ताजा अपडेट

काठमाडौंको बत्तिसपुतलीमा एक युवकको हत्या,चारजना पक्राउ

काठमाडौंको बत्तिसपुतलीमा एक युवकको हत्या,चारजना पक्राउ

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ। मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिएका छन्।साथै धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।...
बर्दघाट नगरपालिकाको उर्दि : राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु

बर्दघाट नगरपालिकाको उर्दि : राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु

ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार, स्वास्थ्य
नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने उर्दी जारी गरेको छ। नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो उर्दीसहित अभियान सञ्चालन गरेको हो। आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्ने र सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमार्फत नै प्राथमिकतामा समेटिन नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताएका छन् । ‘जनसङ्ख्या,भूगोल,उत्पादन,कर संकलनको अवस्थालगायत मापदण्डका आधारमा ‘वडालाई स्वायत्त बनाइने गरी थप १० करोड रकम विनियोजन गरिने व छ।’ नगरप्रमुख श्रेष्ठले भने। नगरप्रमुख श्रेष्ठका अनुसार हाल नगरपालिका क्षेत्रका ३७ वटा सामुदायिक विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन्।...
रोटरी क्लब अफ काठमाडौं नर्थले ग¥यो २० जना छात्राहरुको पठनपाठनमा सहयोग

रोटरी क्लब अफ काठमाडौं नर्थले ग¥यो २० जना छात्राहरुको पठनपाठनमा सहयोग

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) काठमाडौं । रोटरी क्लब अफ काठमाडौं नर्थले यस शैक्षिक सत्रमा पनि २० जना छात्राहरुलाई उनीहरुको पठनपाठनमा सहयोग गरेको छ। क्लबले शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका,१ विरुवामा अवस्थित श्री कुलमाया भगवती माध्यामिक विद्यालयमा एक कार्यक्रमको आयोेजना गरि सोहि स्कुलको कक्षा २ देखि कक्षा ६ सम्म अध्यनरत गरिब तथा जेहेन्दार छात्राहरुलाई सहयोग गरेको अध्यक्ष सुवास घिमिरेले जानकारी दिए । निजी स्वार्थभन्दा माथि उठेर सामाजिक सेवा गर्ने रोटरीको मुल मन्त्रलाई आत्मसात् गर्दै सामाजिक विकासका विभिन्न क्षेत्रमा सक्रिय रोटरी क्लब अफ काठमाडौं नर्थले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट–३२९२ नेपाल–भुटानले तय गरेको विभिन्न सात कार्य क्षेत्रमध्ये शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाई छ । अध्यक्ष घिमिरेका अनुसार रोटरीको सोही सिद्धान्त र रणनीतिका आधारमा क्लबले ‘गल्स...
ओलीको प्रश्न –राष्ट्रपति निवासमा कस्ता मान्छे गुँड लगाएर बसेका छन् ?

ओलीको प्रश्न –राष्ट्रपति निवासमा कस्ता मान्छे गुँड लगाएर बसेका छन् ?

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सय रुपैंयाँको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयका विरुद्धमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्। शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवी नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रति प्रश्न गरेका छन् । यस विषयमा राष्ट्रपति पोडेल स्वयं र प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग राख्दैउनले संसदको बैठकमा सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।नेपालले राष्ट्रिय हित विपरित बोलेको भन्दै उनले राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै प्र...
फेक अकाउन्ट बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

फेक अकाउन्ट बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । सामाजिक सञ्जालमा सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्‍यूरोले मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्‍ने २४ वर्षी फुर्साङ रूम्बालाई जडिबुटीबाट पक्राउ गरेको हो ।पक्राउ परेका फुर्साङलाई विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जालको दुरूपयोग गरी फेक अकाउन्ट बनाएर पीडित महिलाहरूका सामाजिक सञ्जालमा गोप्य अङ्गहरुको फोटो र भिडियो पठाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ।...
नेपाली कांग्रेसको अवरोधपश्चात प्रतिनिधि सभाको बैठक स्थगन

नेपाली कांग्रेसको अवरोधपश्चात प्रतिनिधि सभाको बैठक स्थगन

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसको अवरोध पश्चात प्रतिनिधि सभाको बैठक स्थगन भएको छ ।सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएको थियो । त्यसपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएका थिए । तत्पश्चात अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गरेका थिए।सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेपछि कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरे । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग गरेको छ। दोस्रो बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिए।सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्...
आज अक्षय तृतीया अर्थात जौंको सातु खाने दिन,बृद्धवृद्धालाई छाता र लौरो दान गरे पुण्य प्राप्त हुने जनविश्वास

आज अक्षय तृतीया अर्थात जौंको सातु खाने दिन,बृद्धवृद्धालाई छाता र लौरो दान गरे पुण्य प्राप्त हुने जनविश्वास

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया हुन्।‘अक्षय’भन्नाले अमर हुनु भन्ने बुझिन्छ ।यस दिन जे पनि गरिन्छ त्यो सदा कायम रहन्छ भन्ने विश्वास छ।  यस दिनलाई नेपाली समाजमा जौंको सातु खाने दिन भनेर पनि चिन्ने गरिन्छ । सनातन धर्मावलम्बीका लागि यो दिनले विशेष अर्थ राख्दछ ।मानिसहरुले धन समृद्धि,स्वास्थ्य र सुख प्राप्त गर्न यस अवसरमा विभिन्न उपायहरु अपनाउँछन् ।यस दिन भगवानका छैंटौं अवतार परशुरामको जन्म भएको हुँदा यस दिनलाई अमर,अपराजित,सत्यवादी,कला र कौशलताले निपूर्ण परशुरामको कृपाले जीवनमा सत्य अनि कला कौशलताको विकास होस् भनेर चिरञ्जीवी तिथिका रुपमा पनि मनाउने चलन छ । यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने,ब्रह्मा,विष्णु,महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणम...
नवीकरणको शुल्क बुझाएपछि नेपाल टेलिकमलाई अनुमति दिन प्राधिकरणलाई सरकारको निर्देशन

नवीकरणको शुल्क बुझाएपछि नेपाल टेलिकमलाई अनुमति दिन प्राधिकरणलाई सरकारको निर्देशन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं।नेपाल टेलिकमले नवीकरणको सम्पूर्ण शुल्क बुझाएपछि सरकारले नयाँ अनुमपति पत्र प्रदान गर्न निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय बमोजिम टेलिकमलाई नयाँ अनुमति प्रदान गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।टेलिकमको लाइसेन्सको २५ वर्षे अवधि सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन निर्देशन गरेको हो । नेपाल टेलिकमले २०५६ वैसाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमति पत्र लिएको थियो । दूरसञ्चार ऐन २०५३ को दफा २५का अनुसार टेलिकमको अवधि वैशाख २८ अर्थात शुक्रबार सम्म मात्रै छ । टेलिकमले नवीकरणका लागि बुझाउन बाँकी रहेको १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ नियामक प्राधिकरणको खातामा एकमुष्ट जम्मा गरिसकेको जनाएको छ ।...
औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक कमलबहादुर विकसहित चार जना पक्राउ

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक कमलबहादुर विकसहित चार जना पक्राउ

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
लुम्बिनी। बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक कमलबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित कालिकापथमा मेडिकलको नक्कली नाम(बैदवार फार्मेसी ) राखेर लागूऔषधको रूपमा औषधिको कारोबार गर्दै आएका मेडिकल सञ्चालक विक अछामको तुर्माखाँद गाउँपालिका–८ का हन् ।भने अन्य तीन जनामा स्याङ्जा जिल्ला, वालिङ् नगरपालिका–१३ बस्ने वर्ष २१ को ओम प्रकाश गैरे, रुपन्देही देवदह नगरपालिका–७ बस्ने वर्ष २९ का  किरण दर्जी र बुटवल उपमहानगरपालिका–२ बस्ने वर्ष ३० का  मनिस विक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेका विकले मान्यताप्राप्त चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री वितरण गर्न नहुने औषधि बिक्रिवितरण गरेको पाइएको छ।प्रहरीका अनुसार विकले बुटवल उपमहानगरपालिका–८ मा दर्ता रहेको डिस्क...
दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल

दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्ने बताएका छन्। बिहीवार प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्ने आवश्यक्ता औंल्याएका हुन् । विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगराउँदासम्म क्यालेण्डर प्रणाली लागू गर्न गाह्रो हुने उनले स्पष्ट पारे ।‘हामी परीक्षा लिन्छौँ तर नतिजा महिनौँ ननिस्किएको कुरा सत्य हो‚ परीक्षा सुधार्न मेरो टिम लागिराखेको छ। परीक्षा क्यालेण्डर बनाउने,परीक्षा सुधार्ने र समयमा रिजल्ट निकाल्ने हाम्रो पहिलो प्राथमिकता भएको हुनाले अब आउने एक वर्षभित्रमा क्यालेण्डर लागू गर्ने र परीक्षा समयमै गर्ने हाम्रो योजना छ।’उनले भने। हरेक दलको विद्यार्थी,कर्मचारी र प्राध्यापक...