ताजा अपडेट

बुढानिलकण्ठको त्रिनेत्र विद्या निकेतनकी १२ वर्षीया एक बालिका बेपत्ता,खोजी कार्य जारी

बुढानिलकण्ठको त्रिनेत्र विद्या निकेतनकी १२ वर्षीया एक बालिका बेपत्ता,खोजी कार्य जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१८ भदौं,काठमाडौं ।बुढानिलकण्ठ–१०,काठमाडौंस्थित त्रिनेत्र विद्या निकेतनमा अध्ययनरत १२ वर्षीया एक बालिका बेपत्ता भएकी छन् । साथीहरुसँग स्केटीङ खेल्न गएकी ती बालिका घर नफर्केपछि परिवारले खोजी गरिरहेका छन् । तर उनको अवस्था अझै अज्ञात छ । उनलाई चिन्ने र जान्ने जो कोहीले देखेमा प्रहरी वा परिवारजनलाई खबर गरिदिन अनुरोध गर्दै परिवारले मोबाइल नम्बर समेत उल्लेख गरेका छन्। यो हो परिवारको सम्पर्क नम्बर : ९८६९३७४६०२...
‘प्रेमगीता’को टिजर रिलिज

‘प्रेमगीता’को टिजर रिलिज

ताजा अपडेट, मनोरन्जन, समाचार
१८ भदौ,काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘प्रेमगीता’को टिजर रिलिज भएको छ । टिजरमा फिल्मका मुख्य कलाकार जान्वी बस्नेत,साजिद खान,सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ । प्रेमकथामा आधारित यो फिल्म युवा दर्शकलाई दर्शनीय बन्ने निर्माताको दाबी छ । ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण फिल्ममा आशा पौडेल,अर्जुन गुरुङ (भँगेरी डन),दीपक केसी,खुश्बु पाण्डे,माधव केसी,मानसी शर्मा,दीपसन लिम्बु, मौसम खड्का र ममता माझीको पनि अभिनय छ । साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता छन् ।विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन,रामेश्वर हुमागाईंको छायांकन गरेका छन् ।भने,भरत बस्नेतको संगीत,राजु किराँतको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी छ ।...
नेपालले आज ताजकिस्तानसँग खेल्ने

नेपालले आज ताजकिस्तानसँग खेल्ने

खेलकुद, ताजा अपडेट, समाचार
१८ भदौ,काठमाडौं ।एफसी यु–२३ एसियन कप छनोट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल घरेलु टिम ताजकिस्तानविरुद्ध खेल्दै छ। सो छनोट प्रतियोगिता अन्तर्गत समूह ‘के’ को पूर्वसन्ध्यामा भएको प्रिम्याच पत्रकार सम्मेलनमा नेपालको यु–२३ टिमका प्रशिक्षक नवीन न्यौपानले पूर्ण रूपमा तयारीका साथ ताजकिस्तान आएको बताए। उनले भने ‘मेरो टिम जित्न तयार छ।यद्यपि अहिले भने हाम्रो ध्यान ताजकिस्तानविरुद्ध हुने खेलमा केन्द्रित छ।’ नेपालले नेजकिस्तानविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्ने छ।त्यसपछि नेपालले भदौ २१ गते सिरिया र भदौ २४ गते फलिपिन्ससँग खेल्ने छ।...
मौसम पूर्वानुमान : यी तीन प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी तीन प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१८ भदौ,काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको कारण मौसम बदली भइ विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भू–भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । उता राति पनि कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी,मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।तर कोशी,तराई र वाग्मती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।  ...
फेरी पनि भूकम्पको धक्का

फेरी पनि भूकम्पको धक्का

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१८ भदौ,काठमाडौं । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ । राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन । मंगलबार नै दोलखा र गोरखामा पनि भूकम्प गएको थियो । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर मंगलबार दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।  ...
विद्युतीय नम्बर प्लेट अङ्ग्रेजीमा राख्ने सरकारी निर्णयप्रति भाषा आयोगले जनायो आपत्ति

विद्युतीय नम्बर प्लेट अङ्ग्रेजीमा राख्ने सरकारी निर्णयप्रति भाषा आयोगले जनायो आपत्ति

ताजा अपडेट, फिचर, ब्यानर-२, विचार, समाचार
१८ भदौं,काठमाडौं ।आगामी असोज १ गतेदेखि सबै सवारी साधनमा विद्युतीय सङ्केत सङ्ख्या (इम्बोस्ड नम्बर प्लेट) अङ्ग्रेजी भाषा र रोमन लिपिमा अनिवार्य राख्नुपर्ने भनाइप्रति भाषा आयोगले गम्भीर आपत्ति जनाएको छ। नेपाल सरकारको निर्णयप्रति भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ७ को उपधारा १ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने प्रावधान रहेकाले नम्बर प्लेट पनि देवनागरी लिपिमै राखिनुपर्ने उल्लेख गरिएको छ। आयोगले यसअघि पनि यसबारे सरकारलाई ध्यानाकर्षण गराइसकेको भन्दै उनले सर्वोच्च अदालतको गत वर्ष असार ९ गतेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलालाई स्मरण गराएको छ समेत विज्ञप्तिमा उल्लेख गरेका छन्। फैसलामा संविधानको धारा ७ को उपधारा ३ अनुसार भाषासम्बन्धी अन्य विषयमा भाषा आयोगको सिफारिसका आधारमा मात्रै सरकारले निर्णय गर्न सक्ने...
नेपाल टेलिकमको सीआरबीटी अनिश्चितकालका लागि स्थगित

नेपाल टेलिकमको सीआरबीटी अनिश्चितकालका लागि स्थगित

ताजा अपडेट, ब्यानर-१, समाचार
१८ भदौं,काठमाडौं । नेपाल टेलिकमको कुलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा अनिश्चितकालका लागि स्थगित भएको छ । टेलिकमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको हो। सेवामा समस्या उत्पन्न भएपछि सो निर्णय गरेको टेलिकमले यथाशीघ्र समस्या समाधानमा आवश्यक प्रयास भइरहेको जानकारी दिएको छ। साथै ग्राहक वर्गलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना समेत गरेको छ ।...
लबिम मलमा कार्डबाहकलाई १ रुपैयाँमा पार्किङ सुविधा

लबिम मलमा कार्डबाहकलाई १ रुपैयाँमा पार्किङ सुविधा

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१७ भदौं,काठमाडौं ।स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ललितपुरको पुल्चोकस्थित लबिम मलसँग सहकार्य गरी कार्डबाहकका लागि विशेष पार्किङ सुविधा सुरु गरेको छ। यस अन्तर्गत कार्ड प्रयोगकर्ताले लबिम मलको अन्डरग्राउन्ड पार्किङमा प्रति घण्टा मात्र रु १ मा पार्किङ गर्न सक्नेछन्। कम्पनीका अनुसार यो सुविधा अधिकतम ५ घण्टासम्म उपलब्ध हुनेछ। ग्राहकले आफ्नो कार्ड प्रयोग गरी पार्किङमा राखिएको पीओएस मेसिनमार्फत पार्किङ शुल्क भुक्तानी गर्नुपर्नेछ। सेप्टेम्बर १ (भदौ १६) देखि सुरु भइसकेको सो सेवा सेप्टेम्बर महिना भर लागु रहने बताइएको छ...
दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१७ भदौ,काठमाडौं । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा  दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।  ...
कपिलवस्तु कांग्रेसमा लफडा,पार्टी कार्यालय तोडफोड

कपिलवस्तु कांग्रेसमा लफडा,पार्टी कार्यालय तोडफोड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७ भदौ,रुपन्देही ।नेपाली कांग्रेस कपिलवस्तुमा पूर्व एसएसपी विक्रम सिंह थापामाथि कारबाहीको विषयलाई लिएर लफडा सुरु भएको छ । कारबाही भएको विषय मिडियामा सार्वजनिक भएपछि मंगलबार थापा निकट कार्यकर्ताहरुले नेपाली काँग्रेस कपिलवस्तु कार्यालयमा तोडफोड र तालाबन्दी गरेका छन् । नेता थापालाई लुम्बिनी प्रदेश पार्टीले कारबाही गर्दै लुम्बिनी प्रदेश कमिटी सदस्यबाट पदमुक्तसमेत गरेको छ । शेखर कोइराला निकट उनका पक्षधर कार्यकर्ताले तौलिहवास्थित पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । जिल्ला नेता अनुपकुमार पाण्डेयको नेतृत्वमा पुगेको करिब ४० जनाको समूहले कार्यालयभित्रका कुर्सी तोडफोड गर्दै मूल गेटमा तालाबन्दी गरेको जनाइएको छ । पार्टी जिल्ला सचिव प्रेम रायमाझीका अनुसार कार्यालयभित्रका १३ वटा कुर्सी तोडफोड भएको छ । थापालाई साउन ११ गते कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले कारबाहीको पत्र पठाएको भएपनि स...