ताजा अपडेट

काठमाडौंको गोंगबुमा भेटियो ४ करोड

काठमाडौंको गोंगबुमा भेटियो ४ करोड

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१७ भदौ,काठमाडौँ ।काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो । छापा मारेर करिब ४ करोड रुपैयाँ बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिएका छन् । उनले यसबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।...
पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशनः वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नु

पार्टीका नेता कार्यकर्तालाई एमाले महासचिवको निर्देशनः वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्नु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६ भर्दौ, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता,कार्यकर्तालाई निर्देशन दिएका छन्। सोमवार च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तकको विमोचन गर्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराएका हुन् । अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने बताए। उनले पार्टीको नीतिअनुसार जनमत तयार गर्न नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको समस्या ठूलो रहेको जिकिर गर्दै त्यसलाई अन्त्य गर्ने गरी पार्टी कामलाई तल्लो तहसम्म पुर्‍...
हर्क साम्पाङ काठमाडौं आउँदा समर्थकले निकाले र्‍याली

हर्क साम्पाङ काठमाडौं आउँदा समर्थकले निकाले र्‍याली

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
१६ भदौ,काठमाडौं।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन्।सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका मेयर साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको थियो। उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्‍यालीसहित स्वागत गरेका थिए।यसअघि पनि उनी काठमाडौं आउँदा समर्थकहरूको बाक्लो उपस्थिति रहने गरेको थियो। मेयर साम्पाङले आफ्ना समर्थकलाई भेट्न चाहेको उनको सचिवालयले बताएको छ।  ...
सुनको भाउ प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुग्यो

सुनको भाउ प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुग्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१६ भर्दौ,काठमाडौँ।सोमबार सुनको मूल्य थप बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो । सोमबार फेरि बढ्दै २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो ।जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ थियो । अमेरिकी केन्द्रीय बैंकले सेप्टेम्बरमा ब्याजदर ०.२५ प्रतिशत घटाउने अनुमानले सुनको माग बढेको हुन सक्ने आँकलन गरिएको छ ।अमेरिका र भारतबीच व्यापार युद्धले सुनको मूल्यमा प्रभाव पारेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यतिबेला अन्तर्राष्ट्रिय बजारमै सुन महँगिदा नेपाली बजारमा प्रभाव परिरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३४८० अमेरिकी डलर हाराहारी पुगेको छ । विश्वमा सबैभन्दा धेरै सुन अमेरिकाले भण्डारण गरेको छ । ...
नेपालका प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता,ससिओ प्लसको शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

नेपालका प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता,ससिओ प्लसको शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६ भदौ,थियानजिन ।सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओस जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त,संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा.युवराज खतिवडा,पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा,परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी थिए। चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा हिजो आइतबार शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरक...
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१६ भदौ,काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राती प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको हो । सोमबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको आयल निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।...
आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६ भदौ,काठमाडौं ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ। जसको प्रभावले मौसम बदली भई कतिपय स्थानमा भारी वर्षा भइरहेको छ। मोसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश,गण्डकी प्रदेश,कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज पनि देशभर साधारणतया बदली रहने छ। बागमती प्रदेश,कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको  सम्भावना रहेको महाशाखाको भनाई छ। उता आज रात...
लुना लुइँटेल बनिन् यस वर्षको मिस नेपाल,मिस नेपाल इन्टरनेशनलमा उरुशा भण्डारी

लुना लुइँटेल बनिन् यस वर्षको मिस नेपाल,मिस नेपाल इन्टरनेशनलमा उरुशा भण्डारी

ताजा अपडेट, मनोरन्जन, समाचार
काठमाडौं ।लुना लुइँटेल यस वर्षको मिस नेपाल बन्न सफल भएकी छिन् । मिस नेपाल २०२५ को शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि हाँसिल गरेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छन् । सोनी घले  मिस नेपाल अर्थ भएकी छन् । द हिडन ट्रेजरद्वारा सो कार्यक्रमको आयोजना गरिएको थियो ।...
दूध उत्पादक किसान आन्दोलनमा,आज डीडीसी कार्यालयमा धर्ना दिने

दूध उत्पादक किसान आन्दोलनमा,आज डीडीसी कार्यालयमा धर्ना दिने

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१५ भदौ, काठमाडौं । दूध उत्पादक किसानहरु आन्दोलित भएका छन्। दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान(डीडीसी)को कार्यालयमा धर्ना दिँदैछन् । आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा धर्ना दिने अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा.भेषराज अधिकारीले सगरमाथाप्रेस डटकमलाई जानकारी दिएका छन् । दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको तर त्यसको सम्बोधन नभएकाले धर्ना दिन लागेको उनको भनाई छ । गत वर्षदेखिकै किसानहरूले भुक्तानी पाएका छैनन् । दूधको बक्यौता रकम भुक्तानी नगरेकाले किसानहरूलाई आफ्नो परिवार पालनपोषण, छोराछोरीको शिक्षा–दीक्षा तथा पशुपालनमा कठिनाई भएको दुखेसो पोख्दै आएका छन् । उनीहरुले...
गौराको मुख्य दिन आज अठ्यावाली मनाइँदै,दुई दिन सार्वजनिक बिदा

गौराको मुख्य दिन आज अठ्यावाली मनाइँदै,दुई दिन सार्वजनिक बिदा

जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
१५ भदौ,सुदूरपश्चिम प्रदेश। खासगरी सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला(आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको छ। सरकारले गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा(विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन्।हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन्।जानकारहरुका अनुसार तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यस अवसरमा महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन्। गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ। गौराको उत्पत्ति...