वातावरण

हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६, मंसिर मनहरी । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन कार्यालयले दुई वटा मतदानस्थलको व्यवस्था गरेको छ ।  ...
रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१६, मंसिर काठमाडौं ।रोल्पामा एक निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।  पुरिएका ६६ वर्षीय देविराम परियारको पनि शव फेला परेपछि मृतकको संख्या ५ पुगेको हो । यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको थियो । मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडानम्बर ३ बाहिरी गामका हुन् ।मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर आज बिहान ९ः५० बजे उनीहरु पुरिएका थिए । दुई जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए । सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको थियो ।...
सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१६, मंसिर काठमाडों । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला पाँच रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।...
विश्व एड्स दिवस मनाइँदै

विश्व एड्स दिवस मनाइँदै

ताजा अपडेट, वातावरण, समाचार
१६, मंसिर काठमाडौं । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७ औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ । सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।...
काठमाडौंको तारकेश्वर बस दुर्घटना : तीन जनाको  मृत्यु

काठमाडौंको तारकेश्वर बस दुर्घटना : तीन जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१५, मंसिर काठमाडौं । । काठमाडौंको तारकेश्वर नगगपालिका वडा नं ८ स्थित सेसमती पुलमा बसले पैदल यात्रुलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन भने एकको पहिचान खुलेको छैन। अत्यधिक गतिमा रहेको बा.४ ख ७१११नम्बरको बसले पैदलमार्गम ठक्कर दिएको थियो । काभ्रेथली बाट तिब्र गतिमा आएको बसले सेषमतीमा रोकेर राखेको कुखुराको गाढीलाई ठक्कर दिएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।...
पशुपति क्षेत्रमा शतबीज छरियो

पशुपति क्षेत्रमा शतबीज छरियो

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१५, मंसिर काठमाडौं । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा शतबीज छरिएको छ । प्रत्येक दिन मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको हो । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरूप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकैका क्षेत्रमा आज बिहानैदेखि दिवङ्गत पितृका नाममा शतबीज छर्ने भक्तजनको घुइँचो लागेको थियो । शुक्रबार बेलुकीदेखि पशुपति क्षेत्रमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानैदेखि शतबीज छर्ने र समापन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी ब...
आज बाला चतुर्दशी : पितृको सम्झनामा शिवालयमा शतबीज छर्नेको भिड

आज बाला चतुर्दशी : पितृको सम्झनामा शिवालयमा शतबीज छर्नेको भिड

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१५, मंसिर काठमाडों । आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन। हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन्। आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ। महाद्वीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ। त्यस्तै, शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ। आज बिहानै मृतकका आफन्तले शिवालयहरूमा शतबिज छर्ने गर्छन । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीप दान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । शुक्रबार रातभर दीप दान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दश...
रामेछाप दुर्घटना : गोकुलगंगा गाउँपालिका -४ का वडाअध्यक्षको मृत्यु

रामेछाप दुर्घटना : गोकुलगंगा गाउँपालिका -४ का वडाअध्यक्षको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१४, मंसिर काठमाडौं । मेछापमा  भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्षको मृत्यु भएको छ । शुक्रबार काठमाडौँबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परेर वडाध्यक्षसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ । सुमो झण्डै पाँच सय मिटर तर खसेको स्थानीयले बताएका छन् । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।...
अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१४, मंसिर हेटौँडा। हेटौँडा उपमहानगरपालिका–६ मा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । शुक्रवार बिहान कान्तिलोकपथ सडक खण्डको चौघडा बजारमा हेटौँडा बजारबाट चुच्चेखोला जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले पैदलयात्री स्थानीय हेटौँडा–६ शान्ति टोलका ६८ वर्षीय जनक राईलाई ठक्कर दिई घाइते बनाएको थियो । अटोको ठक्करबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका राईलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि चितवन रिफर गरिएको थियो । उनको उपचारको क्रममा चितवन मेडिकल कलेजका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।ठक्कर दिने अटो चालक हेटौँडा–६ बारुते बस्ने ३१ वर्षीय शङ्कर सार्की र अटो प्रहरीको नियन्त्रण रहेको छ ।...
पोखराको बाँझो जग्गामा कागतीखेती

पोखराको बाँझो जग्गामा कागतीखेती

ताजा अपडेट, वातावरण, समाचार
१४, मंसिर गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् । गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए । गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए । कागतीखेतीका लागि उहाँले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन् ।...