ताजा अपडेट

‘नेपाल फेसन फेस्टिभल–२०२४’ को तयारी पुरा, कहाँ र कहिले ?

‘नेपाल फेसन फेस्टिभल–२०२४’ को तयारी पुरा, कहाँ र कहिले ?

कला, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।‘दिगो फेसन,सौन्दर्य,जीवनशैली तथा कलाका लागि युवा र महिला सशक्तिकरण ’ भन्ने नाराका साथ नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ। बिजनेस नेटवर्क प्लेटफर्मका रुपमा रहेको ‘फेसन नेटवर्क नेपाल’(एफएनएन)ले यही जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरमा आयोजना गर्ने तीन दिने उक्त फेस्टिभलमा नेपालको फेसन उद्योगसँग सम्बन्धीत र रुचि राख्ने व्यक्तिहरुका लागि फेशन,लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा जानकारी गराउने उदेश्यले फेस्टिभल  आयोजन गरिएको हो।  एफएनएनले सोमवार पत्रकार सम्मेलन गरेर उक्त फेस्टिभल सानेपास्थित हेरिटेज गार्डेनमा हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।भने,नेपालमै पहिलो पटक यस प्रकारको फेस्टिभलको आयोजना हुन लागेको दाबी गरेको छ । सम्मेलनमा फेसन नेटवर्क नेपालका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले नेपालको फेसन उद्योग...
नेपाल टेलिकमको नाफा र प्रतिसेयर आम्दानी बढ्यो

नेपाल टेलिकमको नाफा र प्रतिसेयर आम्दानी बढ्यो

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं ।नेपाल टेलिकमको नाफा र प्रतिसेयर आम्दानी बढेको छ।टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो नाफा गत आवको यसै अवधिको तुलनामा ३.३ प्रतिशत बढी हो ।गत आवको यस अवधिमा कम्पनीले ५ अर्ब ४१ करोड खुद नाफा कमाएको जनाएको छ ।कम्पनीको कुल आम्दानी भने घटेको बताइएको छ। आम्दानी घट्दा पनि नाफा बढ्नुको एक कारण कर्मचारीको सेवासुविधा खर्च, कार्यालय सञ्चालन खर्च, वित्तीय खर्च लगायतमा कमी आउनु रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी भने सामान्य बढेको देखिन्छ।१८ अर्ब चुक्ता पूँजीमध्ये ९१. ४९ प्रतिशत सरकारको सेयर स्वामित्व छ।८ .४८ प्रतिशत सेयर अर्थात् १ करोड ५२ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भएको छ भने बाँकी ०.०३ प्रतिशत नागरिक लगानी कोषको छ। कम्पन...
बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दै

अर्थतन्त्र, ताजा अपडेट, राजनीति, समाचार
मकवानपुर ।बागमती प्रदेशसभाको बैठक आज बस्दै छ ।बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेका छन्। प्रदेशसभाको आजको बैठकमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन,२०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको बताइएको छ । प्रदेशसभाको बैठक अघि बसेको प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको थियो ।यही प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्न तायरी छ ।...
संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाइने छ : प्रधानमन्त्री प्रचण्ड

संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाइने छ : प्रधानमन्त्री प्रचण्ड

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोही व्यक्तिलाई नतोकि समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरि समिति बनाउन कांग्रेससंग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरेका छन्। आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म संसदको गतिरोध हटाउने विषयमा सहमति हुने दाबी गर्दै जीबी राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको टिप्पणी गरे। कानूनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको भन्दै समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताए । उनले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सबै दलहरुलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफुलाई र आफुले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको जिकिर गरे।...
जसपा नेपाल सरकारबाट बाहिरिने

जसपा नेपाल सरकारबाट बाहिरिने

ताजा अपडेट, राजनीति, समाचार
 काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) नेपालले आजै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने तयारी गरेको छ । जसपा नेपालको केन्द्रीय समितिको बैठक आज ललितपुरको ज्यापु प्रज्ञा भवन च्यासलमा बिहान ११ बजे बस्ने र सरकारबाट बाहिरिने तथा समर्थन पनि फिर्ता लिने निर्णय गर्ने अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिएका छन्। जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको आइतबार बसेको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको थियो।आज बस्ने केन्द्रीय समिति बैठकले औपचारिकरुपमा सार्वजनिक गरिने निर्णय लिने स्वकीय सचिव चौरसियाले जानकारी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन निर्देशन दिएका थिए।सो निर्देशनपछि मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटक...
वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सन्दीपको पक्षबाट बहस गर्ने

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सन्दीपको पक्षबाट बहस गर्ने

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेको कानूनी प्रकृयामा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पनि बहस गर्ने भएका छन् । उनी सन्दीपको पक्षबाट बहस गर्ने टीममा जोडिएका छन्।उच्च अदालतमा विचाराधीन मुद्दाका लागि यस अघि पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरेका थिए। यस्तै,वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा,मुरारी सापकोटा र सविता भण्डारीलगायत पनि उनको टीममा छन्।टीमको संयोजन अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन्। जिल्ला अदालतमा बहस गरेको टीमलाई नै उच्चमा निरन्तरता दिइएको छ।देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी नेकपा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए। राजनीतिज्ञ बिडारी फरक वाककलाका लागि प्रख्यात छन्। सन्दीपको मुद्दामा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ।यसअघि गत २३ वैशाखको पेसी स्थगित भएको थियो।अहिलेसम्म एक पटक भएको सुनवाइ...
त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउने तयारी

त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउने तयारी

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गालाई विश्वविद्यालयकै मातहतमा ल्याउन संसदीय समितिले चासो देखाएको छ। त्रिभुवन विश्वविद्यालयको विभिन्न ठाउँमा अतिक्रमण भएको जग्गालाई विश्वविद्यालयकै मातहत ल्याउन प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चासो देखाएको हो। आइतवार बसेको समितिको बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ,त्रिविका उपकुलपति प्राडा केशरजंग बराल,त्रिविका रेक्टर डा खड्ग केसी र रजिष्ट्रार केदार रिजाल पनि सहभागि भएर यस विषयमा छलफल गरिएको बताइएको छ। छलफलका त्रिविको अतिक्रमित जग्गा फिर्ताको प्रक्रिया थाल्न ढीला गर्न नहुने विषयलाई प्राथमिकतामा राखेर छलफल भएको थियो ।जग्गा अतिक्रमणमा पहुँचवाला मान्छे संलग्न भएको र उनीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा सबैको एक स्वर थियो । बैठकमा गुठीका जग्गामा पनि ठूला ठूला मान्छेक...
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, समाचार
मनिषा गुरुङ काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।जसको प्रभावले मौसम बदली भइरहको छ । जल तथा मौसम विज्ञान,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईका एक–दुई स्थानमा मेघगर्जन ÷चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उता राति पनि कोशी,बाग्मती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै कोशी,बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्ज...
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति तथा संसदीय दलको बैठक बस्दै छ। प्रमुख सचेतक रमेश लेखकका अनुसार आज सोमबार दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्दै छ ।यसैगरि आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने उनले बताएका छन्। बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने प्रमुख सचेतक लेखकले जानकारी दिएका छन् ।...
सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पहिलो व्यक्तिको मृत्यु

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका पहिलो व्यक्तिको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार, स्वास्थ्य
न्युयोर्क ।आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ । ६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए। म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) ले एक विज्ञप्तिमा रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै सङ्केत नभएको बताएको छ। सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू असफल भइसकेका छन्।यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए ।   स्रोत — बीबीसी...