ताजा अपडेट

व्यासमा स्थानीय तह निर्वाचनको पुनः मतगणना गराउन अदालतको आदेश

व्यासमा स्थानीय तह निर्वाचनको पुनः मतगणना गराउन अदालतको आदेश

ताजा अपडेट, राजनीति
पोखरा । तनहुँको व्यास नगरपालिकामा स्थानीय तह निर्वाचनको पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । निर्वाचन सकिएको दुई वर्षपछि पुनः मतगणना गराउन अदालतले आदेश दिएको हो । मंगलबार निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको पक्षमा अदालतले आदेश दिएको थियो । नेकपा एमालेको समर्थनमा उम्मेदवार भएका जोशी २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए । उनी कांग्रेसका पूर्व सहमहामन्त्री तथा सरकारका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुुन् । उनलाई हराउँदै नेपाली कांग्रेसका नेता वैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए । निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए ।...
आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

ताजा अपडेट, समाचार
काठमाडौँ । जल तथा मौसम पूूर्वानुमान महाशाखाका अनुुसार आज कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराई भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको आँकलन छ।  ...
रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

रहेनन् इतिहासकार ज्ञानमणि नेपाल

कला, ताजा अपडेट, शिक्षा, समाचार, साहित्य
काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालको आज निधन भएको छ । ९१ वर्षीय नेपालको उपचारका क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ । उपचारका लागि उनलाई १० दिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।नयराज पन्तका शिष्य समेत रहेका उनको नेपालको महाभारत चर्चित पुस्तक हो ।त्यस्तै नेपाल निरुक्त,यात्रा त्रयी,नेपाल निरुपण,नेपाल भोट-चीनसम्बन्धनका केही सांस्कृतिक पक्ष पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन् । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन्।नेपालका २ छोरा छन् ।...
सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम पारित

सरकारद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम पारित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले बताइन् । राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजनाको मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।...
वाणिज्य बैंकहरुले घटाए ब्याजदर

वाणिज्य बैंकहरुले घटाए ब्याजदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । विभिन्न वाणिज्य बैंकहरुले  ब्याजदर घटाएका छन् ।जसअनुसार बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ७ प्रतिशत कायम गरेका छन् । निक्षेप बढ्दै गएपछि बैंकहरूले ब्याजदर घटाउँदै गएका हुन् । गत वैशाख महिनामा औसत ब्याजदर ७.५ प्रतिशत रहेकोमा चैतमा घटाएर ७ प्रतिशत कायम गरेको हो ।सोमबार वाणिज्य बैंकहरूले जेठका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार कुल २० वाणिज्यमध्ये नौ बैंकहरूले घटाएका हुुन् । जसमा नबिल बैंक, एभरेष्ट र सिटिजन्स इन्टरनेसनल बैंकले ब्याजददर ०.५ प्रतिशत विन्दुका दरले घटाएका छन् ।यस्तै,एनएमबि बैंक,सिटिजन्स इन्टरनेसनल बैंक,सिद्धार्थ बैंक,प्राइम कमर्सियल बैंक,सानिमा बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् भने एनआइसी एसिया बैंक र ग्लोबल आइएमई बैंकले भने ब्याजदर बढाएका छन् । यसैगरी हिमालयन बैंक,प्रभु बैंक, कुमारी बैंक,माछापुच...
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, समाचार
काठमाडौँ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी,बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा मधेश र बाँकी पहाडी भू-भागको एकदुई स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राती लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ। कोशी प्रदेश लगायत बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।...
अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पुरा,१ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पुरा,१ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थी महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अनेरास्ववियुले आज जेठ १ गते मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सो महोत्वस गरिने जानकारी दिएको हो।१ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताएका छन्। अनेरास्ववियु स्थापना भएको ६० वर्ष पुगेको अवसरमा विद्यार्थी महोत्सव गर्न लागिएको उनको भनाई छ। अनेरास्ववियुले पत्रकारसम्मेलन लगतै बृहत मार्च पाससमेत गरेको थियो । अध्यक्ष बडालका अनुसार ‘नेपालमै पढ्छु,म बनाउँछु मेरो देश नेपाल’ भन्ने नाराका साथ युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेहको भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ मार्फत नयाँ जागरण ल्याउने प्रयास गर्ने उद्देश्यले महो...
फ्रान्सको कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन

फ्रान्सको कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन

अन्तर्राष्ट्रिय, कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार, साहित्य, स्थानीय
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागीता जनाउने भएका छन्।त्यसका लागि मेयर बालेन हिजै राती सोमबार दुई सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गरेका छन्। मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्सालसँगै गएका छन्।उनलाई त्यहाँका मेयर डेभिड लिसनार्ड निम्तो दिएका हुन्।उनी त्यहाँ तीन दिनसम्म बस्ने बताइएको छ। मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँगको भेटवार्तापछि उनले फेस्टिभलको रेडकार्पेट र प्रिमियरमा सहभागिता जनाउने छन्।बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा भव्य रिसेप्सनको आयोजना गरिएको जनाइएको छ। बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन्।राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर का...
प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन

प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन

अर्थतन्त्र, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष र नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यावसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् । अध्यक्षमा चयन भएपछि उनले कम्पनीको व्यावसायिक क्षमता अभिवृद्धिका साथै निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धिका थप योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । इन्स्योरेन्स सदस्यहरूमा सञ्चालकको तर्फबाट मिजास भट्टचन,राहुल थोकर लामा र शान्ता गौतम चयन भएका छन् । त्यस्तै सर्वासाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् ।    ...
विश्व बैंकले भन्यो–नेपालको वित्तीय संघीयता कार्यान्वयन प्रगति मध्यम ,प्रदेश र स्थानीय तहमा वित्तीय घाटा

विश्व बैंकले भन्यो–नेपालको वित्तीय संघीयता कार्यान्वयन प्रगति मध्यम ,प्रदेश र स्थानीय तहमा वित्तीय घाटा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं ।विश्व बैङ्कले नेपालमा वित्तीय संघीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्ष निकालेको छ। विश्व बैङ्कले‘नेपाल फिस्कल फेडेरालिजम अपडेट,२०२४’ सार्वजनिक गर्दै नेपालमा वित्तीय संघीयता कार्यान्वयनका लागि कानुनी तथा संस्थागत सुधार र प्रदेश र स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनको काम जारी रहे तापनि समग्रमा कार्यान्वयनको अवस्था भने मध्यम रहेको जनाएको हो। बैंकको निष्कर्षसहितको प्रतिवेदनमा संघीय सरकारको राजस्व घट्दा प्रदेश र स्थानीय तहले पाउने वित्तीय स्रोतसमेत घटेपछि संघीयता कार्यान्वयनपछि पहिलोपटक गत आर्थिक वर्ष २०७९÷८० (सन् २०२३)मा प्रदेश र स्थानीय तहका सरकारमा वित्त घाटा देखिएको उल्लेख छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले भोगको वित्तघाटा कूल गार्हस्थ्य उत्पादन (जीडिपी) को ०.३ प्रतिशत र स्थानीय तहले भोगेको घाटा जिडिपीको ०.४ प्रतिशत बराबर रहेको देखिएको छ।भने, थोक तथा खुद्रा व...