Author: सगरमाथा प्रेस

संसद अवरोध खुलाउन काँग्रेस-एमाले र माओवादीबीच सहमति

संसद अवरोध खुलाउन काँग्रेस-एमाले र माओवादीबीच सहमति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३०, जेठ काठमाडौं । संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरू सहमत भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र संसद अवरोध खुलाउन सहमत भएका हुन् । नेताहरूका अनुसार भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि बृहत्तर छानबिन गर्ने सहमति भएको छ । यो विषयमा बिहीबार नै प्रमुख दलहरुबीच सहमति भएको थियो । त्यसलाई आज औपचारिकता दिने तयारी भइरहेको छ । नेताहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कदम चाल्ने विषयमा सहमति जुटेको छ ।...
महाधिवेशनमा पारित गरिएको विषय बोक्नु हामी सबैको कर्तव्य हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

महाधिवेशनमा पारित गरिएको विषय बोक्नु हामी सबैको कर्तव्य हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, जेठ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताएका छन् । राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीलाई लोकतान्त्रीकरण बाटोमा ठिक ढङ्गबाट अघि बढाएपछि एमाले पार्टी देशकै सशक्त एवं लोकप्रिय बन्न सफल भएको स्पष्ट गरे । पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै लैजाने सिलसिलामा बहुपदीय, ७० वर्षीय उमेरहद र नेतृत्वको दुई कार्यकालसम्बन्धी प्रावधान विधान महाधिवेशनबाट राखिएको स्पष्ट गर्दै उनले सो सम्बन्धमा निर्णय गर्ने ठाउँ विधान महाधिवेशन नै भएकाले अहिले त्यसका बारेमा टीकाटिप्पणी एवं छलफल गर्ने समय नभएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट गर्दै भने, “हाम्रो पार्टीभित...
भूमिहीनलाई जग्गा वितरण गर्न निवेदन आह्वान

भूमिहीनलाई जग्गा वितरण गर्न निवेदन आह्वान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, जेठ काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ । उनीहरुलाई जग्गा वितरणका लागि आयोगले पुनस् सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ । यो सूचना पहिलोपटक वैशाख ३१ गते प्रकाशित भएको थियो ।...
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, वातावरण, समाचार
२९, जेठ काठमाडौं । नेपाली बजारमा आज बिहीबार) सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार २ हजार १६५ रुपैयाँ कायम भएको थियो ।...
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, आजै नतिजा आउने

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु, आजै नतिजा आउने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, जेठ काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजे नै मतदान हुने भनिएपनि केहीबेरअघि सुरु भएको हो । ४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् । उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।मतदान सकिएको १ घण्टा पछि मतगणना सुरु हुने र आज राती नै मतपरिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ ।...
आजबाट वृहस्पति ग्रह अस्त हुँदै, विवाह गर्न मङ्सिरसम्म कुर्नुपर्ने

आजबाट वृहस्पति ग्रह अस्त हुँदै, विवाह गर्न मङ्सिरसम्म कुर्नुपर्ने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, जेठ काठमाडौं । २०८२ ज्येष्ठ २९ गते (सन् २०२५ जुन १२ तारिख) बिहीबार अर्थात आज बेलुकी ५ बजेर ७ मिनेटबाट वृहस्पति ग्रह पश्चिममा अस्त हुँदै छन् । आजबाट अस्त हुने वृहस्पति असार २२ गते (२०२५ जुलाई ६ तारिख) आइतबार बिहान ६ बजेर ५३ मिनेटमा पूर्वमा उदय हुनेछन् । जब वृहस्पति सूर्यसँग ११ डिग्रीभन्दा कम कोणमा आउँछ तब अस्त मानिनेछ र उसले दिने फल कमजोर हुन्छ र पूर्ण रूपमा निष्क्रिय मानिनेछ । वृहस्पति ग्रहलाई ज्ञान, धर्म, विवाह, सन्तान र शुभ कार्यको प्रमुख कारक ग्रह मानिन्छ । यो ग्रहलाई शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ । त्यसैले जब यो ग्रह अस्त हुन्छ तब यसको शुभ प्रभावहरू पृथ्वीका कम आउने विश्वास गरिन्छ र शुभ कार्यहरू गरिँदैन । महत्त्वपूर्ण दुई शुभ ग्रहहरू वृहस्पति र शुक्र अस्तको समयमा शुभ कार्य थालनी गर्नुहुन्न भन्ने शास्त्रीय मान्यता पनि रहेको छ । विगत वर्षहरूमा असारमा विवाहको लगन...
दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९,जेठ काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको २९० औँ बैठक बस्नेछ  । बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थासँग सम्बन्धी छलफल गरिनेछ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक १ बजे बस्नेछ । बैठकमा नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।...
अन्तरमन्त्रालय सहजीकरणमा प्राथमिकता दिन निर्देशन

अन्तरमन्त्रालय सहजीकरणमा प्राथमिकता दिन निर्देशन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२९, जेठ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा प्राथमिकता निर्धारण गरेर सहजीकरण गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बुधबारको बैठकमा उहाँले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका हुन् । “अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिँडौँ । प्राथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौँ,” उनले भने । व्यावहारिक पक्षलाई हेरेर परिणाममुखी हिसाबले आगामी आर्थिक वर्ष २०८२/८३ को मासिक र वार्षिक लक्ष्य निर्धारण गर्नुपर्नेमा पनि उनले जोड दिए । अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्यसम्पादन गर्न निर्देशन दिए । आगामी बजेट कार्यान्वयनमा जाँदा कानुन संशोधन गर्नुपर्ने आवश्यकता भएकाले सबैसँग...
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२९, जेठ काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०० रुपैयाँ १० पैसा, सिंगापुर डलर एकको खरिददर १०६ रुपैयाँ ११ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ...
बालबालिकाको अधिकार सम्बन्धी समाचारलाई प्राथमिकता दिन आग्रह

बालबालिकाको अधिकार सम्बन्धी समाचारलाई प्राथमिकता दिन आग्रह

ताजा अपडेट, वातावरण, समाचार
२९, जेठ काठमाडौं । देशका सञ्चारमाध्यमले बालश्रम एवं बाल अधिकारको सवालमा प्रभावकारी ढंगबाट समाचार सम्प्रेषण गर्नुपर्ने सञ्चारकर्मी एवं सरोकारवाहरुले माग गरेका छन् । बालश्रमविरुद्धको विश्व दिवस २०२५ को पूर्वसन्ध्यामा बुधबार बालबालिका तथा मिडिया समूहद्वारा आयोजना गरिएको बालश्रमसम्बन्धी विषयमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रममा सहभागीले बालबालिकाको समाचारलाई मिडियाले थप चासोका साथ ठाउँ दिनुपर्ने बताएका हुन् । समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) को सहयोगमा सम्पन्न कार्यक्रममा सिविसका एड्भोकेसी एड्भाइजर तथा बालअधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि ११ लाख बालबालिका प्रत्यक्ष रूपमा श्रममा रहेको तथ्यांक राखे । ‘बालश्रम–खोसिएको बालपनको यथार्थ कथा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै उनले श्रममा रहेका ११ लाख बालबालिकामध्ये करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संल...