ताजा अपडेट

बिहीबारदेखि सुरु हुने श्रमाधान मेलाको उद्घाटन प्रधानमन्त्रीले गर्ने

बिहीबारदेखि सुरु हुने श्रमाधान मेलाको उद्घाटन प्रधानमन्त्रीले गर्ने

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । बिहीबारदेखि काठमाडौंमा श्रमाधान मेला सुरु हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेला सुरू गर्ने मेलालाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । देशका सातैवटा प्रदेशमा हुने मेला दुई–दुई दिन सञ्चालन हुनेछ । जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सम्पन्न हुने मेलाको सम्पूर्ण तयारी भएको मन्त्रालयका प्रवक्ता एवम् सह सचिव गोविन्द्र प्रसाद रिजालले जानकारी दिए। युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजानु रहेको रिजालले बताए। उनका अनुसार मेलाले समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’को महत्त्वपूर्ण भूमिका रहनेछ ।...
सिरोहियालाई एयर लिफ्टमार्फत काठमाडौं ल्याउने तयारी

सिरोहियालाई एयर लिफ्टमार्फत काठमाडौं ल्याउने तयारी

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि धनुषाको जनकपुरस्थित काब्या अस्पतालमा उपचाररत उनलाई एयर लिफ्टमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो । उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । सो अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो । सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए । सिरोहियालाई काठमाडौँ ल्याउनका लागि आवश्यक पत्र तयारी भइरहेको र केही समयमा काठमाडौँ ल्याइने परिवारले जनाएको छ । उनलाई कुन अस्पतालमा राख्ने भन्ने परिवार स्रोतले खुलाएको छैन । जिल्ला अदालत धनुषाले उनलाई तीन पटक तीनतीन दिन म्याद थप गर...
सिरोहियालाई थप ३ दिन थुनामा राख्न अदालतको आदेश

सिरोहियालाई थप ३ दिन थुनामा राख्न अदालतको आदेश

ताजा अपडेट
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । यही जेठ ८ गते नागरिकता किर्ते अभियोगमा पक्राउ परेका सिरोहियालाई जिल्ला अदालत धनुषाले हिजो साँझ तेस्रो पटक तीन दिनको म्याद थपेको हो । यसअघि पनि सिरोहियालाई अदालतले ३/३ दिनको म्याद थपेको थियो ।...
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि नेपालमा रेमल चक्रवातको प्रभाव कायम नै छ । जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...

महालेखाले औंल्यायो बन्चरेडाँडा ल्याण्डफिल्डका पाँच कमजोरी

ताजा अपडेट, समाचार
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बन्चरेडाँडा ल्याण्डफिल्डका पाँच कमजोरी औंल्याएको छ । महालेखा परीक्षकको ६१ औं प्रतिवेदनले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं महानगरले गरेका पाँच कमजोरी औंल्याएको हो। धादिङको धुनिबेँसी नगरपालिका वडा नम्बर १ मा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकासहित उपत्यका आसपासका २१ वटा स्थानीय तहले फोहोर विसर्जन गर्दै आएका छन्। भक्तपुर नगरपालिका मात्रैको फोहोर त्यहाँ बञ्चरेडाँडा जाँदैन। बञ्चरेडाँडा ल्यान्डफिल साइट व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकाले लिँदै आएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनको कार्यविधि पनि बनेको छ। तर कार्यविधि अनुसार काम नभएको महालेखाले औंल्याएको हो। कार्यविधिमा फोहोर तौल गर्ने स्थानमा फोहोरसँग जोखिमयुक्त रेडियोधर्मी फोहोरहरू रहे–नरहेको जाँच गर्ने, विसर्जनको लागि ल्याइएको फोहोरको तौल लिई अभिलेख रा...

समाजवादी प्रेस संगठनले गर्याे पत्रकार महासंघमा तालाबन्दी

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले आजनेपाल पत्रकार महासंघको सञ्चारग्राम, सिनामंगलस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघको निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात गैरपत्रकारका नाम थप्दै निर्वाचन समितिलाई बुझाउने तयारी भइरहेको भन्दै संगठनले तालाबन्दी गरेको हो । गठनका अध्यक्ष विश्वमणि सुवेदीका अनुुसार सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुङ्गो लगाएका नाममा रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको थियो । सुवेदीले तालाबन्दीअघि आफ्नो संगठनका सदस्यका नाम हटाउँदै प्रेस चौतारीको नाम हाल्ने काममा प्रेस सेन्टरसम्बद्ध महासंघका महासचिवको साँठगाँठ रहेको आरोप लगाए । पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हु...

टोखामा आगलागी : एक जनाको मृत्यु

ताजा अपडेट, समाचार
काठमाडौं । टोखा नगरपालिका १० बानियाँटार हाटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बानियाँटार हाइटस्थितस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा आगलागी हुँदा भाडामा बस्ने कालिञ्चोक गाउँपालिका २ का २१ वर्षीय किरण बुढाथोकीको जलेर मृत्यु भएको प्रहरीले बताएको छ । गएराति किरणको कोठामा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका उनको त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै आगलागीबाट करिब १५ लाख रूपैयाँ बराबरको धनमा क्षति भएको छ। आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सयले बढेको हो । आज सुन प्रतितोला एक लाख ३७ हजार दुई सयमा कारोबार भइरहेको महासंघले बताएको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० मा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज चाँदीको मूल्य पनि २५ रुपैंयाले बढेको छ । आइतबार प्रतितोला १८ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय ८० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।...

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
मनिषा गुरुङ काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’को नयाँ ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ।१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुनः प्रर्दशन गर्न लागेको हो। चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन।ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन।भने,सुनील पोखरेल,सौगात मल्ल,दयाहाङ राई,विपिन कार्की जस्ता अहिलेका सुपरस्टार कालाकारहरुलाई समेत देख्न सकिन्छ । रोशन राई निर्माता रहेको यस फिल्ममा प्...

नेपालमा रेमल चक्रवातको अप्रत्यक्ष असर सुरु

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपालमा रेमल चक्रवातको अप्रत्यक्ष असर देखिन थालेको छ । नेपालको पूर्वीं भागमा बंगालको खाडीबाट उत्पन्न चक्रवातको असर सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका मोरङ, झापा लगायतका जिल्लामा मौसम बदली भई वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरुको दावी छ । महाशाखाका अनुसार रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव पर्ने छ । यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने बताइएको छ ।...