ब्यानर-१

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
चितवन । पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।...
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ‘फाष्ट ट्रयाक’बाट पारित हुदै

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ‘फाष्ट ट्रयाक’बाट पारित हुदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं।लामो रस्साकस्सीपछि संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक आज बुधबार संसदबाट पास हुने तयारीमा छ।सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) ‘फाष्ट ट्रयाक’बाट पारित गर्न लागेको हो। हिजो पेस भएको विधेयका आज बस्ने प्रतिनिधिसभाको बैठकले पास गर्ने कार्यसूची रहेको छ।दिउँसो १ बजे बस्ने बैठकमा कानुन,न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले “कानुन,न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव गर्नै संसद् सचिवालयले जनाएको छ। त्यस्तै सो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक,२०८१ लाई पारित गरियोस् भनी कानुनमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ। नेपालको संक्रमणकालीन न्यायला...
सानोभर्‍याङको काष्ठ उद्योगमा आगलागी

सानोभर्‍याङको काष्ठ उद्योगमा आगलागी

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
३० साउन,काठमाडौं ।काठमाडौँको सानोभर्‍याङस्थित एक काष्ठ उद्योगमा  आगलागी भएको छ। मंगलबार राती करिब पौने नौ बजेको समयमा व्यवसायी पृथ्वीबहादुर थापाको काष्ठ उद्योगमा आगलागि भएको हो।  थापाको ‘ईचङ्गुनारायण काष्ठ उद्योग’ मा आगलागि भएको स्वयम्भू स्थित प्रहरीले जानकारी दिएको छ। आगलागिको कारण भने खुलेको छैन।...
युवाहरूलाई प्रधानमन्त्रीको आग्रह : २०–३० वर्षमा बिहे गर्नुस्,बच्चाबच्ची पाइहाल्नुस्

युवाहरूलाई प्रधानमन्त्रीको आग्रह : २०–३० वर्षमा बिहे गर्नुस्,बच्चाबच्ची पाइहाल्नुस्

ताजा अपडेट, ब्यानर-१, राजनीति, विचार, समाचार
२९ साउन,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० देखि ३० वर्षको उमेरमा विवाह गर्न सुझाव दिएका छन्। नेपाल युवा सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा जनसंख्या घट्दो क्रममा रहेको भन्दै देशको आवश्यक्ता र जनसंख्याको निरन्तरका लागि पनि युवाहरूले ध्यान दिनुपर्ने बताए।उनले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र चाँडो सन्तान प्राप्तिका योजना बनाउन युवालाई आग्रह गरे । ‘गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर,उमेर छन्जेल विदेशमा बसेपछि जनसंख्या झन् घट्ने भो।’ ओलीले भने, ‘मेरो एउटा सुझाव छ,२०–३० वर्षमा बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस्।त्यसो गरेपछि काममा लागे पनि भयो, विदेश गए पनि भयो,छोराछोरी हुर्कँदै गर्छन्।’ ’ फ्युचर जेनेरेशनको कुरा गर्ने अनि फ्युचर भनेको पैसा हो ?ओलीले प्रश्न गरे,फ्युचर भनेको पैसा हो? पैसाले फ्य...
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन्  : प्रधानमन्त्री ओली

युवालाई उद्यमशील बनाउने योजना बन्दैछन्  : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताए। देशमा रोजगारीका अवसर नहुँदा युवावर्ग विदेशिने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्ने जोखिम रहेकाले युवाहरूलाई यसतर्फ सोच्न आग्रह गरे। प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउनुपर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएको बताए।...
सार्कका विविध पक्षबारे छलफल

सार्कका विविध पक्षबारे छलफल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन  (सार्क) का विविध पक्षबारे परराष्ट्र मन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवासँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ । सार्कको अध्यक्षका रूपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्र मन्त्रीका रूपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हालेकोमा मन्त्री राणाप्रति बधाई ज्ञापन गरे । भेटका अवसरमा उनीहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो ।...
नाकामा अवरोध हटेपछि पर्यटक आवागमनमा सहज

नाकामा अवरोध हटेपछि पर्यटक आवागमनमा सहज

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । कोभिड(१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल(भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ । यही साउनको पहिलो साता गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवसँगको शिष्टाचार भेटमा भारतसित जोडिएका नाकाबाट भारत प्रवेश गर्न तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउने विषयमा छलफल गरेको थियो । भारतीय पक्षले साउनको दोस्रो सातादेखि अध्यागमन सेवाको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएपछि झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले इलामको पशुपतिनगर नाकाबाट भारत जान भारततर्फ अध्यागमन कार्यालय नभएको बाहेक भारतसित जोडिएका मुलुकका सबै नाकाबाट पर्यट...
अशोक अर्यालको तीज गीत ‘अमेरीकामा घर’सार्वजनिक,एक सातामै झन्डै दुईलाखले हेरे

अशोक अर्यालको तीज गीत ‘अमेरीकामा घर’सार्वजनिक,एक सातामै झन्डै दुईलाखले हेरे

कला, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
सीता पौडेल (अर्चना) २९ साउन,काठमाडौं ।कलाकार अशोक अर्यालको तीज गीत ‘अमेरीकामा घर’ सार्वजनिक भएको छ । कलाकार शान्तीश्री परियार र अशोक अर्याल स्वयंंको आवाज रहेको उक्त गीत गत हप्ता सार्वजनिक भएको हो।अशोका इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलबाट गत हप्ता मात्रै सार्वजनिक गरिएको उक्त गीतलाई एक सातामै एक लाख छयानब्बे हजार छ सयभन्दा बढीले हेरीसकेका छन्। यस गीतमा संगीतकार राजु अर्यालले संगीत संयोजन गरेका छन्।भने,राजेश पौडेल र डा.विष्णुमुर्ति भट्टराइको शब्द संयोजन रहेको गायक अशोक अर्यालले जानकारी दिए। उनका अनुसार मालाश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको विनोद बाजुरालीले एरेन्ज गरेका हुन्।यस्तैगरि सो गीतमा सागर बाजुरालीको रेकर्ड र खडक बाजुरालीको मिक्सिङ रहेको छ। अमेरीका निवासी अर्यालको उक्त गीतको छयाँकन भने,अमेरीकाको नर्थ क्यारोलाइनामा गरिएको छयाँकनमा सहभागी अमेरीका निवासी कला ...
‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदवारमा आज निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका छन् । ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामति ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।...
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।आज बिहानैदेखि कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पनि देशभर मौसम साधरणतया बदली रहने छ।कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।भने,कोशी,बागमती,गण्डकी,कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उता आज रातिपनि कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी,बागमती,गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ। कोशी,बागमती,गण्डकी,कर्णाली...