वातावरण

चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
रसुवा । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ । गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालका अनुसार आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारी साधनबाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको छ । त वर्ष राज्यको ठूलो लगानीबाट निर्माण भएको ग्याबिन पर्खाल मजबुत नभएकै कारण सडक मार्गमा क्षति भएको स्थानीयले बताएका छन् । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ । सडकमा पानी जम्न नदिइ अन्यत्र निकास गर्ने, भित्तामा रहेको पानीलाई पाइपद्वारा अन्यत्र निकास दिने, नालीलाई निरन्तर सफा गराउने अन्यत्र स्थानबाट वैकल्पिक मार्ग खोल्ने जस्ता काम गर्न एक महिना अगाडि गरिएको अनुरोधलाई जिम्मेवार निकायले बेवास्त...
कस्तो छ क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था ?

कस्तो छ क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था ?

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था ‘खतरामुक्त’ भई बोल्न र झोलिलो पदार्थ खान सक्ने भएका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको उपचार सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भइरहेको हो । अस्पतालका एक अधिकारीका अनुसार शरीरमा जलन नभए पनि भित्री चोटहरू देखिएका छन् । ‘उहाँको ढाडको हड्डी ३ वटा ठाउँमा भाँचिएको छ, जसलाई ढाडको लम्बर भन्छौँ । त्यसको अप्रेसनपछि गर्नुपर्ने भनिएको छ ।’ उनी थप भन्छन्, ‘सीटीस्कानबाट हड्डी भाँचिएको देखिएको थियो, त्यसबारे के गर्ने हो भन्ने विषयमा सम्बन्धित डाक्टरसँग समन्वय गर्छौँ ।’ अस्पतालले शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट देखिएको बताएको छ । साथै ढाडको एउटा हड्डीसँगै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएको अस्पतालले जनाएको ...
अरनिको अस्पतालमा कार्यरत डाक्टर मृत फेला

अरनिको अस्पतालमा कार्यरत डाक्टर मृत फेला

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
मोरङ । मोरङको उर्लाबारीमा एक डाक्टर कोठामा मृत फेला परेका छन्। मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनीषकुमार यादव बिहीबार बिहान कोठामा मृत भेटिएका हुन्। छिमेकीले झ्यालबाट हेर्दा उनलाई भित्रबाट चुकुल लगाएर सुतेको अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ घटनास्थल पुगेको प्रहरीले ढोका फुटाएर बिहान ८स् ४० बजे अरनिको अस्पताल पुर्‍याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।...
आज विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५४ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६३ रुपैयाँ रहेको छ ।...
विश्व सम्पदा स्थल स्वयम्भूमा वृक्षारोपण

विश्व सम्पदा स्थल स्वयम्भूमा वृक्षारोपण

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
काठमाडौं । विश्व सम्पदा स्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी,चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् । जिल्ला वन डिभिजन कार्यालय,यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीले बिरुवा रोपेका थिए । कार्यक्रममा काठमाडौँ–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले भूक्षय नियन्त्रणमा वृक्षारोपण महत्त्वपूर्ण हुने तथा स्वयम्भू क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताए।...
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं।मनसुनी प्रणालीको प्रभावलृे आज देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी,बागमती, गण्डकी,कर्णाली,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको। साथै कोशी,बागमती,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागलले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।कोशी,बागमती,गण्डकी,कर्णाली,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको।कोशी,बागमती,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थ...
नेप्से परिसूचक २७ अङ्कले घट्यो

नेप्से परिसूचक २७ अङ्कले घट्यो

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौँ । यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ । आज नेप्से परिसूचक २७ दशमलव ३२ अङ्कले घटेर दुई हजार पाँच सय ३६ दशमलव ११ को विन्दुमा कायम भएको हो । आज तीन सय ११ कम्पनीको चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर एक लाख ८८ हजार आठ सय ६५ पटक खरिदबिक्री हुँदा रु। १६ अर्ब २० करोड ८५ लाख ७७ हजार तीन सय १४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह एक दशमलव १६ र होटेल तथा पर्यटन समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक तीन दशमलव ०९ प्रतिशतले घटेको छ ।...
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । बसको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु भएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए । साउन ८ मा भक्तपुर नगरपालिका–६ डेकोचामा कमलबिनायकतर्फ जाँदै गरेको बामगति प्रदेश–३ ख ५०८० नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा भक्तपुर अस्पतालमा पैदल यात्रीको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।...
सौर्य एयरको जहाज दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु

सौर्य एयरको जहाज दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिकार शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिकार उनीहरुका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ मनुराज प्राविधिक भएको बताए ।
जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए । हालसम्म १९ जना यात्रुको उद्धार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।...