ताजा अपडेट

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । पर्यटकको संख्या बढ्दै गएपछि अब पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पहिले शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्दै आइएको उनले बताए । उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ। पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’...

नक्कली नोटसहित चार जना पक्राउ

ताजा अपडेट, समाचार
बारा । बारामा नक्कली नोटसहित चार जना पक्राउ परेका छन्। १३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेमा तीन जना नेपाली र एक जना भारतीय नागरिक छन् । नक्कली नोटको कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। सिम्रौनगढ नगरपालिका वडा नं.९ कचोर्वा, सानो बसवरीया र ठूलो बसवरीयाबाट चार जनालाई पक्राउ गरेको हो। कोल्हवी नगरका २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी र रौतहटका १९ वर्षीय मोहनकुमार साहलाई सोमबार पक्राउ गरेको थियो। उनीहरूबाट भारतीय नम्बर प्लेट बिआर ०६ए डब्लयु २७५८ नम्बरको मोटरसाइकलसहित ७ लाख ७ हजार बराबरको नक्कली नोट फेला परेको थियो। पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान गरी प्रहरीले भारतको विहार मोतिहारीका ४० वर्षीय...

तीन वर्षमा चार हजार श्रमिकले ज्यान गुमाए

ताजा अपडेट, समाचार
काठमाडौं । बितेको तीन वर्षमा वैदेशिक रोजगारीका क्रममा चार हजार नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ जना नेपाली श्रमिकको मृत्यु भएको हो । बोर्डका अनुसार अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८र७९ को तुलनामा २०७९/८० मा एक प्रतिशत घटेको छ । त्यस्तो अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ । मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम...
दाङको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना घाइते

दाङको चिसापानीमा बस दुर्घटना हुँदा २५ जना घाइते

ताजा अपडेट, समाचार
दाङ । दाङको गढवा–कोइलाबास सडक खण्ड गढवा गाउँपालिकामा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवा जानकारी दिएको छ । गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको र उनीहरुको अवस्था सामान्य रहेको जानकारी दिइन् । घटनाका विषयमा छानबीन भइरहेको प्रहरीले जनाएको छ ।...
बालकृण्णको “ त्रिनेत्र” विमोचन

बालकृण्णको “ त्रिनेत्र” विमोचन

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, साहित्य
सीता पौडेल(अर्चना) काठमाडौं। साहित्यकार बालकृण्ण सुवेदीको  “ त्रिनेत्र” पुस्तक सार्वजनिक भएको छ। मंगलबार मन्जुश्री साहित्य समाजको आयोजनामा काठमाडौंको नागार्जुन–१मा अवस्थित रानीवन पार्टी प्यालेसको सभाहलमा एक कार्यक्रमकाबीच  उक्त पुस्तकको विमोचन भएको थियो। साहित्यकार एवम् प्रोफेसर ढाकाराम साप्कोटा,साहित्यकार तथा वरिष्ठ पत्रकार रामसिंह बस्नेत, समाजका अध्यक्ष डा.बमबहादुर थापा ‘जिताली’,समाजकी सल्लाहकार साहित्यकार तथा पूर्वप्रोफेसर वीणा पौड्याल,साहित्यकार डा. अम्बिका अर्याल लगायतले सर्जक सुवेदीको उक्त पुस्तकको संयुक्त रूपमा विमोचन गरेका थिए। विमोचन समारोहमा विमोचित पुस्तकको समिक्षा गर्दै सामालोचक रामसिंह बस्नेतले यस पुस्तकमा नेपाली समाजमा चल्दै आएका उखान टुक्काहरुलाई कवितात्मक शैलिमा प्रस्तुत गरिएकाले निकै पठनीय साथै रोमाञ्चक पनि भएको बताए ।सामालोचक बस्नेतले करिब १७२ वटा उखान ट...

जनआक्रोश व्यवस्थाविरुद्धको आक्रोस होइन,बेथिति बसाल्न प्रण गरौँ : गगन थापा

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदलिन नसक्दा जनतामा निराशा र आक्रोश बढेको बताएका छन्। साथै महामन्त्री थापाले दोष व्यवस्थाको नभई व्यवस्था चलाउने पात्र र प्रवृत्तिको भएको उल्लेख गरेका छन्।उनले भनेका छन्, ‘२०६२र०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण।आज १७ औँ गणतन्त्र  व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ।दोष व्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृत्तिको हो।बदलिन र बदल्न, सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन्।आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ,थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौँ।’ उनले यही निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहँदै लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्...
एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
भरतपुर । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट पाठक अध्यक्षमा निर्वचित भएका हुन् । कूल खसेको ७२९ मतमध्ये पाठकले ६०६ मत प्राप्त गरेएका छन्।अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले जम्मा ९३ मत ल्याएका छन्।  आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट,सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला)मा मीनबहादुर परियार तथा उपसचिव(महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन्। विष्टले ४०४ मत ल्याउँदा उनका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मत ल्याएका छन्।  यस्तै ढुंगानाले ४६६ मत प्राप्त गरेका छन् ।तर उनका प्रतिष्पर्धी पदमपाणी सुवेदी २२१ मत आएको छ ।त्यसैगरी उपसचिव खुल्ला तर्फ मिन बहादुर परियार र महिलातर्फ ज्वाला पुरी (वन)विजयी भएका छन् । सदस्यहरु तर्फ जिल्ला खुल्ला महिलामा इश्वरी शर्मा (ढकाल),विमला लामा र अञ्जुदेवी शर्...
सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागिता हुनुपर्छ : राष्ट्रपति

सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागिता हुनुपर्छ : राष्ट्रपति

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक,सामाजिक,न्यायिक पहुँचलगायतका क्षेत्रमा महिलाको समान,अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउनुपर्ने बताएका छन्। छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताका लागि सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको बताएका हु्न्। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन् , ‘सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैंगिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु।’ विभिन्न नीतिगत र कार्यगत प्रयास हुँदाहुँदै पनि महिला सामाजिक,साँस्कृतिक, शैक्षिक, राजनीतिक एवं आर्थिकरूपमा पछाडि परेको भन्दै उनले यसलाई राज्यका सम्पूर्ण संयन्त्रले गम्भीररूपम...

एमालेले महिला भेला गरेर छैटौँ राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै,११ बजे कमलादिमा भेला गर्ने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ आज छैटौँ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाईँदै छ। यसै अवसरमा नेकपा (एमाले)ले सबै क्षेत्रमा महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिता रहनु पर्ने आवश्यक्ता औंल्याउँदै आज जेठ १६ र भोलि जेठ १७ गते दुई दिन राष्ट्रिय महिला भेला कार्यक्रमको आयोजना गरेको अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालले जानकारी दिएकी छिन्। उनका अनुसार आज बुधबार एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा काठमाडौंको कमलादि स्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको सभाहलमा  आयोजना हुने सो भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछन्।भने,एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ताका रुपमा रहेका छन्। राज्यका हरेक तह र तप्कामा महिलाको अर्थपूर्ण सहभागिताका लागि सामूहिक प्रयास हुनु जरूरी भएकाले महि...
आज ७१औँ सगरमाथा दिवस

आज ७१औँ सगरमाथा दिवस

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव भन्ने नाराका साथ आज ७१ औं सगरमाथा दिवस मनाईँदैछ।सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो।सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि  आरोहणमा पछिल्ला दुई दशकमा हिमाल स्वदेशी र विदेशीको आकर्षक गन्तव्य बनेको छ।पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन्। सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ।सगरमाथा वा हिमाल नेपालको एक गौरव र शान पनि हो।  ...