वातावरण

दक्षिणकालीमा स्कुल बस दुर्घटना

दक्षिणकालीमा स्कुल बस दुर्घटना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, माघ काठमाडौं । राजधानीको दक्षिणकालीमा स्कुल बस दुर्घटना भएको छ । आइतबार अपराह्न दक्षिणकाली नगरपालिकास्थित भन्ज्याङ भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घटनामा परेको बस जुनकिरी स्कुलको भएको र त्यसमा सवार २५ जना घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिए ।...
चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

ताजा अपडेट, वातावरण, समाचार
२७, माघ चितवन । चितवनमा खसीबोका बोकेको मिनीट्रक दुर्घटना भएको छ । बिहान करिब साढे ६ बजेको समयमा भएको दुर्घटनामा १९ वटा खसी बोका मरेका छन् । प्रहरीका अनुसार उक्त मिनीट्रकमा बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ लगिइँदै थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको मिनिट्रक दुर्घटना भएको हो । भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा दुर्घटना भएको थियो । आज बिहान नै चितवनमा नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेतीदोभानमा दुर्घटना भएको थियो । बिहान साढे ४ बजे २८ जना सवार बस दुर्घटना हुँदा २५ जना घाइते भएको जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।...
ललितपुरबाट ४ वर्षीय बालकको अपहरण,भियतनामी नागरिक कलंकीबाट पक्राउ

ललितपुरबाट ४ वर्षीय बालकको अपहरण,भियतनामी नागरिक कलंकीबाट पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, माघ काठमाडौं । ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ । अपहरणको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ । उनीमाथि बालबालिकालाई अपहरण गर्ने र कोठामा बन्धक बनाउने आरोप छ । प्रहरीको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।  
सुनको मूल्य बढ्यो, आज कति हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कति हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२७, माघ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १ सय रुपैयाँ बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १९८५ रुपैयाँमा कायम भएको चाँदी आज १९६० रुपैयाँमा कारोबार भइरहेको छ ।...
खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन

खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन

ताजा अपडेट, वातावरण, समाचार
२७, माघ तनहुँ । जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । यसको खेर फालिने गरिएका थम्बालाई तनहुँका महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन् । शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताए । उनका अनुसार ज्येष्ठ नागरिकमा रहेका सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम समेत प्रदान गरिँदै आएको छ । केराको थम्बाबाट उपयोगी सामान उत्पादन तथा निर्माण गर्न सिकाउने तालिमले खेर गइरहेका स्थानीय कच्चा पदार्थ र समयको सदुपयोग गर्ने उद्देश्यले सीप प्रदान गरिएको प्रमुख आचार्यले बताए । उनले भने, “स्थानीय कच्चा पदार्थको उपयोगलाई प्राथमिकता दिएका हौँ, यसले खेर गएका कच्चा पदार्थ उपयोगमा आउनुका साथै सीप विकास तथा पुस्ता हस्तान्तरण हुन्छ ।” आधारभूत तालिम प्राप्त गर्ने सह...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२७, माघ काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा र बिक्रीदर १४५ रूपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रूपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७० पैसा र बिक्रीदर ८८ रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८५ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर...
चितवनमा बस दुर्घटना

चितवनमा बस दुर्घटना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२७, माघ काठमाडौं । चितवनको भरतपुर-२९ गाईघाटमा रात्रीबस दुर्घटना हुँदा २५ भन्दा बढी घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलवाट करिब २० मिटर तल खोल्सिमा खसेर दुर्घटना भएको हो। बस आज बिहान पौने पाँच बजे सेतीदोभानस्थित गाईघाटमा गाडीको टायर फड्किएर पुलबाट तल खसेर दुर्घटना भएको हो।घाइतेहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको नेपाल प्रहरी राजर्माग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुखका एसपी नरेश सुवेशीले जनकारी दिए।घटनास्थलमा प्रहरी टोली उद्धारको लागि खटिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।...
आजको मौसम : यी पाँच प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२७, माघ काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका थोरै स्थानहरूमा भने हल्का हुस्सु तथा कुहिरो लागेको छ ।आज दिउसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । राति पनि यही अवस्था कायम रहने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरूमा हुस्सु लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।...
आगलागीपछि खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु

आगलागीपछि खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२६, माघ काठमाडौं । आगलागी भएको खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु गरेको छ । शनिबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले अवलोन गरेलगत्तै मन्त्रालयले मर्मतसम्भारको काम थालेको उनको सचिवालयले जनाएको छ । शनिबार बिहान खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको जनाइएको छ ।...
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति

खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२६, माघ काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन ।आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।...