ताजा अपडेट

प्रहरीले चलायो गोली,आन्दोलनकारीले संसद् भवनको गेटमा आगो लगाए,संसदभवनको सुरक्षाकर्मी बस्ने पोष्टमा पुगेर नेपालको झण्डा फहराए

प्रहरीले चलायो गोली,आन्दोलनकारीले संसद् भवनको गेटमा आगो लगाए,संसदभवनको सुरक्षाकर्मी बस्ने पोष्टमा पुगेर नेपालको झण्डा फहराए

ताजा अपडेट, ब्यानर-२, समाचार
२३ भदौ,काठमाडौं ।नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ।जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। यस्तै संसद् भवनको गेटका दुई स्थानमा गरेको आगजनी प्रहरीले निभाएको छ । भने यता सुरक्षाकर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरुले नेपालको झण्डा समेत फहराएका छन् ।    ...
संसद भवन अगाडि पुगे जेनजी,प्रहरीले हान्यो अश्रुग्याँस

संसद भवन अगाडि पुगे जेनजी,प्रहरीले हान्यो अश्रुग्याँस

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२३ भदौ,काठमाडौं ।सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ। तिनकुनेतर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै पुगेको छ। माइतीघरबाट अघि बढेका प्रदर्शनकारी पनि संसद भवन अगाडि पुगेका छन्।...
जेनजीको प्रदर्शन स्थल माइतीघरमा सुरक्षा व्यवस्था कडा

जेनजीको प्रदर्शन स्थल माइतीघरमा सुरक्षा व्यवस्था कडा

ताजा अपडेट, ब्यानर-२, समाचार
२३ भदौ, काठमाडौं ।काठमाडौंको माइतीघर मण्डलामा आज भएको जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। भ्रष्टाचारविरुद्ध साथै स्थायी सरकारको आवश्यकता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको कार्यान्वयनको मागका लागि हुन लागेको सो प्रदर्शनको सुरक्षाको लागि प्रहरीले विशेष रणनीति बनाएको जनाएको छ।उच्च तहका अधिकारी परिचालन गरि माइतीघर र बानेश्वर क्षेत्रको सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गरेका छन्। उनको साथमा ६ जना डीएसपी पनि खटाइएको बताइएको छ । अन्य सुरक्षा निकायःसशस्त्र प्रहरी बलको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्व गरेका छन्। यसका साथै, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।प्रहरीले प्रदर्शनको स्वरूप हेरेर सुरक्षा रणनीति परिवर्तन गर्ने योजना बनाएको छ। भिडको अवस्थाअनुसार थप सुरक्षाकर्मी परिचालन गरिने प्रहरीको...
आजबाट सोह्रश्राद्ध सुरु

आजबाट सोह्रश्राद्ध सुरु

ताजा अपडेट, ब्यानर-१, समाचार
२३ भदौ, काठमाडौं । आज सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । हिन्दू परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण,सिदादान तथा पिण्डदान गर्ने परम्परा रहिआएको छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सो अवधि सोह्रश्राद्धको नामले परिचित छ । सोह्रश्राद्ध सुरु भएसँगै पशुपति क्षेत्र,गोकर्णेश्वरको उत्तरगया क्षेत्रमा सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्न थालेका छन् ।  ...
आज राति खग्रास चन्द्रग्रहण लाग्ने,ग्रहणका समयमा के गर्ने ? के नगर्ने ?

आज राति खग्रास चन्द्रग्रहण लाग्ने,ग्रहणका समयमा के गर्ने ? के नगर्ने ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । खगोलको क्षेत्रमा काम गर्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने राति १०ः१२ बजे चन्द्रग्रहण सुरु हुने जनाएको छ ।समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भए अनुसार आज राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ः४१ बजे ग्रहण सकिने  छ । ग्रहणका समयमा के गर्ने ? के नगर्ने ? ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा र नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्र...
डा.नवराज लम्सालको महाकाव्य कल्प सार्वजनिक

डा.नवराज लम्सालको महाकाव्य कल्प सार्वजनिक

कला, ताजा अपडेट, ब्यानर-२, समाचार
सीता पौडेल(अर्चना) २२ भदौं,काठमाडौं।डा.नवराज लम्सालको महाकाव्य ‘कल्प’ सार्वजनिक भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित समारोहका बीच उनको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक गरिएको हो। समारोहमा पूर्वमन्त्री तथा सांसदहरू गगन थापा,विद्या भट्टराई,सुदन किराँती,सांसद मनिष झा,समालोचक राजकुमार बानियाँ र लेखक स्वयंले संयुक्त रूपमा कल्पको सार्वजनिक गरेका थिए। रेडियो नेपालको जागिर छोडेर लेखनमा क्रियाशील लम्साल आफैंले यस महाकाव्यलाई आफ्नो मस्तिष्क निचोरिएको बताएका छन्।समारोहमा उनले कल्प लेख्दाको अनुभव र उत्प्रेरणा साझा गरे। विमोचन समारोहमा कांग्रेसका महामन्त्री समेत रहेका पूर्वमन्त्री तथा सांसद गगन थापाले नवराज लम्सालको प्रतिष्पर्धा नवराज लम्सालसँग मात्र भएको बताए। साथै उनले कल्पका विषयमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा थप बहस र छलफल चलाइने प्रतिबद्धता व्यक्त ...
कर्मचारीलाई प्रधानमन्त्रीको सन्देश : नागरिकलाई झन्झट र दुःख दिने कार्य सह्य हुँदैन,काम पन्छाउने प्रवृत्तिमा सुधार ल्याउनुहोस्

कर्मचारीलाई प्रधानमन्त्रीको सन्देश : नागरिकलाई झन्झट र दुःख दिने कार्य सह्य हुँदैन,काम पन्छाउने प्रवृत्तिमा सुधार ल्याउनुहोस्

ताजा अपडेट, बिशेष, समाचार
२२ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीले नागरिकलाई झन्झट र दुःख दिने कार्य गर्दै आएको पाइएको भन्दै यस प्रकारको कार्य अब सह्य नहुने बताएका छन् । निजामति दिवसको अवसरमा शुभकामना दिंदै उनले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको समेत स्पष्ट पारे ।साथै उनले बदलिंदो विश्व परिवेश,नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्नु पर्ने आवश्यकता टड्कारो रहेको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो । सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ।बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरु...
रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र बन्यो थप आकर्षक

रैथाने इँटा बिछ्याएपछि पाटन दरबार क्षेत्र बन्यो थप आकर्षक

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
२२ भदौ, ललितपुर । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्यपूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याएपछि थप आर्कषक बनेको हो । सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ । महानगरपालिकाले करिब रु एक करोड ५२ लाख लागतमा स्थानीयस्तरमा उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याएको हो । मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको सो इँटा निकै बलियो र टिकाउ हुने महानगरको दाबी छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन् भन्छन् – ‘तत्कालिन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्ल...
हलमा लागे ‘रिमै’ सहित एडल्ट सर्टिफिकेट पाएका ‘कन्जुरिङ’ र ‘बागी ४’हलमा

हलमा लागे ‘रिमै’ सहित एडल्ट सर्टिफिकेट पाएका ‘कन्जुरिङ’ र ‘बागी ४’हलमा

ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
२१ भदौ,काठमाडौं । नेपाली भाषाको फिल्म ‘रिमै’ सहित दुई विदेशी फिल्म  हलमा रिलिज भएका छन् । हलिउडको प्रतीक्षित हरर-थ्रीलर सिरिज ‘द कन्जुरिङ’को पछिल्लो श्रृंखला ‘लास्ट राइट्स’सहित बलिउडको ‘बागी ४’  शुक्रबारदेखि रिलिज भएको छ । खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’मा दयाहाङ राई र रिश्मा गुरुङको शीर्ष भूमिका छ । गुरुङ संस्कार र संस्कृतिमा भनिएको प्रेम यसको कथावस्तु हो ।‘रिमै’को रनटाइम १३५ मिनेट छ । हलिउडको थ्रीलर–एक्सन ड्रामा ‘बागी ४’ पनि प्रदर्शनमा आएको छ ।टाइगर श्राफ, संजय दत्त,सोनम बाज्वाको अभिनय रहेको यो फिल्मको रनटाइम १६४ मिनेट छ । यो फिल्मले ‘एडल्ट’ सर्टिफिकेट प्राप्त गरेको छ । ‘द कन्जुरिङ : लास्ट राइट्स’लाई माइकल चाभ्सले निर्देशन गरेका हुन् । हरर-थ्रीलर जनरामा राखिएको यो हलिउड फिल्मको रनटाइम १३५ मिनेट छ । ‘एडल्ट’ सर्टिकफिेट प्राप्त गरेको यो फिल्मलाई १८ वर्षभन्दा माथिका...
संसदीय प्रक्रियामा एआईको उपयोगबारे अध्ययन भइरहेको छ : सभामुख घिमिरे

संसदीय प्रक्रियामा एआईको उपयोगबारे अध्ययन भइरहेको छ : सभामुख घिमिरे

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार
२१ भदौ,काठमाडौं ।सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र सङ्घीय संसद् सचिवालयमा एआईको उपयोगबारे अध्ययन भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संसद् तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने,अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुने विश्वास व्यक्त गरे।यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्ने उनको भनाइ थियो। नेपालको सन्दर्भमा पनि एआईले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुई मत नरहेको पनि उनले जिकिर गरे । जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई एआईबाट सरल बनाउन सकिने उनको विश्वास छ । तर गलत सूचना, ह्याकिङ र डाटा सुरक्षा...