वातावरण

हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध

हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१७, फागुन काठमाडौं । हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात व्यवसायी कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकाले मालवाहक र यात्रुवाहक दर्जनौँ सवारीसाधनहरू घुच्चीलेकमै अलपत्र परेको जानकारी दिए । उनका अनुसार घुच्चीदेखि वाँदखोलासम्म सडकमा झण्डै एक फिटभन्दा बढी हिउँ जमेको छ । हिमपातले अलपत्र परेका यात्रु रमेश बुढाका अनुसार बुलबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेकाले गमगढी पुग्न नसकेको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डे सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको हिउँ पन्छाउनलाई समन्वय भएको जानकारी दिए ।...
‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै

‘ट्राफिक टिचर’ अभियान बागमती प्रदेशभर लागु गरिँदै

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१७, फागुन काठमाडौं । चितवनबाट सुरु गरिएको ‘ट्राफिक टिचर अभियान’ बागमती प्रदेशभर लागु गर्न लागिएको छ । विद्यार्थीहरुलाई सडक नियम सम्बन्धी जानकारी गराउने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सो अभियान सुरु गरेको थियो । माघ ११ मा चितवनबाट सुरु गरिएको अभियान बागमती प्रदेशका सबै जिल्लामा लागु गरिने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका एसपी नरेश सुवेदीले बताए । अभियान अन्तर्गत सामुदायिक तथा निजी विद्यालयका शिक्षकरतलाई ट्राफिक प्रहरीले तालिम दिन थालेको छ । तालिम लिएका शिक्षकहरूले हरेक हप्ता एउटा कक्षाका विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा लिनुपर्छ ।चितवनमा भएका निजी तथा सामुदायिक विद्यालयका ५ सय ८ जना शिक्षकहरुलाई ट्राफिक नियमबारे तालिम प्रदान गरिएको छ । चितवनका ७ वटा स्थानीय निकायमा प्रशिक्षण सम्पन्न गरिएको एसपी सुवेदीले जानकारी दिए । ‘एक ...
दिउँसोदेखि मौसम खुल्दै जाने

दिउँसोदेखि मौसम खुल्दै जाने

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१७, फागुन काठमाडौं । आज पनि देशका केही भू-भागमा वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले आज तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणदेखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बद...
वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्ने

वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्ने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
१६, फागुन काठमाडौं । वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रबार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा। प्रकाश बुढाथोकीले यस्तो बताएका हुन् । प्रवक्ता बुढाथोकीले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको बताए । अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उनको भनाइ छ । उनले देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका चार सय ८४ वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको बताए । उनले भने, ‘माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीज्यूको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा आगामी सातादेखि दैनिक दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्नेगरी व्यवस्था मिलाइएको छ । त्यसैगरी, सेवा गरेको सुविधाका लागि प्रय...
प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

ताजा अपडेट, वातावरण, समाचार
१६, फाुनग काठमाडौ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ-पोखरा, काठमाडौँ-भरतपुर, काठमाडौँ-नेपालगञ्ज, काठमाडौँ-राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ-जनकपुर, काठमाडौँ-भद्रपुर, काठमाडौँ-भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ । साथै अधिकांश उडान डिले भएका छन् । प्रवक्ता शेर्पाका अनुसार दिउँसोदेखि भने उडान सा...
चीनको सिचवान प्रान्तीय सरकारद्वारा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय

चीनको सिचवान प्रान्तीय सरकारद्वारा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१६, फागुन काठमाडौ। चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने निर्णय गरेको छ । चीन भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डल र सिचवान प्रान्तीय सरकारका मन्त्री र नेताहरूको छलफलपछि सिचवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो । छलफलमा नेतृ कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सिधा उडान सुरु गर्न आग्रह गरेकी थिइन् । उनले आफूले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्को प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास समेत व्यक्त गरेकी छन् । चिनियाँ कूटनीतिज्ञ सरलाले कोइरालाको भ्रमणलाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको र छात्रवृत्तिको विषय भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएकी छन् । सरलाले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै राजनीतिक दलहरूसँग समानस्तरको सम्बन्ध राख्न चाहे...
पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६, फागुन दार्चुला । महाकाली नगरपालिका-५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए । सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो । उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।...
प्रथम महिला न्यायाधीश श्रेष्ठको निधन

प्रथम महिला न्यायाधीश श्रेष्ठको निधन

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१६, फागुन काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ‘८४ वर्षिया श्रेष्ठको आज बिहान उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो । शारदा नेपालको पहिलो महिला न्यायाधशि तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश हुन् । २०६१ साल वैशाखमा सर्वोच्च प्रवेश गरेकी शारदा ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिईन् । सर्वोच्च पुग्नुअघि उनी उच्च् अदालत राजविराजमा कार्यरात थिईन् । उनको आजै साँझ अन्त्येष्टि गरिन स्रोतले जनाएको छ ।...
प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६ , फागुन काठमाडों । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु. दुई हजार २०० ले घटेर रु. एक लाख ६८ हजार १०० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला रु. एक हजार ९१५ मा कायम भएको छ ।...
पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय, यी स्थानमा  वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१६, फागुन काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा, गण्...