ताजा अपडेट

मल्टी एयरलाइन्स नेपाललाई हवाई टिकट वितरणको प्लाटफर्म

मल्टी एयरलाइन्स नेपाललाई हवाई टिकट वितरणको प्लाटफर्म

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, समाचार
काठमाडौ।संसारभरका २७५ वटा अन्तरराष्ट्रिय वायुसेवासँग टिकट वितरण सञ्जाल भएको अग्रणी प्लाटफर्म मल्टी एयरलाइन्सले नेपालमा आधिकारिक रूपमा सेवा सुरु गरेको छ। यसले अन्तरराष्ट्रिय यात्रुलाई नेपालमा सस्तो,सुविधाजनक र आरामदायी यात्रा उपलब्ध गराउने लक्ष्य राखेको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच यसको उद्घाटन गरिएको थियो। केही दिनमै नेपाली ट्राभल एजेन्सीहरूसँगको साझेदारीमा कार्य अगाडी बढाउन लागेको उसले ट्राभल एजेन्सीहरूलाई संसारभरका धेरै बिलिङ एण्ड सेटलमेन्ट प्लान(बीएसपी)मार्केटसँग जोड्ने जनाइएको छ। ‘यो प्लाटफर्मले ट्राभल एजेन्टहरूलाई ग्लोबल एयरलाइन्स,स्थानीय भाडा र टिकटसँग सम्बन्धित समाधानमा पहुँच पुर्‍याउन र क्षमता विकासमा मद्दत गर्नेछ’,विज्ञप्तिमा भनिएको छ,‘जसले गर्दा टिकट कारोबारमा सहज लेनदेन सुनिश्चित गर्नेछ।’ कार्यक्रममा मल्टी एयरलाइन्सका सीईओ क्लिफर्ड क्रिस्टोफर,स्ट...
लघु,घरेलु तथा साना उद्योग र मझौला उद्योगलाई ब्याज अनुदान दिइँदै

लघु,घरेलु तथा साना उद्योग र मझौला उद्योगलाई ब्याज अनुदान दिइँदै

अर्थतन्त्र, कृषि, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं।सरकारले लघु,घरेलु तथा साना उद्योग र मझौला उद्योगलाई व्यावसायिक कर्जाको ब्याजमा अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष (आव) २०८० ÷०८१ को बजेटमा घोषणा गरिएको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यान्वयन गर्दै सरकारले लघु,घरेलु तथा साना उद्योग र अधिकतम २० करोडसम्म स्थिर पूँजी भएकालाई कर्जाको ब्याज अनुदानमा दिने तयारी गरेको हो। सरकारले हालै ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१’ स्वीकृत गरेको छ। कार्यविधि अनुसार उत्पादनमूलक,कृषि तथा वन पैदावारमा आधारित लघु,घरेलु तथा साना उद्योग र २० करोडसम्म स्थिर पूँजी भएका मझौला उद्योगले सम्बन्धित उद्योगबाट उत्पादन हुने वस्तु उत्पादन वा प्रशोधनका लागि लिएको व्यावसायिक कर्जामा ब्याज अनुदान पाउने भएका हुन् । कार्यविधि अनुसार विनियोजित बजेटको ६० प्रतिशत ब्याज अनुदान...
फेरी थपियो पृथ्वी राजमार्गको पूर्वी खण्ड निर्माणको म्याद

फेरी थपियो पृथ्वी राजमार्गको पूर्वी खण्ड निर्माणको म्याद

ताजा अपडेट, ब्यानर-१, समाचार
तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक खण्ड विस्तार अन्तर्गत पूर्वीखण्डको म्याद फेरी पाँच महिना थप गरिएको छ। ठेक्का पाएको चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ले समयमा काम सम्पन्न नगरेपछि उसलाई समय थप गरिएको हो।कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको,रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको बताइएको छ। अब थप गरिएको समयावधि २०८१ भदौ मसान्तसम्म रहन्छ । तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको करिब ४२ किलोमिटरको पूर्वी खण्ड विस्तार गर्न विभिन्न स्थानमा करिब ७ सय मजदुर खटाएर विस्तार कार्य तीव्र पारिएको निर्माणमा संलग्न कम्पनीले जनाएको छ।पूर्वी खण्डमा हालसम्म ५९ प्रतिशत कार्य प्रगति भएको उसको भनाई छ। विसं २०७७ माघमा सम्झौता गरेर ठेकेदार कम्पनीले २०७८ वैशाखदेखि काम थालेको ...
वाग्मती नदी किनारमा १२  वर्षमा ६ हजार बिरुवा हुर्काइयो

वाग्मती नदी किनारमा १२ वर्षमा ६ हजार बिरुवा हुर्काइयो

ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं।वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएको छ।सफाइ अभियान्ताद्वारा बाह्र वर्षको अवधिमा नदी किनारमा सो संख्यामा बिरुवा रोपिएका हुन्। शनिवार वाग्मती सफाइ महाअभियानको १२औँ वर्ष पुगेको अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालले वाग्मती सफाइसँगै नदी किनारमा छ हजार बिरुवा हुर्काइएको दाबी गरे । “नदीका किनारमा देखिएका रुखहरु हामीले हुर्काएका हौँ”,उनले भने,“बिरुवा धेरैले रोपेका होलान् तर हामीले हुर्काएका छौँ ।मृतप्रायः नदीलाई जीवन दिए पनि अझै सोचेजस्तो भएको छैन।” “ यति धेरै वर्षसम्म यो अभियानले निरन्तरता पाइराख्नु ठूलो उपलब्धि रहेको छ ।” उनले भने । उनले हालसम्म वाग्मती किनारबाट करिब २१ हजार मेट्रिकटन फोहोर उठाइ सकिएको पनि जानकारी दिए। कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आममानिसमा...
नेकपा एमाले तारकेश्वरले दोस्रो अधिवेशन गर्दै,विभिन्न स्थानबाट सांस्कृतिक झाकीसमेत  निकालिने

नेकपा एमाले तारकेश्वरले दोस्रो अधिवेशन गर्दै,विभिन्न स्थानबाट सांस्कृतिक झाकीसमेत निकालिने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
सीता पौडेल( अर्चना) काठमाडौं ।नेकपा एमाले तारकेश्वरले दोस्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेसँगै आज अधिवेशन कार्यक्रमको शुरुवात गर्न लागेको छ । अहिले विहान ११ बजेदेखि तारकेश्वर,११ को नेपालटारमा अवस्थित कान्तिपुर एवी व्याङ्क्वेटमा  हुन लागेको सो अधिवेशनमा विभिन्न मौलीक एवं साँस्कृतिक झाकी समेत प्रदर्शन गरिने नेकपा एमाले क्षेत्र नं ७ का क्षेत्रिय संयोजक विदुर अर्याले जानकारी दिए। उनका अनुसार झाकी लामबगर मनमैजुबाट सुरु भई नेपालटारको अधिवेशन स्थल पुग्ने तयारी छ। एमाले तारकेश्वरले अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु,विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरु,पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई सक्रिय सहभागिताको लागि आग्रह गरेको छ। उद्घाटन सत्रलाई नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले सम्बोधन गर्ने...
सदन खुलाउने विषयमा सभामुखले शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्दै

सदन खुलाउने विषयमा सभामुखले शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं।सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्।सदनमा देखिएको अवरोध खुलाउने विषयमा छलफलका लागि शीर्ष नेताहरुलाई आज उनले आफ्नै निवासमा बोलाएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलमा बोलाइएको हो। कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ। कांग्रेसकै अवरोधका कारण शुक्रबारका लागि बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो।...
बागमती प्रदेशमा विषयगत समितिको सभापति चयन गरिदै

बागमती प्रदेशमा विषयगत समितिको सभापति चयन गरिदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेश सभाअन्तर्गत विषयगत समितिको सभापतिको चयन हुँदै छ।आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको हो। विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरेका छन्। सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्णायार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिएका छन्। प्रदेशसभाको पाँच वटा विषयगत समितिमध्ये चार समितिको सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको बताइएको छ। यस्तै प्रदेश सभाअन्तर्गतको विशेष समिति समेत गठन गर्ने सहमति भएको जनाइएको छ।...
कारले मोटरसाइकललाई ठक्कर दिँदा एक पत्रकारको मृत्यु

कारले मोटरसाइकललाई ठक्कर दिँदा एक पत्रकारको मृत्यु

ताजा अपडेट, समाचार
जनकपुर। जनकपुरधामस्थित मिल्स एरियामा कारको ठक्करबाट पत्रकार शिवेन्द्र रोहिता यादवको मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजे प्रदेश २.५४९४ नम्बरको मोटरसाइकललाई बा.२१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो ।कारको ठक्करबाट पत्रकार शिवेन्द्रको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिएका छन्। सूचना अधिकारी खरेलका अनुसार मोटरसाइकल पछाडि सवार जयनाथ यादव गम्भीर घाइते भएका र उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको  छ। ठक्कर दिने कार र त्यसमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पत्रकार शिवेन्द्र राजधानी जनकपुर पत्रिकाको सञ्चालक थिए।  ...
राति १२ बजेदेखि मधेसका यी चार जिल्लाको सीमानाका बन्द

राति १२ बजेदेखि मधेसका यी चार जिल्लाको सीमानाका बन्द

ताजा अपडेट, समाचार, स्थानीय
जनकपुरधाम ।भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका राति १२ बजेदेखि बन्द भएको छ। भारतको विहार राज्य अन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा,धनुषा,सप्तरी तथा महोत्तरीका सीमानाका आजबाट तीन दिनका लागि बन्द भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। आगामी सोमवार मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले ७ गते राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने  जनाइएको हो ।...
पत्रकार गौतम छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पत्रकार गौतम छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत

कला, जीवनशैली, ताजा अपडेट, समाचार
काठमाडौं ।नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन्। शुक्रबार १५ औँ डी सिने अवार्ड कार्यक्रममा गौतमलाई नगद १५ हजारसहित उक्त पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो।गौतम काठमाडौं र हेटौँडामा रहेर दुई दशकदेखि विधागत पत्रकारितामा क्रियाशील थिए। पुरस्कृत गौतमले यस्ता पुरस्कारले मोफसलमा विधागत पत्रकारितामा सक्रिय पत्रकारलाई प्रोत्साहन मिल्ने बताएका छन्। डिजिटल माध्यमबाट निर्माण गरिएका फिल्मकर्मीलाई प्रोत्साहन गर्न सो अवार्ड हरेक वर्ष प्रदान गरिदैं जाने आयोजकको भनाई छ। ...