतासँग परिचित गराउन सके मात्रैव्यक्तिको जीवनमा सिर्जनशीलता र उत्पादकत्व बढ्ने बताए।यसका लागि उनले अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुनु पर्ने आवश्यकता औंल्याएका छन् । उक्त छलफल कार्यक्रममा जीवन विज्ञानका गुरु शर्माले विद्यार्थीलाई व्यवहारिक र अध्यात्मको ज्ञान दिन सके मात्रै भावी पुस्तालाई असल र कुशल बन्न सहयोग पुग्ने स्पष्ट पारे । छलफलमा संघका पदाधिकारीहरु लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य समभागिता रहेको जनाइएको छ । स्रोत–: जीवन विज्ञानको फेसबुक पेज...
सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई आरोही बेपत्ता

सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई आरोही बेपत्ता

ताजा अपडेट, समाचार
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए । चुचुरोमा पुगेर फर्कने क्रममा आठ हजार ७५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका उनले बताए । दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।...
लैङ्गिक हिंसा रोकथामका लागि ‘एकीकृत विकास परियोजना’को शुभारम्भ

लैङ्गिक हिंसा रोकथामका लागि ‘एकीकृत विकास परियोजना’को शुभारम्भ

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं। महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कसँगको सहकार्यमा “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गरेको छ । मंगलबार महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सो कार्यक्रमको शुभारम्भ गर्दै यस्ता कार्यक्रम आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताइन्। यस्ता कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग र समुदायका व्यक्तिलाई समेट्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भनिन्, ‘जो थिचोमिचोमा परेका छन्, जो सीमान्तकृत समुदायका वर्ग छन्,उनिहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । उनले यसमा महिलाको सुरक्षा,सुरक्षित आवास,सेल्टर,अस्पतालहरूमा उपचार लगायतको विषय समेटिएको भन्दै यस्ता कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग,तराई–पहाड फास्ट ट्रर्‍याकले छुने पालिकाहरू,सिमाना क्षेत्रका महिलाहरूलाई लक्षित गरिने बत...
सिरोहियाबारे प्रधानमन्त्रीको प्रतिक्रियाः उहाँ निर्दाेश हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ

सिरोहियाबारे प्रधानमन्त्रीको प्रतिक्रियाः उहाँ निर्दाेश हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाको पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रिया दिएका छन् । काठमाडौंको चन्द्रँगिरीमा आज पत्रकारहरुसँगै बोल्दै प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन्। पत्रकारहरूको प्रश्नमा जबाफमा उनले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको पनि बताए।प्रधानमन्त्री दाहालले राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको समेत प्रष्टीकरण दिएका छन्।...
कैलाश सिरोहियालाई धनुषा अदालत पुर्याइयो(पक्राऊ पुर्जीसहित)

कैलाश सिरोहियालाई धनुषा अदालत पुर्याइयो(पक्राऊ पुर्जीसहित)

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ । नागरिकता किर्ते कसुरमा मंगलबाट पक्राउ परेका उनलाई म्याद थपका लागि केही समयअघि उपस्थित गराइएको हो । अहिले अदालत आसपासको सुरक्षार्थ बाक्लो संख्यामा त्यहाँ प्रहरी परिचालन गरिएको छ भने अदालत जाने सडकमा प्रहरीले घेरा हालेको छ । अदालतभित्र प्रवेशमा समेत कडाइ गरिएको छ । यस्तो थियो पक्राऊ पुर्जी:  ...

सिरोहिया पक्राउको विरोधमा धनुषा अदालत नजिक नेविसंघको नाराबाजी

ताजा अपडेट, राजनीति, शिक्षा, समाचार
काठमाडौं ।कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा धनुषा अदालत आसपासमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन ‘नेविसंघ’ले प्रदर्शन सुरू गरेको छ। नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको बताइएको छ।उनीहरु सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर,सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नाराअंकित प्लेकार्डसमेत बोकेर नारा लगाइरहेका छन्।...