ब्यानर-२

अब काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क नलाग्ने

अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । अब काठमाडौं महानगर भित्रका सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । महानगरले एक सुचना जारी गर्दै महानगर क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था मिलाएको बताएको हो । पहिले महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका थिए । निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएसँगै शुल्क हटाउन लागिएको बताइएको छ । सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । सूचना विपरीत सा...

न्युरोडमा पार्किङ गर्नेहरु नै फुटपाथ बनाउँदा विरोध गरिरहेका छन् : मेयर बालेन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले न्युरोडमा पार्किङ गर्नहरुले नै तीन फुटको फुटपाथ बढाउन खोज्दा विरोध गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्ना भनाइहरु राख्दै उनले सडकमा सवारीसाधन राख्दा सडक साँघुरो नहुने तर फुटपाथ बनाउँदा कसरी साँघुरो हुने भन्ने प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘सोच्नु त, सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’ सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्न उनले सबैलाई अनुरोध समेत गरेका छन् । ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिऊँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेह...
महिलाहरुको पहिले जस्तो पिछडिएको अवस्था छैन : महासचिव पोखरेल

महिलाहरुको पहिले जस्तो पिछडिएको अवस्था छैन : महासचिव पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
 मिना घोरासाइने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले साँस्कृतिक रुपमा समाजको सुधार नभई महिलाको विकास नहुने बताएका छन् । बिहीबार सम्पन्न एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पितृसत्तात्मक नेपाली समाज यथावत रहेकाले महिलाहरु अझै पछाडि परेको बताए । उनी भन्छन्, ‘जुन संस्कृतिले महिलाको भूमिकालाई कमजोर पार्यो, त्यही संस्कृतिको उपासना गर्ने परम्परा विशाल भइरहेको छ ।’ जसका कारण महिलाहरु अझै खुम्चिएर बस्नुपरेको उनको धारणा छ । उनका अनुसार नेपालको राजनीतिक इतिहासमा महिलाले विशेष भूमिका निर्वाह गरेपनि अझै पिछडिएको अवस्थामा छन् । विकसित देशमा महिलाले अझै मतदान गर्न नपाएको अवस्थामा नेपाली महिलाले त्यो अधिकार पाउनु निकै ठूलो गर्वका कुरा भएकोमा उनले खुसी व्यक्त गरे । उनी थप्छन्, ‘नेपालको राजनीतिक पहुँचको हिसाबमा महिलाहरु निकै माथि पुगिसके...
राष्ट्र बैंकले ५० अर्ब तरलता तान्ने

राष्ट्र बैंकले ५० अर्ब तरलता तान्ने

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएर रहेको तरलता तान्ने भएको छ । केन्द्रिय बैंकले आज बैंकिङ प्रणालीमा थुप्रिएर रहेको ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो । बैंकले १४ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल मार्फत प्रशोचन गर्नेछ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । गत हप्ता मात्र केन्द्रीय बैंकले ७ दिनका लागि ३५ अर्ब तरलता प्रशोचन गरेको थियो । जेठ १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ७अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब १७ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा ८०।२२ प्रतिशत कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २।९९प्रतिशतमा झरेको छ भने ट्र...
धरौटीमा छुटे सिरोहिया

धरौटीमा छुटे सिरोहिया

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । अवैध नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुुपका अध्यक्ष धरौटीमा रिहा भएका छन् । जेठ ९ गते पक्राउ परेका उनी बुधबार हाजिरी जमानतमा रिहा भएका हुन् । प्रहरीले बोलाएको समयमा सरकारी वकिल कार्यालयको सिफारिसमा उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । एयर लिफ्टमार्फत काठमाडौं ल्याइएका उनको जमानत छोरा सम्भव सिरोहियाले बुझेका थिए । फौजदारी कार्यविधि संहिताको दफा १५ उपदफा (१) अनुसार परिवारको सदस्यको जमानतमा आरोपीलाई हिरासतमुक्त गर्न मिल्ने व्यवस्था अनुरुप उनलाई रिहा गरिएको बुझिएको छ । सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डे पुनः नियुक्त

ब्यानर-२, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको तर्फबाट सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए। ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसको तर्फबाट २७ जना सदस्य छन्।...

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । पर्यटकको संख्या बढ्दै गएपछि अब पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने भएको छ । असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पहिले शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्दै आइएको उनले बताए । उनले भने, ‘अहिले भारतीय लगायत पर्यटकहरूको आगमन पशुपतिनाथ दर्शनका लागि बढ्‍दै गएको छ। पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोल्ने निर्णय गरेको छ।’...

नेप्सेमा २३.८१ अंकको गिरावट

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषणपछिको पहिलो कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा रोकिएको हो । बुधबार चार अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आज युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लाहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । युनिलिभरको सेयर मूल्य एकै दिन तीन हजार ९३५ रुपैयाँ बढेको छ भने कालिन्चोक दर्शनको सेयर मूल्य प्रतिकित्ता ११२ रुपैयाँले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१ रुपैयाँले घटेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स, होटेल तथा पर...
गृहमन्त्री लामिछानेविरुद्ध परेको रिट स्थगित

गृहमन्त्री लामिछानेविरुद्ध परेको रिट स्थगित

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । सर्वाेच्च अदालतले गृहमन्त्री रवि लामिछाने विरुद्धको रिट स्थगित गरेको छ । निवेदक अधिवक्ता अनुपम भट्टराईले सो रिट स्थगित गराउन निवेदन दिएपछि बुधबार सर्वोच्‍च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको उक्त रिट स्थगित भएको हो। गृहमन्त्री लामिछानेलाई सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गर्दै पोखरेलले सर्वाेच्चमा रिट दायर गरेका थिए । महान्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरीरजाहेरी नरहेको पत्र दिएको थियो। पत्रमा कार्यालयले रूपन्देही, कास्की र चितवनमा बुझ्दा लामिछानेविरूद्ध उजुरीरजाहेरी नरहेको र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख गरेको थियो।...

कोशी प्रदेश सरकारबारे आज सर्वाेच्चमा पेशी

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको आज पेशी हुँदैछ । बैशाख २६ गते मुख्यमन्त्री पदबाट केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त गरेका थिए । केदार कार्की पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका थिए । सरकार गठनका विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेका थिए ।...