ताजा अपडेट

एमाले तारकेश्वर नगर कमिटीको निर्वाचन सम्पन्न,मत गणना शुरु

एमाले तारकेश्वर नगर कमिटीको निर्वाचन सम्पन्न,मत गणना शुरु

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । एमाले तारकेश्वर नगरपालिका कमिटीको मतदान सम्पन्न भएको छ । प्रमुख मतदान अधिकृत विश्वराम सापकोटाका अनुसार मतदान शान्त वातावरणमा सम्पन्न भएको छ ।मतदानमा २०१ जना सहभागी रहेको उनले बताए ।अहिले बेलुका ७ः३० बजेबाट मत गणना प्रकृया थालिएको र अन्तिम परिणाम समेत दुुई घण्टाभित्रै आउने उनले बताए । तारकेश्वर नगर कमिटीको अध्यक्षमा निवर्तमान अध्यक्ष बासु गौतम र कञ्चन भट्टले उम्मेदवारी दिएका छन्।यस्तै सचिव पदका लागि रविन्द्र केसी र बलराम सिटौलाको दाबेदारी रहेको छ । उप–सचिव पदमा मनहरी थापा र कल्पना जोशी निर्विरोध भइसकेका छन् ।यस्तै,लेखा समितिको सचिवमा कपिल अधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।लेखा समितिको अध्यक्ष पदका लागि भने,प्रमेश धिताल र आलोक गजुरेलको उम्मेदवारी छ ।  अधिवेशनबाट ५ पदाधिकारी सहित ७५ जनाको नगर कमिटि बन्ने बताइएको छ ।...
विरेन्द्रनगर दुर्घटना अपडेटः मृतक दुवै जनाको सनाखत

विरेन्द्रनगर दुर्घटना अपडेटः मृतक दुवै जनाको सनाखत

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौँ । सुर्खेतको विरेन्द्रनगरमा भएको मिनिबस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कपासे नजिकै भएको बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो साढे १ बजे दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस सुर्खेत–दैलेख सडक खण्डको कपासे नजिकै घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २१ जना घाइते भएका छन्। जसमा एक जनाको अवस्था चिन्ताजनक छ ।...
नेप्सेमा २७.५७ अंकको वृद्धि

नेप्सेमा २७.५७ अंकको वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । आइतबार उकालो यात्रा गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि उकालो लागेको छ । नेप्सेमा २७.५४ अंकको वृद्धि आएको हो । कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १.३३ प्रतिशतले बढेर बन्द भयो । कारोबार अवधिमा परिसूचक बढेर २११९ अंकसम्म पुगेको थियो । यससँगै पछिल्लो दुई दिनमा नेप्से परिसूचक ७२ अंकको वृद्धि आएको छ । यसक्रममा सोमबार १३५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक बढ्दा सोमबार ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यसबाहेक नेरुडे मिरमिरे लघुवित्त,...
मिनिबस दुर्घटनामा दुई जनाको मृत्यु

मिनिबस दुर्घटनामा दुई जनाको मृत्यु

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौँ । दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनिबस दुर्घटना भएको छ । वीरेन्द्रनगरस्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको हो । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै बाँकी बसमा सवारहरू घाइते भएको र उनीहरूको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बसमा १५ जनाभन्दा बढी सवार रहेको अनुमान गरिएको छ । मृतकको हालसम्म पहिचान भइनसकेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई प्रदेश उद्धार गर्दै प्रदेश अस्पताल पठाउने काम भइरहेको बताइएको छ ।...
नेकपा एमाले तारकेश्वर नगर अधिवेशन : अध्यक्षमा दुई जनाको दाबी,जुट्न सकेन समहमति

नेकपा एमाले तारकेश्वर नगर अधिवेशन : अध्यक्षमा दुई जनाको दाबी,जुट्न सकेन समहमति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं।काठमाडौंको तारकेश्वर नगरपालिका कमिटको दोस्रो अधिवेशन ३ दिन हुँदा पनि टुंगिन सकेको छैन। यहि जेठ ५ गते शनिबारको उद्घाटनसत्रसँगै बन्दसत्रको केही प्रकृया सकिसकेको सो अधिवेशन आकांक्षीहरुबीच सहमति हुन नसक्दा  आजसम्म पनि नेतृत्व चयन हुन नसकेको हो। सहमतिमा नेतृत्व टुंग्याउनु पर्ने  केन्द्रिय कमिटिको निर्देशन अनुसार हिजो राती अबेरसम्म पनि सहमतिको प्रयास गरिएको भए तापनि अझैसम्म पनि सहमति हुन नसकेको एक प्रतिनिधिले जानकारी दिएका छन्। उनका अनुसार पहिलो दिन नै सबै प्रतिवेदन उपर छलफल गरी सर्वमम्मतिले पारित गरे पनि उम्मेदवारहरुको आ–आफ्नै अडानका कारण नेतृत्व चयनमा भने सममति जुट्न सकेको छैन।त्यस्तै सदस्यहरुमा पनि सहमति जुट्न सकेको छैन ।तर अझैपनि सममति जुटाउने प्रयास भने जारी भएको बताइएको छ । अबको आधाघण्टा भित्र सममति जुट्न नसके चुनावी प्रकृया थप अगाडी बढाउने नि...
तनहुँ आगलागीको क्षतिको विवरण सङ्कलन गरिँदै

तनहुँ आगलागीको क्षतिको विवरण सङ्कलन गरिँदै

ताजा अपडेट, समाचार, स्थानीय
तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति १२ः४५ मा भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ। गएराति फलफूल लाइनमा रहेका सटरमा आगलागीको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ। तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २० वटा सटर जलेर नष्ट भएका छन्। यहाँ आइसक्रिम, फलफूल, मोबाइललगायत पसल सञ्चालनमा थिए। विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।...
फेरि ‘अस्वस्थकर’ बन्यो काठमाडौंको हावा

फेरि ‘अस्वस्थकर’ बन्यो काठमाडौंको हावा

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं ।काठमाडौं उपत्यकाको हावा फेरि अस्वस्थकर बनेको छ । वातावरण विभागको तथ्यांकले काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सोमबार १५५ भन्दा माथि देखाएको हो । विभागको रेकर्डमा सोमबार बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १७१ मापन गरिएको छ । ललितपुरकै खुमलटारको १६३, काठमाडौंको शंखपार्कको एक्यूआई १५५ मापन गरिएको छ । यस्तै, भक्तपुरको एक्यूआई ११८ र ललितपुरको पुल्चोकको ८५ पुगेको विभागको तथ्यांक छ । पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १२० देखि १८३ सम्म मापन गरिएको छ । गएको साता काठमाडौंका अधिकांश स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार, वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्छ । १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।  ...
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै गरेको नाराबाजीपछि स्थगित भएको हो । सभामुख देवराज घिमिरे कार्यसूचीमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए। बैठक सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अबरोध गरेका थिए।उनीहरूले सहकारी ठगलाई कारवाही गर, सहकारी पीडितलाई न्याय दे, संसदीय छानविन समिति गठन गरजस्ता नारा लगाएका थिए। अबरोधकै बीचमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेकाले त्यसको वातावरण बनाउन प्रतिपक्षी सांसदहरूलाई आग्रह गरेका थिए।कांग्रेसका सांसदहरूले नाराबाजी रोकेका थिएनन। प्रतिनिधि सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ।...
दोस्रो दिन पनि सुनको मूल्यमा नयाँ कीर्तिमान

दोस्रो दिन पनि सुनको मूल्यमा नयाँ कीर्तिमान

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । आइतबार नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्यले आज पनि अर्काे कीर्तिमान कायम गरेको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नौ सय रुपैँयाँले बढेको हो । आइतबार एक लाख चालिस हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक चालिस हजार आठ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ पुगेको नेप...
असार ७ गतेदेखि प्रदर्शनमा आउँदै ‘शिरफूल’

असार ७ गतेदेखि प्रदर्शनमा आउँदै ‘शिरफूल’

कला, ताजा अपडेट, मनोरन्जन, समाचार
काठमाडौँ ।कमल एक्चै मगरद्वारा निर्देशित चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको हो।  चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको निर्देशक मगरले बताएका छन्।  चिलचित्रमा अभिनेत्री मरिष्का पोखरेलको विशेष भूमिका छ भने रूपा राना,राज थापा,देवराज आले,विनिता थापा,सुनिल रोका,नमिता तामाङ,पुजा गदाल,लिला गुरूङ,नीता पुन,किरण मगर लगायतले अभिनय गरेका छन्। देवराज आले मगरको कथा,राज थापा र राजु युगिनको पटकथा तथा संवाद रहेको फिल्ममा निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ।आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा फिल्म बनेको हो। चलचित्र वितरणको जिम्मा आर आर फिल्म...