सम्पादक समाज नेपालले ग¥यो काठमाडौंदेखि लौके झरनासम्मको पदयात्रा,आन्तरिक पर्यटकको हब बन्दै लौके झरना
सीता पौडेल(अर्चना)
२३ भदौ,काठमाडौं।विभिन्न किमिसमका सञ्चार माध्यमहरुमा कार्यरत समाचार सम्पादकहरु आवद्ध रहेको ‘सम्पादक समाज नेपाल’ले काठमाडौंदेखि नुवाकोटको लौके झरनासम्मको पदयात्रा गरेको छ।
जलवायु परिवर्तनका असरहरु विरुद्ध जनचेतना जगाउने र त्यसबाट बच्ने उपायहरुको खोजी गर्ने उद्देश्यले समाजले हिजो शनिबार सम्पादकहरुसँगको पदयात्रा कार्यक्रमको आयोजना गरेको समाजका महासचिव तथा कार्यक्रम संयोजक श्यामकाजी डोटेलले जानकारी दिए ।
महासचिव डोटेलले काठमाडौंका विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत सम्पादक र पत्रकारहरु गरि एक सय भन्दा बढी पत्रकारहरुको पदयात्रामा सहभागिता रहेको बताए।सो पदयात्रामा काठमाडौंदेखि नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ८ मा रहेको लौके(ठूलो छहरे)झरनाको मनोरम दृश्यको अवलोकनसँगै नुवाकोटको सूइरेचौर÷सूर्याचौर लगायतका विभिन्न स्थानहरुको स्थलगत भ्रमण गरेर त्यहाँको वस्तुस्थि...




