ताजा अपडेट

तारकेश्वरको मनमैजुमा एक प्रहरी जवान मृत भेटिए

तारकेश्वरको मनमैजुमा एक प्रहरी जवान मृत भेटिए

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं ।तारकेश्वरको नगरपालिकाको मनमैजुमा एक प्रहरी जवान मृत अवश्थामा भेटिएका छन् । शुक्रबार साँझ तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत अवश्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एसएसपी बसन्त रजौरेले जानकारी दिएका छन् । प्रमुख रजौरेका अनुसार  त्यहाँको निर्माणाधीन दुई तले घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा उनको शव फेल परेको थियो । मृत भेटिएका प्रहरी जवान घिमिरे ट्राफिक प्रहरी प्रभाग,दरबारमार्गमा  कार्यरत थिए। उनको शरीरमा चोटपटक लागेको देखिएको छ । घटना शंकास्पद रहेको एसएसपी रजौरे को भनाई छ ।खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको राति हत्या भएको आशङ्का गरिएको छ । एसएसपी रजौरेले भने,‘शंकास्पद जस्तो देखिएको छ। अहल्यै केही खुलेको छैन।अनुसन्धानमै छौं।’...
बूढानीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बूढानीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
 सीता पौडेल(अर्चना) काठमाडौं ।बूढानीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रवार बूढानीलकण्ठ नगरपालिकाको हात्तीगौंडामा अवस्थित नगरकार्यपालिकाको कार्यालयको प्रांगणमा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । नगरपालिकाले आर्थिक वर्ष ०८० ÷०८१को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सञ्चालन गरेका विकास निर्माण,सेवाप्रवाह तथा आर्थिक वर्ष २०८१÷०८२को नीति तथा कार्यक्रम तर्जुमा र बजेट निर्माणका सम्बन्धमा नगरवासीहरुको प्रतिक्रिया र सुझाब संकलनका लागि सो सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए। नगरपालिकाले सेवा प्रवाहलाई चुस्त र दुरुस्त र वित्तिय पारदर्शीता कायम गर्न तथा नगरवासीहरुप्रति जवाफदेही र उत्तरदायी बन्नका लागि प्रत्येक ४ महिनामा सार्वजनिक सुनुवाई गर्ने गरेको उनको भनाई छ।  आ.व.२०८०र८१को श्...
संसद्‌मा कांग्रेसले असभ्य व्यवहार देखायो :केपी शर्मा ओली

संसद्‌मा कांग्रेसले असभ्य व्यवहार देखायो :केपी शर्मा ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा नेपाली कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओलीले जान इसारा गरेका थिए । अध्यक्ष ओलीको इसारापछि कांग्रेसका उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएका थिए।नेपाली कांग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङको व्यवहार असभ्य भएको ओलिले बताएका छन् । उनले भने, ‘भिडन्त भएन,कांग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्ने,म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने।यो खालको सभ्य व्यवहार भएन।म आफ्नो ठाउँमा बसेको थिएँ।सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला।’एमाले अध्यक्ष ओलीले भने। अध्यक्ष ओलीले शुक...
राजनीतिक दलमा लागेका शिक्षक र विद्यालय कर्मचारीको विवरण खोई ? : शिक्षा तथा मानव स्रोत विकास केन्द्र

राजनीतिक दलमा लागेका शिक्षक र विद्यालय कर्मचारीको विवरण खोई ? : शिक्षा तथा मानव स्रोत विकास केन्द्र

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
काठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यसमितिमा रहेका शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । बुधबार केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको कार्यसमितिका रहेका र महाधिवेशन प्रतिनिधि रहेका शिक्षक कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भन्दै १५ दिनभित्र विवरण पेश गर्न निर्देशन दिएको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायलाई गत वैशाख ७ गते पत्राचार गरेको थियो । हेर्नुहोस् पत्र  ...
स्याटलाइट इन्टरनेट लन्च गर्दै स्टारलिंक

स्याटलाइट इन्टरनेट लन्च गर्दै स्टारलिंक

ताजा अपडेट, समाचार
एजेन्सी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले इन्डोनेसियामा स्याटलाइट इन्टरनेट सेवा लन्च गर्ने भएको छ । कम्पनीको स्याटलाइट इन्टरनेट सेवा प्रदायक सहायक कम्पनी स्टारलिंकले आइतबार आफ्नो सेवा लन्च गर्न लागेको हो । बालीमा लन्च कार्यक्रममा मस्कको साथमा इन्डोनेशियाली राष्ट्रपति जोको विडोडो पनि सहभागी हुने बताइएको छ । अहिले कम्पनीले फ्रान्स, जर्मनी, आयरल्याण्ड, नेदरल्याण्ड, अस्ट्रिया, बेल्जियम, डेनमार्क, पोर्चुगल, बेलायत, क्यानडा, अमेरिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, मलेसिया, फिलिपिन्स, ब्राजिल र चिलीमा स्याटलाइट इन्टरनेट दिइरहेको छ ।...
फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार छ सयले बढेर एक लाख ४० हजारमा कारोबार भइरहेको छ । बुधबार सुन एक लाख ३८ हजार चार सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको छ ।...
डोटीबाट नक्कली डाक्टरसहित दुई जना पक्राउ

डोटीबाट नक्कली डाक्टरसहित दुई जना पक्राउ

ताजा अपडेट, समाचार
डोटी । डोटीबाट नक्कली डाक्टर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले राजपुरमा शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एकजना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।...
घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । सरकार डिजेल, मट्टीलेल र पेट्रोलको मूल्य घटाएको छ । बिहिबार बिहान १ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।...
तार भूमिगत गरेका स्थानबाट इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन

तार भूमिगत गरेका स्थानबाट इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गरेको स्थानबाट इन्टरनेटको तार हटाउन निर्देशन दिएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाका पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने भएको र उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युत्का पोलहरू क्रमैसँग हटाइने र इन्टरनेटको तारसमेत हटाउन प्राधिकरणले निर्देशन दिएको हो । प्राधिकरणले आज एक सूचना जारी गर्दै ती स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्न सरोकारवालालाई निर्देशन दिएको हो ।...
जापानका मेयर बुढानीलकण्ठमा,दुई नगरपालिकाका कार्ययोजना र अनुभव आदानप्रदान

जापानका मेयर बुढानीलकण्ठमा,दुई नगरपालिकाका कार्ययोजना र अनुभव आदानप्रदान

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, राजनीति, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।जापानको ओईजुमी नगरपालिकाका नगर प्रमुख मुरायामा र बूढानीलकण्ठ नगरपालिका(बूनपा)का प्रमुख मिठाराम अधिकारीबीच भेटवार्ता भएको छ । जेठ १ गते (हिजो) मंगलबार जपानका नगर प्रमुख (मेयर) तोसिआकीसहित उनका स्वकिय सचिव ताकोई सिहायुकी,त्यहाँको बहुसाँस्कृतिक विभागका प्रबन्धक फुकुदा मासामी सान र सोही विभागका सान खुनिको हासेगावा,नेपाल साझा समाजका अध्यक्ष वुद्धि सेरचन,सल्लाहकार रन्जय अमात्य,महासचिव निरज गुरुङ र पूर्व महासचिव गोपाल पोखरेल गरि थप ४ जना इन्टरप्रेनर सहितको टोलीलाई स्वागत गरिएको हो। सो टोलीलाईलाई बुढानीलकण्ठ नगरका नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामासहित मेयरका स्वकीय सचिव रविन्द्र अधिकारी,प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याललगायतले स्वागत गरेका थिए ।स्वागतपश्चात नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दुई नगरपालिकाबीचका कार्य...