ताजा अपडेट

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को बजेट (पूर्णपाठसहित)

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।सरकारले आर्थिक वर्ष २०८१ /०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सो बजेट सार्वजनिक गरेका हुन्।यस वर्षको बजेटमा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात कुल बजेटको १८.९४ प्रतिशत विनियोजन भएको छ।भने,वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात कुल बजेटको १९.७४ प्रतिशत विनियोजन भएको  छ।  बजेटमा उद्देश्य,प्राथमिकता र आर्थिक सुधारका रणनीति र रुपान्तरणकारी क्षेत्रका कार्यक्रमका लागि सबैमा पाँच/पाँच वटा कार्यक्रम तय गरिएको अर्थमन्त्री पुनको भनाई छ।बजेटका पाँच उद्देश्यमा उत्पादन,उत्पादकत्व र रोजगारी वृद्धि,निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,मानव संशोधन...

डन्डिबियो र बाघचाललाई प्रवर्द्धन गरिने,राष्ट्रियस्तरका ८० प्रतियोगिता आयोजना हुने

अर्थतन्त्र, ताजा अपडेट, राजनीति
काठमाडौं।सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ डन्डिबियो र बाघचाललाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ। योसँगै सरकारले राष्ट्रियस्तरका ८० प्रतियोगिता आयोजना गर्नेसमेत उल्लेख गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले मंगलबा र संसदमा बजेट भाषण गर्दै सबैका लागि खेलकुदको अवसर सिर्जना गरिने यस खेलमा महिलाको पहुँच बढाइने बताएका हुन्। खेलकुदको आधारभूत तालिमको व्यवस्था,एसियाली र दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी,खेलकुदमा उत्कृष्ट नतिजा निकाल्ने खेलाडीलाई प्रोत्साहन गर्ने जस्ता घोषणा गरिएको छ। नेपालको परम्परागत खेलको रुपमा रहेको डन्डिबियो,बागचाल, घोडचरी जस्ता खेललाई प्रवर्द्धन घोषणा गरिएको छ ।...

बजेटमा प्रधानमन्त्री छोरी : १० करोड विनियोजन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, शिक्षा
काठमाडौं ।सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को लागि १० करोड बजेट विनियोजन गरेको छ। बजेट वक्तव्यमार्फत छोरीलाई शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न यो कार्यक्रमको उल्लेख गरिएको छ। आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने बताएका छन्।साथै सरकारले आगामी आवमा युवा महिला राष्ट्रिय सम्मेलन गर्ने योजना तय गरेको छ। मन्त्री पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रूपमा मनाउने पनि बताएका छन्। ...
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र हो : एमाले अध्यक्ष ओली

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र हो : एमाले अध्यक्ष ओली

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र भएको बताएका छन्। १७ औं गणतन्त्र दिवसका अवसरमा मंगलवार शुभकामना सन्देश दिँदै उनले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा यो दिवस मनाइने स्पष्ट पारेका हुन्।  अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्,‘आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ।कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौँ,तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन।’ ‘गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ ।जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफै गलत छ।हामीले अधिकार पाएका छौँ।सँगसँगै कर्तव्य पनि नभुलौँ।’उनले भनेका छन्। ...

सीता दाहाल मेमोरियल कलेज स्थापना हुने

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, शिक्षा, स्वास्थ्य
काठमाडौं।सरकारले काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । आज मंगलवार अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालकी स्व.धर्मपत्नीका नाममा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने बताएका हुन् । उनले सिता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथि यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी दिएका छन्। ...

सूचना प्रविधितर्फ बजेट : बहुतले संरचनादेखि ‘ज्ञान पार्क’ सम्म

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं ।नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्न सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने घोषणा गरेको छ। आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात हुने व्यवस्था मिलाइनुका साथै सूचना प्रविधिमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ। साथै उच्च गतिको इन्टरनेट,विद्युत,सुरक्षा लगायतको पूर्वाधारसहित सूचना प्रविधि पार्क सन्चालनको काम अगाडि बढाउने सरकारले घोषणा गरेको छ।यस्तो पार्कमा तीन वर्षका लागि वर्क स्टेसन सन्चालन गर्न निःशुल्क स्थान उपलब्ध गराइने बताइएको छ। सार्वजनिक,निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हबको लागि काठमाडौंको डिल्लीबजार स्थित चारखालमा बहुतले संरचना निर्माण गरिने अर्थमन्त्री पुनले बताए।सरकारले ललितपुरको खुमलटारमा ‘ज्ञान पार्क’ स्थापना गर्न १७ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै सरकारले सूचना प्रवि...

‘साथीबाट सिक्ने र साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन हुने

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष ÷आव २०८१÷०८२ मा ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। मंलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस प्रकारको कार्यक्रम लागू गर्ने घोषणा गरेका हुन्।  त्यस्तैगरी सरकारले यो आवमा विद्यालय शिक्षादेखि नै आफ्नो रुची अनुरुप पेशा छनोट गर्न करियर काउन्सीलिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ।...

सहकारी ठगी प्रकरण छानबिनका लागि ७ संसदीय समिति

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं।सहकारी ठगी प्रकरण छानबिनका लागि ७ सदस्यीय संसदीय समिति बनेको छ। समितिमा एमाले रकांग्रेसबाट २÷२ जना र अन्य दलबाट १ ÷१ जना रहने जनाइएको छ। संसद सचिवालयले जनाए अनुसार कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र इश्वरी न्यौपाने,एमालेबाट सूर्य थापा र सरिता भुसाल,माओवादीबाट लेखनाथ दाहाल,राप्रपाबाट ध्रुवबहादुर प्रधान र रास्वपाबाट शिशिर खनाल सदस्य रहनेछन्।  सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने पनि बजेटमा उल्लेख गरेको छ।    ...

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन,कक्षा ६ देखि नै छात्रवृत्ति,छात्रवृत्तिका लागि ६० करोड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौ। सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको बताएका हुन् ।यस्तै सरकारले छात्रवृत्तिका लागि ६० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण प्रस्तुत गर्दै विद्यालय तहमा प्रदान गरिने सबै प्रकारका छात्रवृत्तिका लागि ६० करोड विनियोजन गरेको बताएका हुन् । अतिविपिन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ६ देखि कक्षा १२ सम्म नै छात्रवृत्ति प्रदान गर्ने भएको छ।हाल कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रदान गरिँदै आएको थियो।यसलाई विस्तार गरेर कक्षा ६ देखि नै बनाइएको हो।...

एक वडा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने,सहुलियत उपचारका लागि पनि बजेट छुट्टाइयो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं। सरकारले एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ। आज मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷०८२को बजेट मार्फत एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन्।उनले एक वडा एक आधारभूत स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि १४ अर्ब ४१ करोड विनियोजन भएको उल्लेख गरेका छ। यस्तै सरकारले सरकारले सहुलियत उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ।आगामी आव२०८१÷०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर,मृगौला,अल्जइमर्स,स्पाइनल इन्जुरी,हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो। सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ। ...