मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले ग¥यो विभिन्न आठ निर्णय
काठमाडौं। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले विभिन्न आठ वटा एजेण्डामा छलफल गरि निर्णय गरेको छ ।
आइतबार प्रस्तुत कार्यसूची उपर छलफलबाट खेलकुद पूर्वाधारको निर्माण,व्यवस्थापन र सञ्चालनको लागि सङ्घ,प्रदेश र स्थानीय तहमा वर्गीकरण गरी स्वामित्व हस्तान्तरणको लागि प्रदेश सरकारसँग समन्वय गर्ने र खेलकुद पूर्वाधार वर्गीकरण समितिले पेस गरेको प्रतिवेदन स्वीकृत भएपछि कार्यान्वयनका लागि तीनै तहमा लेखि पठाउने निर्णय गरेको बताइएको छ ।
मन्त्रालय अन्तर्गतका राष्ट्रिय खेलकुद परिषद्,राष्ट्रिय युवा परिषद्,नेपाल स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई सङ्घीयता अनुकूल हुने गरी शासकीय प्रबन्ध मिलाउने अर्को निर्णय बैठकले गरेको छ ।
राष्ट्रिय युवा नीति÷राष्ट्रिय खेलकुद नीतिको मस्यौदामा प्रदेश स्तरबाट प्राप्त सुझाव समावेश गरी अन्तिम रूप दिने भएको छ।य...









