ताजा अपडेट

फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी,एक जना पक्राउ,१३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलासा

फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी,एक जना पक्राउ,१३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलासा

अपराध, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
१३ साउन,काठमाडौं–फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–६ बस्ने दोलखा शैलुङ गाउँपालिका–२ घर भएका २८ वर्षीय युवकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। ती युवकलेले काठमाडौं महानगरपालिका–३१ क्षेत्रमा आफू काठमाडौं महानगरपालिकाको फोहोरमैलाको कर्मचारी हुँ भनी रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। उनले हाल सम्म १३ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  ...
पोखरामा सडक सुरक्षा सम्बन्धी वर्कशप सम्पन्न

पोखरामा सडक सुरक्षा सम्बन्धी वर्कशप सम्पन्न

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१३ साउन, काठमाडौं । युथ फर रोड सेफ्टी इन नेपाल अभियानको संयोजन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा पोखरामा सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न भएको छ । क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी नामक सो वर्कशप हालै सम्पन्न भएको हो । वर्कशपमा ५० भन्दा बढी युवाहरु सहभागी भएका थिए । उनीहरु इन्जिनियरिङ, पर्यटन, स्पोर्ट्स, कानुन लगायतका क्षेत्रमा संलग्न रहेका थिए । सो वर्कशपमा युवाहरुलाई आफ्नो एजेन्डामा एड्भोकेसी गर्न सक्षम बनाउने, सो अनुसारको कार्य योजना बनाई कार्यान्वयन गर्न सक्ने बनाउने,लक्ष्य तथा उद्देश्य तय गर्न सीप प्रदान गर्ने र कुनै पनि युवा अभियानको लक्ष्य निर्धारण गर्न सिकाउने विषयमा छलफल भएको थियो । गण्डकी प्रदेशमा आगामी दिनमा गरिने केही कार्यक्रमहरुको कार्ययोजना बनाउन सिकाउने उद्देश्यले सो वर्कशप आयोजना गरिएको आयोजकको भनाइ छ ।  युथ फर रोड सेफ्टी इन नेपा...
एमालेको अपानि १२ : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन,सदर हुँदैन

एमालेको अपानि १२ : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण प्रक्रिया मिलेन,सदर हुँदैन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ साउन,काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको प्रक्रिया नमिलेको स्पष्ट पारेको छ। साउन ५ र ६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयलाई सदर गर्दै एमालेले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशिका १२ (अपानि १२) मा उक्त कुरा उल्लेख छ । उक्त निर्देशिकामा भण्डारीको हालको गतिविधि,उनको सार्वजनिक भूमिकाको मूल्यांकन र पार्टी अनुशासनसँगको सम्बन्धको विषयलाई प्राथमिकताका साथ व्याख्या गरिएको छ। निर्देशिकामा हालका दिनमा पार्टी र नेतृत्वमाथि ‘सुनियोजित आक्रमण’ भइरहेको पनि उल्लेख गरिएको छ । यस्तो आक्रमणको मूल स्रोत चारवटा शक्ति केन्द्र रहेको उल्लेख गर्दै एमालेले ती पार्र्टीहरुले एमाले पार्टीको राष्ट्रवादी भूमिका कमजोर पार्ने तिनको लक्ष्य रहेको जिकिर गरेको छ। सामाजिक सञ्जाल, संचारमाध्यम र वैचारिक दृष्टिमाथी प्रहार गरिएको भन्दै...
रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा कलामसीमा वृक्षारोपण,देशभर ५० हजार विरुवा रोपियो

रोटरी क्लब अफ काठमाडौं नर्थद्वारा कलामसीमा वृक्षारोपण,देशभर ५० हजार विरुवा रोपियो

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल (अर्चना) ११,साउन भक्तपुर।रोटरी क्लब अफ काठमाडौं नर्थले भक्तपुरको सूर्यविनायक नगरपालिका–६,कलामसी क्षेत्रमा वृक्षारोपण  गरेको छ। रोटरी वर्ष २०२५ ÷२६ को शुभारम्भको अवसरमा शनिबार आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिव २०० वटा विरुवा रोपिएको रोटरी क्लब अफ काठमाडौं नर्थका प्रेसिडेन्ट प्रदिप थापाले जानकारी दिए। ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले सामाजीक सेवामा प्राथमिकता दिएको सात प्रमुख कार्यक्षेत्रमध्ये वातावरण संरक्षण एक महत्वपूर्ण क्षेत्र हो।यस अभियानमार्फत वातावरण संरक्षण र प्रबद्र्धनका लागि समुदायमा हरियाली विस्तार र सचेतना फैलाउने हाम्रो उद्देश्य हो ’ प्रेसिडेन्ट थापाले भने। प्रेसिडेन्ट थापाका अनुसार जलवायु परिवर्तनका चुनौतीहरूलाई कम गर्ने थप उद्धेश्यकासाथ क्लबले यो अभियानलाई थप सशक्त बनाउँदै लगेको हो । क्लबले विगतका वर्षहरूमा पनि यस्ता कार्यक्...
एम्बुलेन्समै महिलामाथि बलात्कार,चालकसहित २ जना पक्राउ

एम्बुलेन्समै महिलामाथि बलात्कार,चालकसहित २ जना पक्राउ

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
११ साउन,काठमाडौं । बिहार । बिहारको गयामा होमगार्ड भर्ती प्रक्रियामा सहभागी एक महिलामाथि एम्बुलेन्सभित्रै बलात्कार भएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले एम्बुलेन्सका चालक र थप एक जनालाई नियन्त्रणमा लिएको छ। गयाका सहर प्रहरी सुपरिटेन्डेन्ट रामानन्द कुमार कौशलका अनुसार बोधगयास्थित बीएमपी–१७ को परिसरमा होमगार्ड भर्तीका लागि दौड परीक्षण हुँदै थियो। दौडका क्रममा एक महिला उम्मेदवार बेहोस भएपछि उनलाई तत्कालै एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो। ‘महिला उम्मेदवार बेहोस भएपछि त्यहाँ उपस्थित प्रहरी र अन्य व्यक्तिहरूको सहयोगमा उनलाई अस्पताल लैजाने व्यवस्था गरियो,’ एसपी कौशलले भने। तर अस्पताल पुगेपछि दिउँसो करिब २ः३० बजे ती महिलाले एम्बुलेन्समा बलात्कार र दुर्व्यवहार भएको बताइन्। दुवै शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ तर प्रहरीले आरोपितहरुबाट सन्तोषजनक जवाफ नपाएको...
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
११ साउन,काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा,क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा,स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक...
कुन हुन  ९ कम्पनी ? जसको सेयर मूल्य हालसम्मकै उच्च

कुन हुन ९ कम्पनी ? जसको सेयर मूल्य हालसम्मकै उच्च

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयरपछि समायोजित मूल्य गणनामा यी कम्पनीको मूल्य उच्च भएको हो ।मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५ वटा हाइड्रोपावर छन् ।हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा कालिका पावर,राधि विद्युत्,बुटवल पावर,ङादी ग्रुप तथा सान्भी इनर्जी छन् । यीमध्ये सान्भी हालै सूचीकृत भएको कम्पनी हो । बिहीबार बजार बन्द हुँदा कालिका पावरको मूल्य ६४८.२२, राधिको ८७०.५४, बुटवल पावरको १०३३.२८, ङादी ग्रुपको ४४६.०५ तथा सान्भीको ५७७.९० रुपैयाँ छ । हाइड्रोपावरबाहेक अन्य समूहका नेपाल पुनर्बीमा र ट्रेड टावर,विकास बैंक समूहको सांग्रिला डेभलपमेन्ट बैंक तथा लगानी समूहको सीईडीबी होल्डिङस्को मूल्य हालसम्मकै उच्च भएको हो । ट्रेड टावर हालै सूचीकृत कम्पनी हो ।बिहीबार बजार बन्द हुँदा नेपाल पु...
विद्या भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै

विद्या भण्डारीले आज विशेष पत्रकार सम्मेलन गर्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पहिलो पटक पत्रकार सम्मेलन गर्दैछिन् । आज दिउँसो ३ बजे उनले बबरमहल स्थीत कार्की बैंकिटमा विशेष पत्रकार सम्मेलन गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई पार्टीले सदस्यता नै नवीकरण नगरेर रोकेकोमा उनले आपक्ति जनाएकी छन् । मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनी राष्ट्रपति भइसकेकाले सक्रिय राजनीतिमा आउन नमिल्ने र पदीय मर्यादा कायम गर्न आवश्यक रहेको निर्णय गरेको थियो ।  ...
‘एनआरएनए’अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

‘एनआरएनए’अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, समाचार
अमेरिका । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एकरएक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो । आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परे पनि केही पदमा एकभन्दा बढी उम्मेदवारी परेको थियो । सङ्घका अगुवाहरुले नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरेपछि सबै पदाधिकारी सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले बुधबार जनाएको छ । निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा क्रमशः दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्षमा शान्ति पौड्याल,...
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
८ साउन,काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। आज दिउँसो कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमाआंशिक बदली रहनेछ छ। कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी,मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,मधेस,बागमती र गण्डकी प्रदेशका एक–दुई ...