ताजा अपडेट

माबिलुङ इनर्जीको आईपीओ साउन २६ देखि खुल्ने तयारी

माबिलुङ इनर्जीको आईपीओ साउन २६ देखि खुल्ने तयारी

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
१९ साउन,काठमाडौं ।माबिलुङ इनर्जीले साउन २६ देखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जुन जारी पूँजीको ४८.९९ प्रतिशत हो ।वैदेशिक रोजगारमा रहेका,आयोजना प्रभावित तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो । सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । यसका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ कम्पनीले संखुवासभा जिल्लामा माथिल्लो पिलुवाखोला– ३  मा ४.९५ मेगावाट क्षमताको आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ...
बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन बन्दैन : मन्त्री चौरसिया

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन बन्दैन : मन्त्री चौरसिया

कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
१९ साउन,काठमाडौं । कानून,न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइने बताएका छन्। नेपाल महिला संघले मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन्। सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको उनले स्पष्ट पारे। साथै उनले यसमा पुरुष वा महिला जो कोही दोषी पाइए उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको जिकिर गरे। उनले आफ्ना पनि घरमा छोरीहरू रहेको भन्दै महिलालाई गाह्रो हुनेगरी कानून नबनाउने प्रतिवद्धता जनाए। शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ। गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानून बनाउन आवश्यक नरहेको भए सरकारले नबनाउने पनि उनले बताए। कानुनको मस्यौदा मन्त्रिपरिषद्क...
महिला सांसदको घाँटीबाटै सिक्री तानेर लुटेरा फरार

महिला सांसदको घाँटीबाटै सिक्री तानेर लुटेरा फरार

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
१९ साउन,नयाँ दिल्ली।भारतको राजधानी नयाँ दिल्लीको ‘भीआईपी’ एरियामा सोमबार एक महिला सांसदको घाँटीबाटै सुनको सिक्री तानेर लुटेरा फरार भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार लोकसभा सांसद आर सुधा सोमबार ‘मर्निङ वाक’ मा रहेको समयमा उक्त घटना भएको हो । उनले आफ्नो घाँटीबाट सिक्री तानेर लुटेराले लगेको बताएकी छन् ।लुटेरा स्कुटरमा आएको र उसले हेलमेटले अनुहार ढाकेका कारण आफूले पहिचान गर्न नसकेको उनको भनाइ छ। प्रतिकारका क्रममा आफूलाई विभिन्न ठाउँमा चोटसमेत लागेको पनि उनले उल्लेख गरेकी छिन् । घटना लगत्तै उनले गृहमन्त्री अमित शाहलाई पत्र लेखेर जानकारी गराएकी छन् ।उनले चाणक्यपुरीजस्तो दिल्लीको सुरक्षित क्षेत्रमा एक महिला सांसदमाथि यसप्रकारको घटना हुन्छ भने महिलाहरू कहाँ सुरक्षित हुन सक्छन् भनेर प्रश्नसमेत गरेकी छन्। दिल्ली प्रहरीले यसबारे अनुसन्धान थालेको जनाएको छ।समाचार स्रोत ः एजेन्सी ...
सुरु भयो लोथर–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना

सुरु भयो लोथर–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१८ साउन, चितवन ।चितवनको राप्ती नगरपालिका–१ लोथरदेखि बाराको अमलेखगञ्जसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको सुरु गरिएको छ । नेपाल आयाल निगमले सो परियोजनाका लागि शुक्रबार लोथरमा फिल्ड कार्यालय स्थापना गरेसँगै झण्डै १५ अर्बको परियोजना सुरु भएको जनाएको छ । परियोजना प्रमुख इन्जिनियर प्रदिपकुमार यादका अनुसार ५४ महिनाभित्र पाइपलाइन परियोजना सक्ने लक्ष्य रहेपछि ३६ महिनाभित्र नै सक्ने गरी काम अगाडि बढाइने छ। यो परियोजनाको निर्माण भारतीय आयल निगमले गर्नेछ । कुल १५ अर्ब रकम मध्ये ५ अर्ब भारतीय आयल निगमको र १० अर्ब नेपाल आयल निगमले खर्च गर्ने गरी २०८१ असोज १७ मा सम्झौता भएको थियो । पाइपलाइनका लागि ४ अर्ब २८ करोड ८० लाख र लोथरमा निर्माण हुने भण्डारगृहसहितको ग्रीन फिल्ट टर्मिनलका लागि ९ अर्ब ८० करोड ८० लाखभन्दा बढि खर्च लाग्ने निगमले जनाएको छ । भारतसँग २०८० जेठ १...
सवारी लाइसेन्सको अवधि अब १० वर्ष

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
१८ साउन,काठमाडौं ।सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्षसम्म रहने भएको छ ।यो विषय सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ । संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने र लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्‍याइएको छ । यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो ।...
अब सेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने

अब सेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१८ साउन,काठमाडौं ।हालसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिँदै आएकोमा अब सेयर कारोबारमा ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी) लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशनसँगै नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको छ । अब ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने छ । साथै यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेका सेवाग्राहीलाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउने गरी काम गर्न नेप्सेले आग्रह गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले समेत नयाँ खाता खोल्नेलाई राष्ट्रिय परिचयपत्र नम्बर ...
मन्त्रिमण्डल पुनर्गठन हुन सक्छ : सञ्चारमन्त्री गुरुङ

मन्त्रिमण्डल पुनर्गठन हुन सक्छ : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, राजनीति, समाचार
१५ साउन,काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनाको सङ्केत गरेका छन्। लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताए। आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफमा मन्त्री गुरुङले भने, ‘सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देशमा हाम्रोमा १३ महिनादेखि भएको छैन। अब होला भनेर सर्वत्र चासो राखिएको छ,यो अस्वाभाविक पनि होइन। उनले नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित राजनीतिक संयन्त्रमा सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे।यद्यपि, मन्त्री गुरुङले सत्ता साझेदार दलहरू एमाले र कांग्रेसबीच अहिले नै अविश्वासको अवस्था पैदा नभएको स्पष्ट पारे। मन्त्रिपरिषद्का मुख्य निर्णयहरूः पत्रकार सम्मेलनमा मन्त्री गुरुङले साउन १२ ...
दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
१५ साउन,काठमाडौं ।दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुलेको छ ।आजदेखि सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको जनाएको छ ।जसमध्ये वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई बाँडफाँटपछि २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । अपरिस्कृत वित्तीय विवरणअनुसार गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा छ भने प्रतिसेयर आम्दानी ३८ पैसा ऋणात्मक छ ।...
महिला टी –२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने

महिला टी –२० विश्वकपको छनोट प्रतियोगिता नेपालमा हुने

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
१५ साउन,काठमाडौं । नेपाललाई २०२६ को आईसीसी महिला टी(२० विश्वकप छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता १२ जनवरीदेखि २ फेब्रुअरी २०२६ सम्म प्रतियोगिता हुनेछ । आयोजक नेपाल रहने छ । १० टोलीहरूले विश्वकपमा चार स्थानका लागि प्रतिस्पर्धा गर्ने सो प्रतियोगिता जुन २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने तयारी छ । बंगलादेश र आयरल्यान्डले २०२४ को आईसीसी महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा छनोटमा स्वतः स्थान पक्का गरेका छन् । थाइल्यान्ड र नेपाल एसिया क्षेत्रीय मार्गबाट छनोट भएका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ । बाँकी पाँच स्थानहरू अफ्रिका र युरोपबाट दुई–दुई टोली र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक टोलीले सम्बन्धित क्षेत्रीय छनोट पूरा गरेपछि प्राप्त गर्नेछन् ।  ...
निर्वाचन आयोगले राजनीतिक दलको व्यवहार हेरेर नम्बर दिने

निर्वाचन आयोगले राजनीतिक दलको व्यवहार हेरेर नम्बर दिने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५ साउन,काठमाडौं ।निर्वाचन आयोगले राजनीतिक दलको व्यवहारका आधारमा नम्बर दिने भएको छ । आयोगबाट प्राप्त गरेको नम्बरका आधारमा राजनीतिक दलले सरकारबाट प्राप्त हुने सुविधा पाउनेछन् ।निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमुल्यांकन कार्यविधि २०८२’ ल्याएको छ । यो कार्यविधिउपर राजनीतिक दलहरू,सरोकारवाला र विज्ञसँग सुझाव मागिएको छ । कार्यविधिको मस्यौदामा राजनीतिक दलको स्वमूल्याङ्कन प्रणालीको सञ्चालन,रेखदेख र निर्देशन गर्न मूल्याङ्कन समिति रहने भनिएको छ । निर्वाचन आयोगका सचिव संयोजक रहने सो समितिमा आयोगका महाशाखा प्रमुखहरु, सूचना प्रविधि शाखा प्रमुख, नियम तथा फैसला कार्यान्वयन शाखा प्रमुख सदस्य रहन्छन् ।भने,राजनीतिक दल व्यवस्थापन शाखा प्रमुखले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् । सो समितिको काम, कर्तव्य र अधिकारमा राजनीतिक दलको मूल्याङ्कन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने रहेको छ । कार्यविधि बम...