ताजा अपडेट

गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१ भदौ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए । उनले तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने समेत स्पष्ट पारे । उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे । नेपाली कांग्रेसको आसन्न महाधिवेशन छिट्टै गरिने प्रतिक्रिया दिए।...
कालीकोट रास्कोटका वडाध्यक्ष ३ दिनदेखि बेपत्ता

कालीकोट रास्कोटका वडाध्यक्ष ३ दिनदेखि बेपत्ता

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
२१ भदौ,सुर्खेत ।कालीकोट रास्कोट नगरपालिका,८ का वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि बेपत्ता भएका छन्। बुधवार बेलुकी वडा कार्यालयको काम सकेर ससुराली जाने भन्दै घरबाट निस्किएका बराल अहिलेसम्म सम्पर्कविहीन रहेको जनाइएको छ । फुकोट स्वास्थ्य चौकीका  एक कर्मचारीका अनुसार वडाध्यक्ष दिउँसो नगरपालिका पुगेका र त्यहाँबाट ससुरालीतर्फ हिँडेका थिए। हिजो शुक्रवार कर्णाली नदी किनारमा बरालले लगाएको कोट फेला परेको उनले जानकारी दिएका छन्। उनका अनुसार स्थानीय,नगर प्रहरी र नेपाल प्रहरीले खोजी कार्यलाई तीव्र पारेका छन्। जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार प्रहरी चौकी रास्कोटको समन्वयमा सान्निगाड, मेहलमुडीलगायतका क्षेत्रमा पनि खोजी कार्य जारी छ। बरालका  पत्नी,एक छोरा र दुई छोरी छन्।...
एमाले विधान महाधिवेशनमा शनिबार प्रतिवेदनमाथि समूहगत छलफल सुरु

एमाले विधान महाधिवेशनमा शनिबार प्रतिवेदनमाथि समूहगत छलफल सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ भदौ,काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशन आज शनिबार पनि जारी छ ।ललितपुर,गोदावरीस्थित सनराइज हलमा आज दोस्रो दिन बाँकी प्रतिवेदनको प्रस्तुतीकरण भइरहेको छ।बिहान ८ : ३० बजेदेखि महाधिवेशन सुरु भएको छ । आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल,केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको एमाले प्रभार विभागले जनाएको छ। समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल हुदैछ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ जना गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ। विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीकाे सदस्यता राेक्न नहुने मागसहित प्रस्तुत भएकाे फरक प्रस्तावमाथि पनि छलफल हुनेछ। महाधिवेशनको...
यस्तो छ शनिबारको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ शनिबारको लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२१ भदौ,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा र क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा तथा बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा तोकिएको छ । त्यस्तै,युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा कायम गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने उल्लेख गरेको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्र...
एमालेको विधान महाधिवेशन आजदेखि सुरु,प्रतिनिधिलाई सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था

एमालेको विधान महाधिवेशन आजदेखि सुरु,प्रतिनिधिलाई सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२० भदौं,काठमाडौंं।नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरू भएको छ।तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन्। एमालेको यो दोस्रो विधान अधिवेशन हो।दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको स्वागतका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार बनाइएका छन्। बिजुलीका खम्बामा सूर्य चिह्न अङ्कित झन्डा राखिएका छन्।भने,प्रतिनिधिलाई सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ।  ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ महाधिवेशनको मूल नारा रहेको छ।      ...
आज अन्तर्राष्ट्रिय परोपकार दिवस

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौँ ।आज अन्तर्राष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।असमानता,गरिबी र विभिन्न प्रकारका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो । पारदर्शी ढङ्गले निर्धनलाई सहयोग,युवा नेतृत्व विकास,विभेदरहित जिम्मेवारपूर्ण दानलगायत परोपकारी गतिविधि सञ्चालन तथा जलवायु एवं गरिबीका कारण गाँस,बास र कपासको व्यवस्था नभएकाहरुलाई उदार मनले मद्दत गर्न उक्त विश्व संस्थाले जोड दिएको छ ।  तस्बिर सौजन्यः संयुक्त राष्ट्रसङ्घ...
पोखरेली दिदीबहिनी समूह काठमाडौंले मनायो रजत जयन्ती,फेवा स्मारिका बिमोचनसँगै विभिन्न क्षेत्रका विज्ञहरु सम्मानित

पोखरेली दिदीबहिनी समूह काठमाडौंले मनायो रजत जयन्ती,फेवा स्मारिका बिमोचनसँगै विभिन्न क्षेत्रका विज्ञहरु सम्मानित

ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-२, समाचार
 सीता पौडेल (अर्चना) पोखरेली दिदीबहिनी समूह काठमाडौंको “रजत जयन्ती समारोह” सम्पन्न भएको छ। पोखरामा जन्मि–हुर्की काठमाडौंलाई कर्मथलो बनाएका पोखरेली दिदीबहिनी समुहको २५ औं वर्षको रजत जयन्ती समारोह बुधबार काठमाडौंमा सम्पन्न भएको हो । शुरुमा आफ्नो मातृभूमिको सेवा गर्ने उद्देश्यले २०५६ सालमा उक्त समुहको स्थापना गरेको समुहकी अध्यक्ष विष्णु थकालीले जानकारी दिइन् । पछि संस्थाले सामाजिक कार्यको क्षेत्रलाई फराकिलो पार्दै सो समुहले स्थापनाको दूई दशकको सो यात्रासम्म आइपुग्दा विशेष गरि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र त्यसमा महिलाहरुमा हुने स्तन तथा पाठेघरको क्यान्सर,बालबालिकाको गुणस्तरीय शिक्षाका लागि छात्रवृत्ति र जेष्ठ नागरिक सेवा जस्ता विषयलाई आफ्नो सामाजीक सेवाको मुख्य क्षेत्र बनाएर कार्य गर्दे आएको पनि उनले बताइन् । कुनै बैदेशिक संस्था र दातृनिकायबाट आर...
एमालेको विधान महाधिवेशनको सबै तयारी पूरा,नौ वटा समूह बनाई छलफल गर्ने,प्रतिनिधिलाई निशुल्क प्रवेश व्यवस्था

एमालेको विधान महाधिवेशनको सबै तयारी पूरा,नौ वटा समूह बनाई छलफल गर्ने,प्रतिनिधिलाई निशुल्क प्रवेश व्यवस्था

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल  १९ भदौ,काठमाडौं । नेकपा एमालेले भाद्र २० गतेदेखि सुरु हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले सो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।ललितपुरको गोदावरीस्थित सनराइज हलमा २२ गतेसम्म हुने उक्त विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३ सय १५ जना आयोजकका तर्फबाट गरि कूल २ हजार ३ सय ४१ जनाको सहभागीता रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनका अनुसार महाधिेशनमा ९ वटा समुह बनाएर विधानमाथी छलफल गरिने छ   । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको विधान महाधिवेशनको भाद्र २० गते ११ बजे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय ...
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
भदौ १९,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईका अनुसार चिनियाँ राष्ट्रपति सी जिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) समिट तथा विश्वयुद्धको ८० औं वर्षको विजयोत्सवका क्रममा आयोजित सैन्य परेडमा सहभागी हुन प्रधानमन्त्री सपत्नीसहितको टोली स्वदेश फर्किएको छ ।  ...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
 भदौ १९,काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने छ । ...