वातावरण

जुम्लामा फेरि भूकम्प

जुम्लामा फेरि भूकम्प

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३०, माघ काठमाडौं । जुम्लाको पाटमारा क्षेत्र केन्द्रबिन्दु भएर बुधबार दिउँसो फेरि भूकम्प गएको छ । दिउँसो ३ः३८ बजे ४।१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाको पाटमारा क्षेत्रमा थियो । हालसम्म भूकम्पका कारण कुनै क्षति भएको जानकारी प्राप्त नभएको भए पनि स्थानीयवासीहरू केहीबेरका लागि त्रसित बनेका थिए । ...
मेलम्ची खानेपानीको पाइप फुट्दा जलमग्न बन्यो बबरमहल

मेलम्ची खानेपानीको पाइप फुट्दा जलमग्न बन्यो बबरमहल

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३०, माघ काठमाडौं । काठमाडौँको बबरमहलस्थित मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुट्दा बाढी पसेर आसपासका सरकारी कार्यालय जलमग्न भएका छन् । जिल्ला अदालत अगाडि रहेको मुख्य पाइप फुटेपछि वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा परेका हुन् ।यसले काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा समस्या निम्त्याउने अनुमान गरिएको छ । अहिले नेपाल प्रहरी र काठमाडौं महानगर प्रहरीले डुबान प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका लागि टोली परिचालन गरेको छ ।...
पोखरामा आज सबैभन्दा बढी प्रदूषण

पोखरामा आज सबैभन्दा बढी प्रदूषण

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३०, माघ काठमाडौं । पोखरा आज देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । त्यस्तै चितवनको भरतपुर दोस्रो नम्बरमा छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार भरतकपुरको १७० एक्यूआई छ । भैंसेपाटी १५४ एक्यूआईसहति तेस्रो स्थानमा हुँदा रत्नपार्क क्षेत्रको वायु प्रदूषण १५१ एक्यूआई छ । वातावरण विभागका अनुसार खुमल्टार, शंखपार्क, भक्तपुर र धुलिखेल क्षेत्र पनि आज सर्वाधिक प्रदूषित सहरमा छन् । हिजो २०८ भन्दा बढी एक्यूआईसहित शंखपार्क देशकै प्रदूषित स्थान बनेको थियो ।वातावरण विभागका अनुसार ०.५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१(१०० मध्यम, १०१(१५० हुँदा अस्वस्थ, १५१(२०० अस्...
महाशिवरात्रिका लागि पशुपति क्षेत्रका मठमन्दिरको रङरोगन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रका मठमन्दिरको रङरोगन

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३०, माघ काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ । महाशिवरात्रिको तयारीसँगै अहिले पशुपति क्षेत्रका शिवालय, देवालय, मठमन्दिरहरुको सरसफाइ र रङ रोगनको काम सुरु गरिएको हो । यस वर्ष भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा आएका धेरै साधु सन्त पनि आउन सक्ने अनुमान गरेर त्यसै अनुरूपका तयारी सुरु गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले बताए । महाशिवरात्रिमा पशुपतिनाथ आउने साधु सन्त प्रत्येक वर्ष बढ्ने गरेका छन् । यस वर्ष महाकुम्भकै कारण पनि साधु सन्तको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । यो वर्ष महाशिवरात्रि फागुन १४ गते परेको छ ।...
आज हिंसात्मक अतिवाद रोकथाम दिवस

आज हिंसात्मक अतिवाद रोकथाम दिवस

ताजा अपडेट, वातावरण, समाचार
३०, माघ काठमाडौं । आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने यो अन्तर्राष्ट्रिय दिवसमा आतंकवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तर सरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अविवादविरुद्ध सचेतना फैलाउने गरेका छन् । आतंकवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसंघीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ का दिन यो दिवस मनाउने घोषणा गरेको हो । विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित पार्ने हिंसात्मक अतिवादलाई परास्त गर्दै धार्मिक, सांस्कृतिक, सामाजिक, सहिष्णुताको सन्देश प्रवाह गर्न राष्ट्रसंघले यो दिवस मनाउन आह्वान गरेको हो ।...
सुनको मूल्य २७ सयले बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य २७ सयले बढ्यो , आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३०, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ७ सय रुपैयाँले बढेर एक लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ९३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । ...
एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन

एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३०, माघ काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत कथा आज समापन भएको छ । काठमाडौंको शालीनदी र हनुमानघाटस्थित त्रिवेणीधाममा आज व्रतालुहरुले स्नान एवम् पूजा गरी विधिपूर्वक व्रत समापन गरेका छन् । पुुस शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म स्वस्थानी र माधवनारायण व्रत हुने गर्दछ । आज अन्तिम दिन व्रत समाप्त गर्नेहरुको शाली नदी, गौरीघाट, हनुमानघाटमा घुइँचो छ । नदी, तलाउ आदि क्षेत्रमा जान नसक्नेहरुले घरमै पूजापाठ गरी व्रत समाप्त गरेका छन् । पुुस शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म स्वस्थानी र माधवनारायण व्रत हुने गर्दछ । आज अन्तिम दिन व्रत समाप्त गर्नेहरुको शाली नदी, गौरीघाट, हनुमानघाटमा घुइँचो छ । नदी, तलाउ आदि क्षेत्रमा जान नसक्नेहरुले घरमै पूजापाठ गरी व्रत समाप्त गरेका छन् । आजदेखि स्वस्थानी कथा सुन्ने र सुनाउने काम पनि सकिएको छ । स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्...
पूरा भयो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी

पूरा भयो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी

खेलकुद, वातावरण, समाचार
२९, माघ काठमाडौं । काठमाडौँमा फागुन पहिलो साता हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको प्रारम्भिक‌ जानकारी दिएको हो । आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलो पटक चार देशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन कीर्गिस्तान फागुन १ गते तथा बाँकी‌ दुई टोली फागुन २ गते नेपाल आइपुग्ने छन् । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ । प्रतियोगिताको लागि ब्रोडकास्टिङ तथा टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड लजिकलाई प्रदान गरिएको छ । १ करोड ३५ लाख टिकटिङ अधिकार त...
गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग गरिन् सम्बन्धविच्छेद

गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग गरिन् सम्बन्धविच्छेद

कानुन, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, माघ काठमाडौँ । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौँले छिनोफानो गरेको हो । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । एलिनाले आज सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सम्बन्धविच्छेद भएको पुष्टि गरेकी छन् । उनले लेखेकी छन्, ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दूर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी वि...
फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२९, माघ काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबारको तुलनामा रु ६ सयले बढेर एक लाख ७० हजार २ सय कायम भएको छ । सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।...