वातावरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ भने सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।...
देवीघाट–गल्छी सडक अवरुद्ध

देवीघाट–गल्छी सडक अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
नुवाकोट । अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ । विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए । दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ ।...
मनसुनयता बाढीपहिरोमा परी १३३ को मृत्यु

मनसुनयता बाढीपहिरोमा परी १३३ को मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकामा ९, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी एक सय ४५ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ६७ जनाको उ...
काठमाडौँ उपत्यकामा देखियो हैजा

काठमाडौँ उपत्यकामा देखियो हैजा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । डा. बसौलाका अनुसार उपचारका लागि शुक्रबार अस्पताल आएका ती किशोरको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । तर सोही स्थानबाट सोमबार आएका अर्को युवकमा पनि हैजाको शंका गरिएको उनले जानकारी दिए । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।उक्त पुनर्स्थापना केन्द्रमा हैजा फैलिएको हुनसक्ने आशंका गरिएको छ ।...

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । मनसुनी प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव,बाढी,पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अन...
काठमाडौं उपत्यका पोलियोविरुद्धको खोप अभियान : जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरमै पुगेर खुवाइँदै

काठमाडौं उपत्यका पोलियोविरुद्धको खोप अभियान : जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरमै पुगेर खुवाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा आज बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ। काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको खोप शाखाले जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर शनिबारसम्म खोप दिने जनाएको छ।निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाको भनाइ छ। २६ मे २०२४ मा संकलन गरिएको टुकुचा र वाग्मती मिसिएको पानी परीक्षण गर्दा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३०) देखिएको हो। सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।...
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणकार्य सुचारु गरिदैं

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणकार्य सुचारु गरिदैं

खेलकुद, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
चितवन।गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रोकिएको निर्माण कार्य तीन वर्षपछि सुचारु हुने भएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण कार्य आगामी साताबाट सुरु हुने भरतपुर महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले सगरमाथाप्रेस डटकमलाई जानकारी दिएका छन् । इन्जिनियर आचार्यका अनुसार रंशगाला निर्माणको बाँकी कामको ठेक्का पाएको हिमालयन,कालिञ्चोक बीबीआर जेभीले काम सुरु गर्ने तयारी गरेको छ।साइट अफिसको मर्मत,कामदार भवन मर्मत,रंगशालाभित्रको सरसफाइ लगायतका काम गरेपछि पूर्वाधारको काम सुरु गर्ने तयारी छ। रंगशाला निर्माणको पहिलो किस्ता (१० प्रतिशत)वापत निर्माण कम्पनीले ६ करोड ८० लाख रकम असार मसान्त अगाडि नै भुक्तानी लिइसकेको छ ।महानगरपालिकाका  अनुसार निर्माण लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको  छ।  रंगशाला निर्म...
एसटीएलआरपीलाई तेस्रोपटक पाटा गोल्ड अवार्ड प्राप्त

एसटीएलआरपीलाई तेस्रोपटक पाटा गोल्ड अवार्ड प्राप्त

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाण्डौं ।नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ । पाटा हेडक्वाटरका अनुसार परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड प्राप्त गरेको हो ।परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर÷गाउँ पालिकाहरुसंगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण गरि पर्यटन रोजगारीका अवसरहरू सिर्जना र दिगो पर्यटन विकासमा क्षमता अभिवृद्धि गरेकोले यो अवार्ड प्राप्त गरेको हो । यस अघि सन् २०२२ र २०२३ मा पनि एसटीएलआरपी परियोजनाले (पाटा) गोल्ड अवार्ड प्राप्त गरेको थियो । एसटीएलआरपीले पर्यटनका माध्यमबाट महिला सशक्तिकरणमा गरेको पहलकदमी, दिगोपन तथा सामाजिक उत्तरदायित्वका...
प्रभावकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न निर्देशन

प्रभावकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न निर्देशन

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताए । जल तथा मौसमविज्ञान विभागको निरीक्षणपछि उनले जनताको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर विभागले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। “जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यावहारिक रुपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,”– मन्त्री खड्काले भने । उनले विकास निर्माणसँग जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाई ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रुपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने उल्लेख गरेका छन् । विकास निर्माणको कामलाई असर नपर्ने गरी विभागले खोज र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । मन्त्री खड्काले कर्मचारीको मूल्याङ्कन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्...
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
मकवानपुर । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । राती नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ । ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो । कान्तिलोकपथअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–७ न्यासुरमा राति गएको पहिरो हटाई आज बिहान साढे ६ बजेदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।...