वातावरण

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
सुर्खेत । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । ग त वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो । ...
मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ, हल्का देखि मध्यम वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा दक्षिण तर्फ, हल्का देखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।आज देशभर आंशिक देखि साधारणतया बदली रही  देशभरका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेकाले अबको केही दिन भारी वर्षाको सम्भावना कमै रहेको छ ।   राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश र सुदूर पश...
न्यूरोडको फुटपाथ निर्माण सुचारु गर्न उच्च अदालतबाट अन्तरिम आदेश

न्यूरोडको फुटपाथ निर्माण सुचारु गर्न उच्च अदालतबाट अन्तरिम आदेश

ब्यानर-२, वातावरण, समाचार, स्थानीय
काठमाडौं ।काठमाडौंं महानगरपालिकाले न्युरोड सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि उक्त सडक निर्माण कार्य सुचारु गर्ने बाटो खुलेको हो । सडकलाई पैदलयात्रीमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो ।महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय,काठमाडौंको अवरोधपछि रोकिएको थियो ।  जेठ १२ गते डिभिजन सडक कार्यालय,काठमाडौंंले भौतिक रुपमा हस्तक्षेप गर्दै २ वटा पत्र पठाएको थियो ।डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रिट निवेदनमा महानगरपालिकाका तर्फबाट कानुनी सल्लाहकार ओमप्र...
नारायणीको किनारमा छैटौँ व्यक्तिको शव फेला

नारायणीको किनारमा छैटौँ व्यक्तिको शव फेला

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । चितवनको भरतपुर नगरपालिका–२६ स्थित सिसावारमा थप एक जनाको शव भेटिएको छ । नारायणीको किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । शवको पहिचान खुलेको छैन । सशस्त्र प्रहरीको नम्बर–१७ गणबाट खटिएको टोलीले शव फेला पारेर स्थानीय प्रहरीलाई बुझाएको छ । छैटौँ शव सिमलतालबाट बेपत्ता भएको दुई वटा डिलक्स बसको भएको आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।...
चित्लाङ–चन्द्रागिरी सडक खण्ड २० साउनसम्म बन्द

चित्लाङ–चन्द्रागिरी सडक खण्ड २० साउनसम्म बन्द

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
हेटौंडा । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डमा आगामी साउन २० गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । सडक मर्मत जारी रहेकाले साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यातायात अवरुद्ध हुने सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएका छन् । वर्षातको समयमा सडक मर्मतको काम भइरहेकाले सार्वजनिक यातायात सञ्चा गर्दा जोखिम बढ्ने भन्दै साउन २० सम्म आवागमन बन्द गरिएको भण्डारीले बताए । सडक डिभिजन काठमाडौंले चित्लाङ–चन्द्रागिरि–थानकोट खण्डको सेतो पहरो क्षेत्रमा उच्च ग्रेड कम गर्न र सडकको चौडाइ कम भएको ठाउँमा ‘ब्याक कटिङ’ तथा ‘ग्रेड डाउन’ गर्ने काम गरिरहेको छ ।...
स्थानीय व्यापारको नियमन अब प्रदेश सरकारबाट हुने

स्थानीय व्यापारको नियमन अब प्रदेश सरकारबाट हुने

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । स्थानीय व्यापारको नियमन अब प्रदेश सरकारबाट हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार १ साउन २०८१ देखि काठमाडौँ, भक्तपुर र ललितपुर ठेगाना रहेका र स्थानीय व्यापारको उद्देश्य भएका व्यावसायिक फर्मको नियमन सुरु गर्न लागिएको छ । विभागमा दर्ता भएका प्राइभेट फर्मको सक्कल फाइल प्रदेश सरकार अन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमा हस्तान्तरण सुरु गरिएको छ । अब स्थानीय व्यापारको नवीकरण, संशोधन, पूँजीवृद्धि, प्रतिलिपि, खारेजी लगायतको काम सोही कार्यालयबाट हुने समेत विभागले जनाएको छ ।...
सिमलताल पहिरो : बेपत्ता बसका पाँच जनाको शव भेटियो

सिमलताल पहिरो : बेपत्ता बसका पाँच जनाको शव भेटियो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । आज भेटिएका मध्ये दुई शवको शनाखत हुन बाँकी छ ।...
त्रिभुवन विश्व विद्यालयको सभा स्थगित

त्रिभुवन विश्व विद्यालयको सभा स्थगित

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
काठमाडौं । सोमबार लागि तय भएको त्रिभुवन विश्व विद्यालयको सभा स्थगित भएको छ। त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद्‌को बैठकले त्रिवि सभा बोलाएको थियो । देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ। परिषद् बैठकले त्रिवि सभा गर्न प्रस्ताव गरेकोमा प्रधानमन्त्री तथा त्रिविका कुलपतिले असार ३१ गते सभा गर्न स्वीकृति प्रदान गरेका थिए। तर, हाल पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउन नसकेपछि उनी काम चलाउको हैसियतमा पुगेका छन्।...
बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

बागलुङका पहिरोपीडितलाई आर्थिक सहयोग

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
बागलुङ । सरकारले मनसुनजन्य विपद्बाट ज्यान गुमाएका बागलुङका तीनजनाका परिवारलाई राहतस्वरुप रु छ लाख ५० हजार नगद प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले यही असार २७ गते राति बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोमा परी ज्यान गुमाएकी ५५ वर्षीया खिलकुमारी शर्माकी छोरी निर्मलालाई रु दुई लाख ५० हजार नगद प्रदान गरेको हो । यसैगरी यही असार १५ गते राति घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र निजकी ५० वर्षीया श्रीमती वसन्ती विकको मृत्यु भएको थियो । विकका परिवारलाई रु चार लाख नगद प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले राससलाई बताए । उक्त रकम सङ्घीय र प्रदेश सरकारबाट प्राप्त भएको हो । ...
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र...