ताजा अपडेट

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।जसका कारण देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहि केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज बुधबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ।देशको पहाडी भूभागको थोरै स्थानमा चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।साथै तराईका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।त्यस्तै उता राति पनि देशभर मौसम आंशिकदेखि साधरणतया बदली रहनेछ। महाशाखाका अनुसार बागमती,गण्डकी,लुम्बिनी,कोशी र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र...
भृकुटीमण्डपमा यामाहाको ‘महाएक्सचेन्ज मेला २०८१’

भृकुटीमण्डपमा यामाहाको ‘महाएक्सचेन्ज मेला २०८१’

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं।एमएडब्लू राइड्स प्रालिले यामाहा काठमाडौको भृकुटी मण्डपमा ‘महाएक्सचेन्ज मेला २०८१’ शुभारम्भ गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको यस मेला वर्षकै सबैभन्दा ठूलो मेला भएको कम्पनीले जनाएको छ,नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालका अनुसार यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले आफ्नो सवारी अपग्रेड गर्ने अवसरसमेत प्राप्त गर्नेछन्। सहभागीहरूले आफ्नो ब्रान्ड–न्यु यामाहा बाइकको खरिदमा एक लाख रूपैयाँसम्मको ग्यारेन्टी नगद छुट प्राप्त गर्न सक्ने बताइएको छ।साथै जुनसुकै ब्रान्डका पुराना मोटरसाइकलको ट्रेड–इनका लागि अधिकतम मूल्य सुनिश्चित गर्दै एक लाख रुपैयाँसम्मको अतिरिक्त मूल्याङ्कन  प्रदान गरिने भनिएको छ।  मेलामा सहभागीहरूले निःशुल्क बाइक हेल्थ कार्डबाट आफ्नो नयाँ सवारी राम्रो अवस्थामा रहेक...
यी तीन प्रदेशमा वर्षाको सम्भावना

यी तीन प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ। कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। उता आज राती पनि देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ । साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।भने, देशका उच्च पहाडी तथा हिमाल...
महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल हुन्न : अर्थमन्त्री

महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल हुन्न : अर्थमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने भन्दै अर्थमन्त्री वर्षमान पुनले बढीभन्दा बढी महिलालाई उद्यमी बनाउने उपाय अवलम्बन गर्न थालिएको बताएका छन्। सोमबार मन्त्रालयमा महिला उद्यमीसँगको छलफल तथा अन्तरक्रियामा उनले बढीभन्दा बढी महिलालाई उद्यमी बनाउने उपायबारे आफूलाई सुझाव दिन आग्रह पनि गरेका छन्।साथै उनले बजेट निर्माणमा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्था गर्ने समेत बताएका छन्। मन्त्री पुनले महिलाका नाममा घरजग्गा पास गर्दा घरजग्गा रजिस्ट्रेसनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको बताए।२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था भएको उनको भनाइ छ । पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था भएको तर महिलाको हातमा सम्पत्ति कमैमात्र हुने भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै...
नेपाल कृषि अनुसन्धान परिषद्मा ४६ प्रतिशत दरबन्दी रिक्त

नेपाल कृषि अनुसन्धान परिषद्मा ४६ प्रतिशत दरबन्दी रिक्त

कृषि, ताजा अपडेट, समाचार
काठमाडौं।नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)मा ४६ प्रतिशत दरबन्दी रिक्त रहेको पाइएको छ । नार्कको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित ललितपुरमा आयोजित‘ पत्रकार—वैज्ञानिक अन्तरक्रिया ’ कार्यक्रममा १ हजार ८२३ दरबन्दी मध्ये करिब ४६ प्रतिशत पदहरू रिक्त भएको जानकारी गराइएको हो।नेपालभन्दा राम्रो अवसर पाएर विदेश पलायन हुने,अवकाश हुने गरेकाले दरबन्दी रिक्त भएको बताइएको छ। साथै २०५४ सालपछि एक पटकबाहेक पदपूर्ति नखुलेका कारण पनि यसो भएको बताइएको छ।दरबन्दीमध्ये वैज्ञानिक ४१३ र प्राविधिक अधिकृत ३३३ रिक्त छ । हाल भइरहेको पदपूर्ति कार्यबाट वैज्ञानिक पदमा १० प्रतिशत र प्राविधिक अधिकृत पदमा १९ प्रतिशत गरी जम्मा १५ प्रतिशत कर्मचारी थप हुने अपेक्षा गरिएको नार्कको भनाई छ। नार्कले बाली तथा पशुपन्छीका जातीय तथा नस्ल विकास,कृषि प्रविधि विकास,स्रोत सामाग्री उत्पादन,जैविक विविधता संरक्षण,सामाजिक–आर्थिक तथा ...
नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

ताजा अपडेट, राजनीति, समाचार
पोखरा ।गण्डकी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेबाट मन्त्री नियुक्त भएका सीता सुन्दास र वेदबहादुर गुरुङले सोमबार दिउँसो प्रमुख डिल्लीराज भट्टबाट सो शपथ लिएका हुन् । सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र गुरुङले ऊर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  ...
कपिलवस्तु मालपोतका सुब्बा घुस लिँदै गर्दा रंगेहात पक्राउ

कपिलवस्तु मालपोतका सुब्बा घुस लिँदै गर्दा रंगेहात पक्राउ

ताजा अपडेट, ब्यानर-१, समाचार
रुपन्देही।सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल रंगेहात पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धानआयोग बुटवल कार्यालयको टोलीले सोमबार घुस रकमसहित पक्राउ गरेको हो ।खनाललाई ३० हजार नगद घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ । नायब सुब्बा जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद घुस लिँदैगर्दा पक्राउ परेका हुन् । प्रवक्ता घिमिरेका अनुसार खनाललाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।...
सम्बन्धविच्छेद मुद्दाको पेसी लिन आएका श्रीमानले अदालतभित्रै श्रीमती कुटे

सम्बन्धविच्छेद मुद्दाको पेसी लिन आएका श्रीमानले अदालतभित्रै श्रीमती कुटे

ताजा अपडेट, समाचार, स्वास्थ्य
गुल्मी। गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दाको पेसी लिन आएका श्रीमानले अदालतभित्रै श्रीमती कुटेका छन्।सोमबार गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका,३ हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन् । न्यायाधीशले सोमबार आदेश वा फैसला गर्ने कार्यतालिका रहेको हुँदा उनिहरु न्यायाधीश कहाँ जान क्रममा अदालतको श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले बताएका छन् ।  कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ ।भने,दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ६ वर्षअघि विवाह भएका उनीहरुको २०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो।...
रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्ने कार्यतालिका छ । यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा बैठक केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका आगामी रणनीति लगायतका अन्य थुप्रै विषयमा छलफल हुने उनको भनाई छ । बैठकले पार्टी सभापति रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै कांग्रेसले छानबिन गर्न संसदीय समितिको माग राखेर अघिल्लो अधिवेशनमा सदनमा अवरोध गर्दै आएको र समिति नबने बजेट यो अधिवेशन पनि चल्न नदिने बताएको  विषयमा पनि छलफल हुने सहमहामन्त्री बुर्लाकोटीले बताएका छन् ।  ...
गायिका ज्योति मगरमाथि ढुंगा प्रहार

गायिका ज्योति मगरमाथि ढुंगा प्रहार

कला, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
सुर्खेत । जुम्ला महोत्सवमा गायिका ज्योति मगरमाथि ढुंगा प्रहार भएको छ । ।गत शनिबार उनले प्रस्तुति दिने क्रममा स्टेजमा ढुंगा प्रहार भएको हो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको महोत्सवमा हजारौ दर्शक मगरको प्रस्तुतिमा रमाइरहेका थिए ।उनको पहिरन पनि सधैं जस्तै भड्किलो थियो। दर्शक दीर्घामा रहेका केही युवा रक्सीले मातेका थिए ।ज्योतिको प्रस्तुति र हाउभाउले उनीहरुले होस गुमाएपछि केही युवाले भुईंबाट ढुङ्गा र माटो टिपेर स्टेजमा प्रहार गरेको बताइएको छ।ज्योति मगरलाई भने ढुङ्गा लागेन । उनीहरुले अपशब्द प्रयोग गर्दै ज्योतिलाई गालीगलौचसमेत गरेका थिए ।उक्त माहोललाई रोक्न साउण्ड सिस्टम केही समय बन्द गरिएको थियो।त्यसपछि ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा लगिएको बताइएको  छ। समाजिक सञ्जालमा गायिका मगरको आलोचना भइरहेको छ।उनको पहिरनमा धेरैले...