ब्यानर-१

तीनकुनेको किराना स्टोरमा आगलागी

तीनकुनेको किराना स्टोरमा आगलागी

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । तीनकुनेको किराना स्टोरमा आगलागी भएको छ । खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान ११ बजेर ३० मिनेटमा सुरु भएको आगो नियन्त्रण गर्न विभिन्न स्थानबाट दमकल आएको थियो । एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ । क्षतिको विवरण आइसकेको छैन । बानेश्वर प्रहरी वृतका डीएसपी रमेशकुमार तामाङले पौने घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको बताए । उनले आगो नियन्त्रणका लागि ५ वटा दमकल प्रयोग भएको  पनि जानकारी दिए । ...
सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, राजनीति, समाचार
कास्की ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सराङकोटका जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास,खानेपानी,सडक लगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए।  ...

२०२३ को वातावरण पत्रकारिता पुरस्कार पत्रकार वसन्तप्रताप सिंहलाई

ब्यानर-१, समाचार
काठमाडौं । नेपाल वातावरण पत्रकार समूह ९नेवापस० ले यस वर्षको वातावरण पत्रकारिता पुरस्कार वसन्तप्रताप सिंहलाई दिने भएको छ । कान्तिपुर दैनिकमा कार्यरत सिंह वातावरण क्षेत्रमा निरन्तर खोजमूलक समाचार लेख्दै आएका छन् । नेवापस ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा ३ दशकदेखि वातावरण क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सन् २०२३ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी यो पुरस्कार प्रदान गर्ने निर्णय भएको समूहले जनाएको छ । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार’ पाउने सिंह ३७ औं पत्रकार हुन् । उनलाई समूहको आगामी साधारण सभामा पुरस्कार हस्तान्तरण गरिने नेवापसले जनाएको छ ।...

मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।हाल देशमा स्थानीय वायु,पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।साथै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले आज देशको केही स्थानमा मेघगर्जन\चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञानका अनुसार उक्त प्रणालीको प्रभावले कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश,लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोशी,मधेश,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशा...
नेदरल्याण्ड्ससँग नेपाल पराजित

नेदरल्याण्ड्ससँग नेपाल पराजित

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । आईसीसी टी २० विश्वकप २०२४ अन्तर्गत समूहको  आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८।४ ओभरमा ४ विकेठ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए । नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।...
सरकारले स्वास्थ्य सेवा शुल्क तोक्नुपर्छ : तोसिमा कार्की

सरकारले स्वास्थ्य सेवा शुल्क तोक्नुपर्छ : तोसिमा कार्की

ब्यानर-१, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी हुन् । सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाइ गर्न नहुने बताइन् । उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई आग्रह गरिन्...
गण्डकीमा आजदेखि श्रमाधान मेला सुरु हुँदै

गण्डकीमा आजदेखि श्रमाधान मेला सुरु हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
पोखरा।गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु हुँदैछ।पोखराको ईभेन्ट सेन्टरमा हुन लागेको सो मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिएका छन्। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको सो मेलाको होटल संघ नेपाल (हान)ले संयोजन गरेको छ।भने,नेपाल उद्योग बाणिज्य महासंघ,नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ,नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका संस्था सह–आयोजकका रुपमा रहेको उनले जानकारी दिए। मेलाको श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम छ। मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेक...

आजदेखि बजेटमाथि छलफल शुरु हुने

ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।आगामी आर्थिक वर्ष ०८१८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजदेखि छलफल हुँदैछ ।छलफलका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको थियो। अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् । राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजश्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक डाकिएको छ।राष्ट्रिय सभामा ३ दिन बजेटमाथि छलफल सकेर २३ गते अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको बताइएको छ।...
तोकिएकै समयमा निर्वाचन गर्न पत्रकारका सङ्गठनको माग,महासंघले ग¥यो ताला खोल्न अनुरोध

तोकिएकै समयमा निर्वाचन गर्न पत्रकारका सङ्गठनको माग,महासंघले ग¥यो ताला खोल्न अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न पत्रकारसम्बद्ध विभिन्न छ सङ्गठनले माग गरेका छन्। महासङ्घको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुङ्गो लगाएर सावर्जनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल,प्रेस सेन्टर नेपाल,समाजवादी प्रेस सङ्गठन नेपाल,प्रगतिशील पत्रकार सङ्घ नेपाल,जनपत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी प्रेस सङ्गठनले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। सङ्गठनहरुले छिटो सदस्यता टुङ्गो लगाई तोकिएको समयमा निर्वाचनको सुनिश्चितता गर्न पनि महासङ्घ नेतृत्वसँग आग्रह गरेका छन्। “निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकामा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएको प्रति हाम्रो गम्भीर ध...
काठमाडौं महानगरले माग्यो २४१ जना नगर प्रहरी र १७ जना कार्यालय सहयोगी,वैकल्पिक सुचिलाई प्राथमिकता

काठमाडौं महानगरले माग्यो २४१ जना नगर प्रहरी र १७ जना कार्यालय सहयोगी,वैकल्पिक सुचिलाई प्राथमिकता

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
काठमाडौं ।काठमाडौं महानगरपालिका (कामपा)ले २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको छ। कामपाले शनिवार एक सूचना जारी गर्दै २५८ जनाको पदपूर्तिका लागि दरखास्त आवहन गरेको हो ।महानगरपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई दरखास्त दिन आग्रह गरेको छ। ७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्नु पर्ने  सो सूचनामा उल्लेख छ।...