एमालेले महिला भेला गरेर छैटौँ राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै,११ बजे कमलादिमा भेला गर्ने
सीता पौडेल(अर्चना)
काठमाडौं।‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नाराका साथ आज छैटौँ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाईँदै छ।
यसै अवसरमा नेकपा (एमाले)ले सबै क्षेत्रमा महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिता रहनु पर्ने आवश्यक्ता औंल्याउँदै आज जेठ १६ र भोलि जेठ १७ गते दुई दिन राष्ट्रिय महिला भेला कार्यक्रमको आयोजना गरेको अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालले जानकारी दिएकी छिन्।
उनका अनुसार आज बुधबार एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा काठमाडौंको कमलादि स्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजना हुने सो भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछन्।भने,एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ताका रुपमा रहेका छन्।
राज्यका हरेक तह र तप्कामा महिलाको अर्थपूर्ण सहभागिताका लागि सामूहिक प्रयास हुनु जरूरी भएकाले महि...



