बालेनको अर्काे काम : अब सबै पेट्रोल पम्पमा एउटै संकेत रङ्ग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँ महानगरलाई व्यवस्थित गराउन विभिन्न सुधारका कामहरु गर्दै आएका छन् ।
ती कामहरुमध्ये हाल महानगरभित्र सञ्चालित पेट्रोल पम्पहरुमा सबै पम्पहरुले एउटै संकेत रङ्ग (पहेँलो) राख्ने र निःशुल्क शौचालयलाई व्यवस्थित बनाउने काम गरिसकेका छन् ।
तत्काल सुुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय र पट्रोलियम डिलर्स एशोसिएसनका प्रतिनिधिसहितको टोलीले दिएको प्रतिवेदनमा दिएको सुझावका आधारमा काम अघि बढाइएको थियो ।
हाल महानगरभित्रका ५० वटा पम्पहरुले सबैका लागि सफा शौचालय निःशुल्क रुपमा उपलब्ध गराएका छन् । यसको संकेत चिन्हका रुपमा महानगरपालिकाले नीलो पृष्ठभूमिमा निःशुल्क शौचालय लेखिएको गोलो परिचय पाटी राखेको छ ।...








