सुर्खेत । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा महावु गाउँपालिका–३, बाँसीका १५ वर्षीय सपना बुढा र १३ वर्षीय भावना बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगराठीका अनुसार गोठाला गएका उनीहरू छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन् ।
...
साउन ११, २०८१, १७:०१ मा प्रकाशितसाउन ११, २०८१, १७:०१ मा प्रकाशितसाउन ११, २०८१, १७:०१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । ड्राफ्ट(टिटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले ती माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिएको छ ।
‘डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स’को माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम गरिएको छ ।
नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि गरिएको छ । नीतिले विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पुनरावलोकन गर्ने लक्ष्य राखिएको छ ।
सेवा आयातवापत बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने वि...
साउन ११, २०८१, १६:४० मा प्रकाशितसाउन ११, २०८१, १६:४० मा प्रकाशितसाउन ११, २०८१, १६:४० मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ ।
त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा। गोपाल चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ । चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको छ ।
आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्कोको विवरणलाई हेरेर १४ वटा शवको लगभव पहिचान गरिएको छ । बाँकी ४ वटा शवको डेन्टल क्जामिनेसनमा रिर्पोट आएपछि आज शव आफन्तलाई बुझाउने तयारी छ ।
सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।...
साउन ११, २०८१, १५:०१ मा प्रकाशितसाउन ११, २०८१, १५:०१ मा प्रकाशितसाउन ११, २०८१, १५:०१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
चितवन । नारायणगढ–मुग्लिङ सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगन्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् । ।...
साउन ११, २०८१, १४:५७ मा प्रकाशितसाउन ११, २०८१, १४:५७ मा प्रकाशितसाउन ११, २०८१, १४:५७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ ।
त्यही अनुसार काम भइरहेको छ ।’ त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए ।...
साउन ११, २०८१, १४:५१ मा प्रकाशितसाउन ११, २०८१, १४:५१ मा प्रकाशितसाउन ११, २०८१, १४:५१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष आईसीयूबाट बाहिर सारिएको छ ।
क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा। मीना थापाले जानकारी दिइन् ।
‘उनको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । हिजो एमआरआई गर्दा खासै जटिलता नदेखिएपछि आईसीयूबाट सारेका छौं,’ डा. थापाले भने।
शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो ।...
साउन ११, २०८१, ११:३८ मा प्रकाशितसाउन ११, २०८१, ११:३८ मा प्रकाशितसाउन ११, २०८१, ११:३८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौं । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद ९एलपी० जोशीको निधन भएको छ। झापाको बिर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
बिहिवार राति ८:३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो ।
दमक –१ निवासी जोशीले ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाउनुभएको छ । जुन गीत अहिले पनि कालजयी मानिन्छ ।
एल।पी।जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो । जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहनुभएको थियो । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए ।...
साउन ११, २०८१, १०:०९ मा प्रकाशितसाउन ११, २०८१, १०:०९ मा प्रकाशितसाउन ११, २०८१, १०:०९ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए। “लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ”, आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उनले भने ।
स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।...
साउन ११, २०८१, १०:०३ मा प्रकाशितसाउन ११, २०८१, १०:०३ मा प्रकाशितसाउन ११, २०८१, १०:०३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।
बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए।...
साउन ११, २०८१, ०८:०१ मा प्रकाशितसाउन ११, २०८१, ०८:०१ मा प्रकाशितसाउन ११, २०८१, ०८:०१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।...