ब्यानर-२

पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

पहुँचको भरमा माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
रुपन्देही ।उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले अब पहुँचका भरमा माफी मिनाहा हुने परिपाटी सदैका लाग बन्द हुने बताएका छन् । बिहीबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौवस्तामा रहेको क्षेत्रीय कारागारको उद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछाने दलका नेतालाई भनेर,प्रहरीलाई भनेर गम्भीर अपराधमा जोडिएकाहरूले माफी मिनाहा गराउने सपना नदेख्न सुझाए।तर राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानून बमोजिम माफी मिनाहा हुने उनको भनाई छ। ९ बिगाहा क्षेत्रफलमा निर्मित यस कारागारलाई एउटा ब्लकमा १ हजार ५६ जना कैदिबन्दी रहन सक्ने गरी ४ वटा ब्लकमा निर्माण गरिएको छ।...
अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्हरुको भनाई छ।...
कुसङ्गतिको फल

कुसङ्गतिको फल

ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं।रोमका एक चित्रकार यस्तो व्यक्तिको चित्र बनाउन चाहन्थे,जसको अनुहार,सोझोपन,सरलता र दीनताको भाव स्पष्ट रुपले देखियोस् । वषौंको खोजपछि उनलाई त्यस्तै एउटा बालक फेला प¥यो र उनले त्यसको चित्र बनाए। चित्रको धेरै प्रसंसा भयो । उनको ख्याति चारैतिर फैलियो ।१५–२० वर्षपछ यस्तो व्यक्तिको चित्र बनाउने इच्छा भयो,त्यसको मुखबाट घोर क्रुरता र दृश्टताको भाव देखियोस्। यस्तो व्यक्ति कारागारमा नै पाइने धेरै सम्भावना भएकाले उनि कारागारमा गए । त्यहाँ उनलाई खोजे\जस्तै एक कैदी फेला प¥यो ।कलाकारले त्यस कैदीलाई भने,‘म तिम्रो तस्विर बनाउन चाहन्छु ।कैदीले अलि डराउँदै भन्यो,“मेरो चित्र किन?” चित्रकारले पहिले बनाएको चित्र देखाए र आफ्नो अभिप्राय स्पष्ट पारे। त्यो चित्र देखेर कैदीले ठूलो स्वरले रुँदै भन्यो,“यो चित्र त मेरै हो ।” चित्रकारले अश्चर्य मान्दै सोधे,“तिमी यस्तो अवश्थामा कसरी पुग्यौं”कैदिले पश्चत...
सुरज पण्डित र लक्ष्मण देवकोटाको ‘रातो किताब’ सार्वजनिक

सुरज पण्डित र लक्ष्मण देवकोटाको ‘रातो किताब’ सार्वजनिक

कला, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।सुरज पण्डित र लक्ष्मण देवकोटाकफ प्रस्तुतीमा नयाँ गीत ‘रातो किताब’ सार्वजनिक भएको छ। पण्डितकै स्वर,शब्द र संगीतमा सो गीत सार्वजनिक भएको हो। गीतमा लक्ष्मण सुनारको निर्देशन रहेको छ।भने देवकोटा,सुस्मीता कुँवर र वसन्त उदासलगायतको अभिनय रहेको छ। सर्जकका अनुसार रातो किताब एउटा सरकारी किताब हो जुन विशेषत बजेट र अर्थनीतिसँग सम्बधित छ। ‘जनताका वास्तविक आवश्यकता र चाहनालाई समान र न्यायिक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ ।तर बिडम्बना नेपालको परिस्थिति यसो हुन सकेन र यो भुइँ मान्छेका सपना पूरा गर्ने जनताको आफ्नो किताब नबनेर सिमित मान्छेका स्वार्थ पूरा गर्ने पकेटको किताब बन्न पुग्यो। अब यस्तो नहोस् भनेर यस परिस्थितिलाई खबरदारी गर्नका खातिर रातो किताब जस्तो सांगीतिक सिर्जनाको परिकल्पना गरिएको हो’, गीतबारे उल्लेख गरिएको छ।...
गोदावरी मेयर कप : कीर्तिपुरको जित,तारकेश्वर पराजित,नागार्जुन पनि क्वार्टरफाइनलमा

गोदावरी मेयर कप : कीर्तिपुरको जित,तारकेश्वर पराजित,नागार्जुन पनि क्वार्टरफाइनलमा

खेलकुद, ब्यानर-२, समाचार, स्थानीय
ललितपुर । गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा कीर्तिपुर नगरपालिका प्रवेश गरेको छ। प्रतियोगितामा कीर्तिपुरसँगै मध्यपुर थिमि नगरपालिका,नागार्जुन नगरपालिका,चन्द्रागिरि नगरपालिका,महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्वार्टरफाइनलमा पुगिसकेका छन्। गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा मंगलबार सम्पन्न खेलमा तारकेश्वर नगरपालिकालाई ५–० गोल अन्तरले हराउँदै कीर्तिपुरले जित हाँसिल गरेको हो ।खेलमा कीर्तिपुरका लागि यमन मर्हजनले ह्याट्रिक गरेका थिए ।भने,इन्द्रबहादुर बस्नेतले २ गोल गरेका थिए। जितसँगै सेमिफाइनल प्रवेशका लागि कीर्तिपुरले मध्यपुर थिमि नगरपालिकासँग बैशाख २२ गते दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने भएको छ।मध्यपुर थिमि सोमबार टोखा नगरपालिकालाई हराएर ...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैङ्कमा ग्लोबल आइएमई

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेड आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैङ्क तथा वित्तीय संस्थाको रूपमा रहेको छ । आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैङ्क तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएको भन्दै ग्लोबल आइएमई बैङ्कलाई नेपाल राष्ट्र बैङ्कको ६९औँ वार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको हो। नेपाल राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारमा हालै आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसापत्र प्रदान गरेका थिए । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व,सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैङ्कले उल्लेख गरेको...

लगानी सम्मेलमा भएका सम्झौता के के छन्,आशयपत्र पेश गर्न समयअवधि कति?

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
काठमाडौं । हिजो सोमबार सम्पन्न भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सम्मेलनमा ८ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीले सहभागिता जनाए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशी भट्टका अनुसार नेपाल लगानी प्रवद्र्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन सफल भएको छ।तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी,उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो रहेको उनको भनाई छ । आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया संकलन)का ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको सम्मेलनमा लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको बोर्डले जानकारी दिएको छ। विश्व बैंक,चीन,भारत,कुवेत,युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गर...

लगानी सम्मेलनबाट ९ अर्ब १३ करोड लगानी स्वीकृत

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । लगानी सम्मेलनमा उद्योग विभागले ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरेको छ ।विभागका अनुसार विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको हो । जसमा भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब,काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब लगानी स्वीकृत भएको विभागले जनाएको छ । यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख लगानी स्वीकृत भएको विभागले उल्लेख गरेको छ ।   यसैगरी ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ। विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको समेत उद्घाटन गरेको छ। सरकारले स्वचालित मार्गबाट विदेशी ...

यी स्थानमा आज वर्षा र हावाहुरीको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
काठमाडौं ।हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसको कारणले देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको छ।भने,बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी,गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना  छ। त्यस्तै कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।लुम्बिनी,मधेश,सुदूरपश्चिम र कोशी प्रदेशसहित बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाको भनाई छ। उता आज राति पनि कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।भने,लुम्बिनी,मधेश,सुदूरपश्चिम र कोशी प्रदेशका केह...

इलाममा किन भयो घण्टीको जमानत जफत !

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गतको निर्वाचनमा रास्वपा(घण्टी चिन्ह)को जमानत जफत भएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रको निर्वाचनमा घण्टीको तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूको जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत आएपछि घण्टीको जमानत जफत भएको हो । कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । तर लिम्बुको ५ हजार ५० भोटमात्र आएको छ । उनिसँगै अन्य आठ जना उम्मेदवारको पनि जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य ऐन अनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।  ...