ब्यानर-१

प्रेरक प्रसंग : को ठूलो ?

प्रेरक प्रसंग : को ठूलो ?

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।एकपटक देवर्षि नारदको मनमा संसारमा ठूलो को हो ? भन्ने जान्न उत्सुकता जागेछ।धेरै बेरको चिन्तन मनन पश्चात पनि तथ्य कुरा थाहा पाउन नसकेकाले विष्णु भगवान सामु जानु भएछ र आफ्नो मनोभाव विष्णु भगवानसामु व्यक्त गर्नु भएछ । नारदको यस्तो उत्सुकता देखेर भगवान विष्णु मुस्कुराउँदै भन्नु भएछ – ‘हे नारद ! सबभन्दा ठूलो त यहि पृथ्वी देखिन्छ तर पृथ्वी भन्दा त समुन्द्र नै ठूलो हो । फेरी सम्पुर्ण समुन्द्र त अगस्त्य ऋषिले पिइदिएका थिए।भनि नारदले भने।अतः समुन्द्र कसरी ठूलो हुन सक्छ ? समुन्द्र भन्दा त अगस्त्य ऋर्षि ठूला भए तर अगस्त्य ऋषि त अनन्त आकाशको एक सिमित क्षेत्रमा केबल जुनकीरिसरह तारा बनेर चम्किरहेका छन्।यसैले उनि पनि ठूला भएनन् । उनीभन्दा त आकाश नै ठूलो भयो ।तिमीलाई थाहा छ वामन अवतरमा मैले सम्पुर्ण आकाश एकै फट्कामा नापिदिएको थिएँ ।तर म सबैभन्दा ठूलो किन छैन भने म त तिम्रो ...
ट्याङ्कर चालकसँगको सहमतिपछि तेल आपूर्ति सुचारु

ट्याङ्कर चालकसँगको सहमतिपछि तेल आपूर्ति सुचारु

अर्थतन्त्र, ब्यानर-१, समाचार
काठमाडौं । सरकार र आन्दोलनरत ट्याङ्कर चालक बीचको सहमतिपछि तेल आपूर्ति सुचारु भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा ट्याङ्कर चालकले राखेको मागबारे अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै आन्दोलन फिर्ता भएको हो । समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने छ । आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूले आन्दोलन गर्दा देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको थियो । आफ्ना ट्याङ्कर मालिकसँग राख्नुपर्ने माग उनीहरूले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष राख्दै आन्दोलनमा उत्रिएका थिए ।...
पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बिचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिइन् । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।...
आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ...

संवैधानिक परिषद्को आज बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार परिषद्को बैठक आज साँझ ६ बजे बस्ने तय भएको छ । निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त रहेकाले सो विषय लगायतमा छलफल गर्न परिषद्को बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्‌मा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहन्छन् ।...

१७ अंकले घट्यो नेप्से परिसूचक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७।०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार आइतबाट नेप्से घटेर दुई हजार ९५.२५ विन्दुमा आइपुगेको छ। आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता सेयर ७१ हजार नौ सय ९७ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। होटेल तथा पर्यटन समूहको उपसूचक ०.०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लघुवित्त समूह १.७१ र अन्य विकास बैंक समूह १.२० प्रतिशतले घटेको छ। नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।...
मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने

मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
जमुना धमला काठमाडौँ । मनसुन सक्रिय हुन् अझै केही दिन लाग्ने भएको छ ।यस वर्षको मनसुन प्रणाली तीन दिन छिटो गरी गत सोमबारदेखि कोशी प्रदेशबाट नेपाल भित्रिए पनि देशभर फैलिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् विनु महर्जन बताइन् । ‘अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकाले मनसुन प्रणाली सक्रिय हुन् सकेको छैन्,’ मौसमविद महर्जन भनिन् । उनका अनुसार मनसुनी वायु बलियो भएर पश्चिमी वायुलाई धकेलेपछि मात्रै मनसुनी गतिविधि बढ्छ । अहिले त्यो अवस्था नरहेको उनले बताइन् । हाल देशका स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । सोही कारण मनसुन देशभर फैलिन अझै केही दिन महर्जनले बताइन् । विभागले यस वर्ष मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जना...
सहकारी छानबीन समितिको विशेष बैठक १ बजे बस्दै

सहकारी छानबीन समितिको विशेष बैठक १ बजे बस्दै

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारीको बचत रकम हिनामिना र अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सहकारी ठगी सम्बन्धि कार्यविधि पास गर्न बैठक बस्न लागिएको समितिका सदस्य बद्री पाण्डेले जानकारी दिए । त्यसअघि कार्यदलका सदस्यहरूसँग समेत छलफल गर्ने तयारी भएको पाण्डेले बताए । समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने तयारी गरेको छ । समितिको सभापतिमा सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्य थापा रहेका छन् । सदस्यहरूमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान रहेका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नै संलग्न भएको भन्दै नेपाली कांग्र...

प्रतिनिधि सभाको बैठक बस्दैः सांसदहरुले खर्च कटौतीको प्रस्ताव पेश गर्ने

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरुले खर्च कटौतीको प्रस्ताव पेश गर्ने भएका छन् । बैठकमा विनियोजन विधेयक–२०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफल हुने एक सांसदले बताए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्नेछन् । सांसद रामहरी खतिवडाले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । डा. अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।...
राष्ट्रपति पौडेल जर्मनको बर्लिनमा

राष्ट्रपति पौडेल जर्मनको बर्लिनमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
बर्लिन ।राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् ।उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का,दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका छन् । राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न बर्लिन पुगेका हुन् ।उनले असार ३ गते जर्मनीका समकक्षीसँग औपचारिक वार्ता गर्ने सचिवालयले जनाएको छ।...