ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१५ भदौ,काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। महाशाखाका अनुसार अहिले बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा कोशी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ ।कोशी,बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। भने,गण्...
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव

नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव

जीवनशैली, ताजा अपडेट, राजनीति, समाचार
२७ साउन,काठमाडौं ।नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा दश वटा समूहमा २५ जना सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन्। दर्ता गरिएको संशोधन प्रस्तावले विधेयकमा समावेश अस्पष्ट प्रावधानहरू सच्याउने अपेक्षा गरिएको छ। विधायन व्यवस्थापन समितिले सोमवारदेखि विधेयकमाथि छलफल थालेको छ। विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोवास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्नसक्ने’ व्यवस्था राखिएको छ। त्यस्तै, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्थ...
तोलामा १३ सयले घट्यो सुन

तोलामा १३ सयले घट्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२७ साउन,काठमाडौं । : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य एकै दिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी,चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार १ तोला चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।...
एनएमबी बैंकको नाफा ४६ प्रतिशत बढ्यो,लाभांश क्षमता १० प्रतिशत

एनएमबी बैंकको नाफा ४६ प्रतिशत बढ्यो,लाभांश क्षमता १० प्रतिशत

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२
२७ साउन,काठमाडौं ।एनएमबी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ११ प्रतिशत बढ्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नुले नाफामा योगदान पुगेको बैंकको भनाई छ । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब २१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २ करोड रुपैयाँ छ ।त्यस्तै इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३ करोड रुपैयाँ रहेकोमा गत आवमा ९५ करोड रुपैयाँ छ । नाफामा उल्लेख्य वृद्धि देखिएको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ ।प्रतिसेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ हो । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ । निष्क्रिय कर्जा सामान्य बढ...
युवामा सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउन सकिन्छ :  प्रधानमन्त्री ओली

युवामा सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, समाचार
२७ साउन,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिएका हुन् । “आज अन्तर्राष्ट्रिय युवा दिवस । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा गर्‍यो ।पहिलोपटक सन् २००० मा युवा दिवस मनाइएको थियो ।यसले युवालाई सामाजिक,आर्थिक,सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्। उनले फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा,सृजनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गरे ।उनले भने “हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ ।” आज नेपालसहित विश्वभरि नै युवा दिवस मनाइँदै...
आज अन्तर्राष्ट्रिय युवा दिवस,नेपालमा विभिन्न कार्यक्रम गरि मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस,नेपालमा विभिन्न कार्यक्रम गरि मनाइँदै

ताजा अपडेट, ब्यानर-१, समाचार
२७ साउन, काठमाडौं । हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।‘दिगो विकास र सुनौलो भविश्यको सार ः स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको हो । राष्ट्रिय युवा परिषदको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको साताव्यापी कार्यक्रमको आज बिहान ११ बजेदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको र मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने कार्यक्रम छ । नेपालको संविधानमा उल्लेखित युवा सम्वन्धी व्यवस्थालाई कार्यान्वयन गर्न, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानून निर्माणमा पैरवी गर्न, युवालक्षित मुद्दाहरूका सवालमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सचेतना अभिवृद्धि गर्न उत्सवमय ढंगले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । सन् १९९८ को...
१७ नगरपालिकामध्येमा कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका,भयो सम्मानित

१७ नगरपालिकामध्येमा कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका,भयो सम्मानित

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२१ साउन,बागलुङ । विकास निर्माणमा उत्कृष्ट काम गरेको भन्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ । विश्व बैङ्कले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको रु ४८ करोड अनुदानबाट दुई वटा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्रे गरिएको थियो । तीन वटा सडकमध्ये दुई वटा सडकको काम सम्पन्न भएको र एउटा सडक कालोपत्रेको तयारी भइरहेको छ । उक्त अनुदानबाट एकै पटक १७ नगरपालिकामा विकास निर्माण भए पनि कार्यसम्पादनका आधारमा बागलुङ नगरपालिका सम्मानित भएको हो । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक वर्ष २०८१र८२ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सो नगरपालिकालाई सम्मान गरको हो । गत असारमा ठेक्का सम्झौता भएको सडक गत माघमै कालोपत्रे थालिएको र चैतसम्म दुई वटा सडक कालोपत्रे सम्पन्न गरिएको थियो भने एउटा सडक कालोपत्रेका लागि ग्राभेल भइसकेको छ । तीन प्रमुख सडक योजनाको सफलतापूर्वक सञ...
बागमती प्रदेशमा एमालेले टुङ्ग्यायो ६ मन्त्री,मुख्यमन्त्री बानियाँको शपथ ग्रहण ४ बजे

बागमती प्रदेशमा एमालेले टुङ्ग्यायो ६ मन्त्री,मुख्यमन्त्री बानियाँको शपथ ग्रहण ४ बजे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ साउन,मकवानपुर ।बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र शपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ। बानियाँसँगै नेकपा एमालेका तर्फबाट मन्त्रीले पनि आजै शपथ ग्रहण गर्ने छन्।एमालेका अधिकांश मन्त्रीहरू आजै नियुक्त भई शपथ लिने एक सांसदले जानकारी दिएका छन्। उनका अनुसार एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जना मन्त्री भने पुनः दोहोरिने र अन्य ५ जना नयाँलाई अवसर दिएको छ। एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ।स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर दोहोरिने भएका छन्। उनलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ भने जयराम थापालाई श्रम,रोजगार तथा यातायात मन्त्री,भरतबहादुर केसीलाई वन तथा ...
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२१ साउन,काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा पनि साधरणतया बदली रहेको छ । आज दिउँसो कोशी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा अधिकांश बदली रही बाँकी भू–भागमा साधरणतया बदली रहनेछ।लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।उता राति पनि देशभर साधरणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जना...
कक्षा १२ को नतिजा  प्रकाशन हुँदै

कक्षा १२ को नतिजा प्रकाशन हुँदै

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
१९ साउन,काठमाडौं ।कक्षा १२ को नतिजा आज सोमबार सार्वजिनक हुने भएको छ। बोर्ड स्रोतका अनुसार यसका लागि ‘हिजो आइतबार डेमो गरिएको थियो। क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो।तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो। गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।...