ताजा अपडेट

सुनको मूल्यमा नयाँ किर्तिमान

सुनको मूल्यमा नयाँ किर्तिमान

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्यले आज नयाँ किर्तिमान राखेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६ सयले बढेको हो । आज छापावाला सुन एक लाख ४० हजार नौ सयमा कारोबार भइरहेको महासंघले बताएको छ । यस्तै, तेजाबी सुन एक लाख ४० हजार दुई सयमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य समेत बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार नौ सय १० पुगेको छ ।...
चाबहिल चोकका घरहरूमा चल्यो डोजर

चाबहिल चोकका घरहरूमा चल्यो डोजर

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
काठमाडौं।काठमाडौं महानगरपालिका वडा नम्बर ७ को चाबहिल चोकका सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाइएको छ । सडक क्षेत्र अतिक्रमण गरी बनाइएका उक्त घरहरु भत्काउन थालिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन्।प्रवक्ता मानन्धरका अनुसार चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरूमा महानगरपालिकाले बिहानैबाट डोजर चलाएको हो। ती संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ।...
बैशाख महिनामा मात्र १६ सय विपद्का घटना

बैशाख महिनामा मात्र १६ सय विपद्का घटना

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । यस वर्षको बैशाख महिनामा मात्र देशभर १६ सय विपद्का घटनाहरु घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगलागी, वन्यजन्तुको आक्रमण, वन डँढेलो लगायतका घटनाहरु घटेका हुने । ती घटनाबाट ४२ जनाको मृत्यु भएको छ भने १६७ जना घाइते भएका छन् । यस्तै २ हजार ९ परिवार प्रभावित बनेका छन् । त्यसबाट ६० करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। यसबीचमा आगलागीबाट २३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । एक हजार ४१५ जना घाइते भएका छन्। वन डढेलोबाट ६ जनाको मृत्यु भएको छ भने ४०७ जना घाइते भएका छन् । चट्याङबाट ९ जनाको मृत्यु भएको छ। यसबीचमा अविरल वर्षात्का कारण बाढी पनि आएको थियो। जसमा एक जनाको मृत्यु भएको छ। प्राधिकरणको तथ्यांकअनुसार जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने लेक लागेर २ जनाको मृत्यु भएको छ।...
फेवातालको मापदण्ड घटाउन सर्वोच्च अदालतमा रिट

फेवातालको मापदण्ड घटाउन सर्वोच्च अदालतमा रिट

ताजा अपडेट, समाचार
पोखरा । फेवातालको मापदण्ड घटाउन ताल किनारका जग्गाधनीहरुले सर्वोच्च अदालतमा रिट दिएका छन् । ताल किनारका २२ जना जग्गाधनीहरूले ६५ मिटरबाट ३० मिटरमा मापदण्ड कायम गर्न माग गर्दै रिट दायर गरेका हुन् । सर्वाेच्चको यसअघिको आदेशले नागरिकको उठीबास लाग्ने भन्दै ताल किनारका बासिन्दाले सर्वोच्च गुहारेका हुन् । यसअघि सर्वाेच्चले २ पटक सम्म तालको मापदण्ड ६५ मिटर कायम राख्न आदेश दिएको थियो । सर्वोच्चले २०७५ सालमा पनि तालको मापदण्ड ६५ मिटर रहने निर्णय गरेको थियो । पछि २०७८ चैतमा पोखरा महानगरको कार्यपालिका बैठकले ३० मिटरमा झार्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध पनि सर्वोच्चमा रिट परेको थियो । सो रिट उपर फैसला गर्दै सर्वोच्चले पुनः तालको मापदण्ड ६५ मिटर नै राख्न भनेको थियोछ । किनारका सबै ठाउँमा एकै मापदण्ड लगाउन नहुने जग्गाधनीको तर्क छ ।...
सहकारी छानबीन प्रकरणमा कार्यदलको बैठक सुरु

सहकारी छानबीन प्रकरणमा कार्यदलको बैठक सुरु

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक कानुन मन्त्रालयमा सुरु भएको छ । सत्ता र प्रतिपक्ष दलको शनिबार बालुवाटारमा बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भसँगै बैठक बसेको हो । कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन भएको थियो । समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।...
प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित

प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित

खेलकुद, ताजा अपडेट, समाचार
लण्डन ।इंग्लिस क्लब म्यानचेस्टर सिटीका फिल फोडेन  र खदिजा शाँ प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित भएका छन् । मिडफिल्डर फोडेनले मेन फुटबलर अफ द इयर तथा फरवार्ड खदिजाले वुमन फुटबलर अफ द इयरको अवार्ड हात पारेका हुन् । फोडेनले जारी सिजनमा सिटीका लागि २४ गोल गर्नुका साथै १० गोलका लागि सहयोग गरेका छन् । भने,जमैकाकी खदिजाले सिटीकै अलेक्स ग्रिनवुड र चेल्सीकी लाउरेन जेम्सलाई पछि पार्दै सिटीका लागि २१ गोल गरिसकेकी छिन् ।...
संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं ।संघीय संसदका दुवै सदनको बैठक बस्दैछ।प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दै छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।भने,उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक–२०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची भएको जनाइएको छ। शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेसँगै संसद बैठक आज सहज रुपले चल्ने अपेक्षा गरिएको छ। समितिको क्षेत्राधिकारको मस्यौदा तयार पार्न कानुनमन्त्री पदम गिरीको संयोकत्वमा एमालेका महेश बर्तौला,कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेको कार्यदल गठन गर्ने दलहरुबीच सहमति भएको छ। सहकारीको बचत अपचलन प्रकरणमा गृहम...
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ।जसका कारण देशको विभिन्न भागमा मौसम बदली भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। बागमती,कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन,हावाहुरी एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।यस्तै देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश र लुम्बिनी प्रदेशलगायत कोशी,बागमती,गण्डकी कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन,हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी,गण्डकी र कर्णाली...
एमालेले कांग्रेससँग तालमेल गर्दैन,कांग्रेस प्रतिष्पर्धी पनि होइन् : उपमहासचिव रिमाल

एमालेले कांग्रेससँग तालमेल गर्दैन,कांग्रेस प्रतिष्पर्धी पनि होइन् : उपमहासचिव रिमाल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
 सीता पौडेल(अर्चना) काठमाडौं ।नेकपा (एमाले)का उप–महासचिव विष्णु रिमालले अहिलेको सत्ता समीकरणलाई तोडेर एमालेले नेपाली कांग्रेससँग कुनै पनि प्रकारको तालमेल नगर्ने बताएका छन् । आज शनिवार ‘नेकपा एमाले तारकेश्वर नगरपालिका कमिटि’को दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उप–महासचिव रिमालले एमालेको अबको लडाई राजनीतिक लडाईँ नभएर आर्थिक–सामाजिक न्यायको लडाइँ हुने भएकाले यस अवस्थामा सत्ता लुलुप्तामा रहेको कांग्रेस पार्टीसँग तालमेल गर्न नमिल्ने बताएका हुन् । कार्यक्रममा उनले नयाँ समिकरण जोगाउन पार्टीले  हदैसम्मको लचकता अपनाउन समेत तयार भएको  जिकिर गरे ।साथै उनले कांग्रेस र एमालेको योग्यता र हैसियतमा मेल नखाने हुनाले कांग्रेसलाई एमालेले प्रतिष्पर्धी समेत नठानेको टिप्पणी गरे। परिपूर्ण लोकतन्त्रले मात्रै ‘सुखी नेपाली,समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पुरा गर्ने भन्दै उनले एम...
‘दान्भी’को ‘मायाको खानी’

‘दान्भी’को ‘मायाको खानी’

कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
काठमाडौं। फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ। आउँदो असार ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने गीतमा अभिनेत्री पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोमको अभिनय रहेको बताइएको छ।रोमान्टिक शैलीमा तयार पारिएको सो गीतमा सुरेश लामा र ममता गुरुङको स्वर छ।भने,अर्जुन पोखरेलको सङ्गीत र प्रदीप प्रखर पोखरेलको शब्द रहेको छ । रुपेश तामाङको निर्देशन रहेको उक्त फिल्ममा पवन राना मगर कार्यकारी निर्माता हुन् । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कमला लिम्बु,पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा भएको जनाइएको छ। फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद,रविना थापा मगरको कथा,बन्दे प्रसादको सम्पादन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।...