त्रिविमा सङ्घीयता अनुरूप पुनःसंरचना गरिदै
काठमाडौं।त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ।विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा. डा. केशरजङ्ग बरालको सोधपत्र बमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो ।
विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ ।त्रिविका रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी,स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक,प्रशासनिक,आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताएका छन् ।
विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्रा. डा. बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा. डा. खड्ग केसी र रजिष्ट्रारमा डा. रिजाल नियुक्त भएका थिए।...









