प्रेरणै – प्रेरणा
मनिषा गुरुङ
काठमाडौं ।वर्तमान अवश्थामा भौतिक प्रगतिको क्रम भव्य रुपले अगाडि बढिरहेको छ तर यसले तीन नचिताइएका र नचाहिँदा नतीजाहरु देखाएको छ।
पहिलो हाम्रो विश्वको सीमित साधनलाई हेर्दा हेर्दा प्रगतिको क्रम असीमित रहन सक्दैन । प्राकृतिक विजय प्राप्त गर्ने होइन बरु प्राकृतिलाई सहयोग पु¥याउनु आवश्यक छ।हामी आफूलाई प्राप्त भएको वातावरणलाई खाएर सिध्याइरहेका छौं ।
मानव स्वभाव अपेक्षा गरिए अनुसार बढी कारुणीक बन्न सकेको छैन ।किनभने हामीले आफ्नो आत्मालाई बिर्सिएका छौं ।हामीले आफ्ना चाहानाहरुलाई अनियन्त्रित रुपले बढ्न दिएका छौं।र,ती चाहानाहरुलाई कुन दिशातर्फ लैजानु पर्ने हो भन्ने कुरामा हामी अन्योल र भ्रमित छौं ।
व्यापारिक प्रतिष्ठानहरुको सहायाताबाट नयाँ–नयाँ चाहनाहरुको सृजना भइरहेको छ।जसमध्ये धेरै बिल्कुलै कृत्रिम छन्।हामी सबै यिनीहरुको पछि–पछि दौडिरहेका छौं ।तर परिपूर्ति भने हुन सकेको छै...







