विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले गर्नुभएन : प्रधानमन्त्री ओली
८ साउन,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एमालेका संस्थापक महासचिव पुष्पलाल सही विचार,गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको जिकिर गरेका छन् ।
पार्टी नेतृत्वमा असल नेतृत्व रहेको र समाज बदल्ने सपना बोकेकाहरूले उनका विचारलाई अनुशरण गर्नुपर्ने उनले बताएका छन्।
नेकपा एमालेको केन्द्रीय कार्यालय,च्यासलमा बुधबार आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे ।
‘पुष्पलाल आदर्शप्रति सँधै दृढ रहनुभयो । उहाँका केही सीमाहरु थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो।’, अध्यक्ष ओलीले भने, ‘जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो।
आफ्नो थरमा श्रेष्ठ लेख्नुभ...









