ब्यानर-२

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा भक्तपुरका एक वृद्ध पक्राउ

ताजा अपडेट, ब्यानर-२, समाचार
भक्तपुर।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर नगरपालिका,३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई  प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले फाजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको प्रहरीले बताएको छ ।जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।...

रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्बको लागतमा लक्जरी रिसोर्ट बनाउने

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
काठमाडौं ।नेपालको सुन्दर र मनोरम प्राकृतिक दृश्य भएको पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खर्चेर लक्जरी रिसोर्ट बनाउने भएको छ । काठमाडौंमा जारी लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच सो सम्बन्धमा सम्झौता भएको हो।उक्त रिसोर्ट कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हुने दाबी गरिएको छ। रिसोर्ट ८० रोपनी क्षेत्रफलमा फैलिने उल्लेख गरिएको छ।सम्झौता भएको तीन महिनाभित्र निर्माण कार्य थाल्ने तयारी भएको लगानीकर्ताहरूको भनाई छ। समुद्री सतहदेखि तीन हजार ७०० मिटर उचाइमा रहने सो रिसोर्ट कर्णालीको स्थानीय संस्कृति झल्किनेगरी नेपाली डिजाइनमा निर्माण गरिने भएको छ। रिसोर्ट दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्‍चालन ल्याइने बताइएको छ।...

लाल मोहम्मदको हत्यामा संलग्न बिहारका बब्लु प्रहरीको नियन्त्रणमा

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । प्रहरीले काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक बब्लु पासवानलाई गोली हानेर पक्राउ गरेको छ । पर्सा प्रहरीले सोमबार राती ४५ वर्षीय बब्लुलाई गोली हानेर नियन्त्रणमा लिएको हो। प्रहरीले पासवानको साथबाट ४९ ग्राम हिरोइन,मेड इन यूएसए लेखिएको पेस्तोल र ८ सय ८० ग्राम गाँजा बरामद भएको जनाएको छ। २०७९ असोज ३ गते गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । बब्लुको बायाँ खुट्टाको घुँडामुनी गोली लागेको छ ।...

पत्रकारविरुद्ध मानहानीको मुद्दा,फौजदारी कसूरमा कारबाही माग

ताजा अपडेट, ब्यानर-२
काठमाडौं । सिधा कुरा डटकमका पत्रकारलाई अदालतको अवहेलनामा फौजदारी कसूरमा अनुसन्धान गर्न सर्वोच्च अदालतकै उपरजिष्ट्रारले प्रतिवेदन पेश गरेका छन् । उनले उक्त इजलासबाट आदेश माग समेत गरेका छन् । उपरजिष्ट्रार गोविन्द घिमिरेमार्फत दायर रिटमा सिधा कुरा डटकमा युवराज कँडेल, नविन ढुंगानासहितविरुद्ध मानहानीको कसूरमा कारबाही माग गरिएको छ । अदालतको फैसलासँग सम्बन्धित एउटा गोप्य डिलको भनिएको अडिओ सार्वजनिक गरि केही मिडियाका सन्चालक र न्यायाधीश तथा वकिलहरु त्यसमा संलग्न रहेको दाबी गरेको थियो ।  न्यायाधीश डा.आनन्दमोहन भट्टराई समेतलाई एक विवादास्पद अडियो प्रकरणमा जोडेपछि सर्वोच्च अदालत प्रशासनले अवहेलना कारबाहीको प्रक्रिया अगाडि बढाएको बताएको छ ।अडियो अनुसन्धान गरी प्रचलित फौजदारी कसुरमा कारबाहीको दायरामा ल्याउन आदेशको माग गरिएको जनाइएको छ। उक्त मुद्दाको पेशी भोलि (सोमवार)का लागि तोकिएको छ । ...

बझाङमा कांग्रेसको अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
 धनगढी । बझाङको प्रदेश सभा–१ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् । सिंहलाई ७ हजार ४९२ मत प्राप्त भएको छ । भने नेकपा एमालेका भण्डारीलाई ७ हजार २२८ मत मिलेको छ । सुरुआती मत गणनामा भने यहाँ एमाले दोब्बर मतसहित अग्र स्थानमा थियो । यसैगरि नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् ।भने, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् । तर,राप्रपाका किशोर खड्काले भने,जम्मा १ सय ८२ मत पाएका छन् ।...

उपनिर्वाचन अपडेट : इलाम २ मा एमालेको फराकिलो अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
 इलाम । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनमा ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले २ हजार २८२ को फराकीलो मतान्तर बनाएका छन् । इलामको फाकफोक थुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाँउपालिकाको १ ,२,३ र ४ नम्बर वडाको मत गनिसक्दा एमालेको मतान्तर बढ्दै गएको हो। वडा नम्बर ४ को मत गनिसक्दा एमालेका उम्मेदवार सहाङ नेम्वाङले ७६७७ मत पाएका छन्।भने,कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मत पाएका छन्।त्यस्तै चुलाचुलीमा भने पहिचान पक्षधरका उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४हजार ५८ मत पाएका छन् ।यस्तै रास्वपाका उम्मेदवारले ११६२ मत प्राप्त गरेका छन्। हेर्नुस् कसको मत कति ?...

नेपाल पत्रकार महासंघ,उपत्यका प्रदेशको अधिवेशन सम्पन्न

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल पत्रकार महासंघ,उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार उपत्यका प्रदेशका अध्यक्ष श्रिजन झाको अध्यक्षतामा भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा उक्त अधिवेशन सम्पन्न भएको हो । मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहेको अधिवेशनको उद्घाटन सत्रमा उप—मेयर विजय कृष्ण श्रेष्ठ,नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,केन्द्रिय सदस्य शान्ताराम विडारी, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति लगायतको उपस्थिति रहेको थियो । यस्तै बागमति प्रदेशका अध्यक्ष शिवप्रसाद सिमखडा, प्रेस युनियनका अध्यक्ष नकुल अर्याल,प्रेस सेन्टरका अध्यक्ष विष्णु साप्कोटा ‘जुगल’,प्रेस चौतारी उपत्यका प्रदेशका इन्चार्ज हेमराज सिलवाल, श्रमजीवि पत्रकार संघमा अध्यक्ष जन्...

बझाङको सुरुवाती मतगणनामा एमालेको अग्रता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
कैलाली । बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमाले अग्रता बढाएको छ । नेकपा एमालेका दमन भण्डारीले ७५७ मत पाउँदा नेपाली काँग्रेसका अविशेक सिंहले ३८० मत पाएका छन् । त्यस्तै जनक बुढा (माओवादी)ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् । अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना भइरहेको बताइएको छ ।  ...

काठमाडौं महानगरले देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।सो सेवा सुविधाका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर महानगरपालिकामा सम्पर्क गर्नु पर्ने उनको भनाई छ। मेयर बालेनले महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने उल्लेख गरेका छन् । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड छन् ।जहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।...

तेस्रो लगानी सम्मेलन आजदेखि सुरु हुँदै,कति परियोजना प्रस्तुत होलान् !

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
मीना घोरसाइने काठमाडौं ।तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदै छ । आज १६ गते पहिलो दिन उद्घाटन सत्र र भोलि १७ गते दोस्रो दिन गरी ११ वटा समानान्तर सत्र सञ्चालन हुँदै छन् । उद्घाटन सत्र र  विभिन्न सत्रमा हुने सो सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय(सोह्रसय) लगानीकर्ताले भाग लिने नेपाल लगानी बोर्डले जनाएको छ । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरण सहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलन स्थलमा राखिने बा्ेर्डको भनाई छ।सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् ।सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको  छ । उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक अर्...