बुढानिलकण्ठका उत्कृस्ट विद्यार्थीले विद्यालय चिनाउने अभियान थाल्दै,जेष्ठ १३ गते अभिमुखीकरण
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत उत्कृस्ट विद्यार्थीहरु मार्फत विद्यालय चिनाउनका लागि ‘टेक्सास टपर्स टक’ कार्यक्रम आयोजना हुने भएको छ।
यहि जेष्ठ १८ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको कार्की इभेन्ट्समा हुने सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो विद्यालयको इतिहास,पृष्ठभूमि,विषेशता लगायतका विषयमा प्रस्तुतीकरण दिने भएका हुन्।
विद्यालयका कक्षा ८,९ र १० मा अध्यनरत विद्यार्थीहरु मध्येबाट छनौट भएका उत्कृस्ट विद्यार्थीका लागी भने,जेष्ठ १३ गते नै टेक्सास इन्टरनेसनल कलेजमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको कपन अनलाइन न्युज पोर्टलका सम्पादक पुण्य प्रसाद पूडासैनिले जानकारी दिएका छन्।
कपन अनलाइनद्धारा आयोजित उक्त कार्यक्रमलाई चावहिलको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले प्रायोजन गरेको छ।भने,भी एस कलेज,चावहिलले यसमा थप प्रवर्धनात्मक भ...









