वातावरण

महिलाको डिम्बासयबाट १८‍.६ किलोको ट्यूमर निकालियो

महिलाको डिम्बासयबाट १८‍.६ किलोको ट्यूमर निकालियो

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
२६, माघ काठमाडौं । एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० सेन्टिमिटर आकारको ट्यूमर निकालिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले हालै ३९ वर्षीया महिलाको डिम्बासयबाट उक्त ट्यूमर शल्यक्रिया गरी सफलतापूर्वक निकालेका हुन् । मोरङकी ती महिलाको शल्यक्रिया प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा। रमेश श्रेष्ठको नेतृत्वमा भएको सहप्रवक्ता डा. अभिजीत कुमारले जानकारी दिए । सामान्यतया डिम्बाशयको ट्यूमर भन्नाले महिलाहरुमा प्रजनन् अङ्गको रुपमा रहेको डिम्बाशयको कोषिका अनियन्त्रित रुपमा बढ्दै जानु हो । महिलाहरुमा सामान्यतया यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दाँया र बाँया दुवै भागमा टाँसिएर रहेको अवस्थामा हुन्छ ।...
हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक

ताजा अपडेट, पर्यटन, वातावरण, समाचार
२६, माघ मनाङ । हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् । गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण गरे । चिनियाँ नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएकाले जनवरीमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनका पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय मनाङले जनाएको छ । चीनका मात्रै एक सय ९९ पर्यटक यहाँ घुम्न आएका छन्।...
पोखरा भ्रमण वर्ष घोषणाको तयारी, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

पोखरा भ्रमण वर्ष घोषणाको तयारी, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२६, माघ कास्की । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताए । घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समितिसहित ४३ वटा उपसमिति गठन गरिएका छन् । यी समिति तथा उपसमितिमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधि, स्थानीय टोल विकास संस्था, अधिकारकर्मी तथा नागरिक समाजका...
आजको मौसम : यी चार प्रदेशमा हिमपातको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२६, माघ काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी चार प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको देखिन्छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।...
दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

अन्तर्राष्ट्रिय, ताजा अपडेट, वातावरण, समाचार
२५, माघ काठमाडौं। अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशङ्का गरिएको छ । अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान बेपत्ता भएको हो ।यी दुई सहरहरू नोर्टन साउण्डमा एक अर्काबाट लगभग १४६ माइल ९२३५ किलोमिटर० को दूरीमा अवस्थित छन् । खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन्। हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो।...
सानदार मःम : सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट, ११ जना घाइते

सानदार मःम : सेन्टरमा ग्याँस सिलिन्डर विस्फोट, ११ जना घाइते

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२४, माघ काठमाडौं । काठमाडौँको कमलपोखरी स्थित सानदार मःमः सेन्टरमा आज बिहान पौने ९ बजे ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । भान्सा कोठामा रहेको सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । ग्याँस सिलिन्डर के कारणले पड्किएको भन्ने अनुसन्धान सुरु गरिएको उनको बताए ।  ...
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल

बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२४, माघ काठमाडौं। बूढानिलकण्ठ नगरपालिकाले संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ । बूढानिलकण्ठ–३ स्थित विष्णु गुप्ताका पालामा दोस्रो शताब्दीमा निर्मित बूढानिलकण्ठ मूर्ति र मन्दिर क्षेत्रलाई युनेस्को विश्वसम्पदा सूचीमा समावेश गर्न आजदेखि औपचारिक रूपमा सरोकार निकाय, इतिहास र संस्कृतिविद्, विज्ञ, बुद्धिजीवी, लेखक, पत्रकार आदिको संलग्नतामा छलफल एवं अन्तरक्रिया गर्दै यसलाई निरन्तरता दिने भएको छ ।नगरपालिका कार्यालयले नारायणस्थानको इतिहास, किंवदन्ती एवं कला सम्पदालाई विशिष्ट ढङ्गबाट अन्वेषण गरी अभिलेख तयार गर्न पनि आरम्भ गरेको छ । कार्यक्रममा प्रा दिनेशराज पन्त, धर्मसंस्कृतिविद् डा।गोविन्द टण्डन, नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान...
कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४, माघ काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  ...
टेलिकमद्वारा निःशुल्क सिम वितरण

टेलिकमद्वारा निःशुल्क सिम वितरण

ताजा अपडेट, वातावरण, समाचार
२३, माघ काठमाडौं । नेपाल टेलिकमको रुकुमपश्चिमस्थित कार्यालयले निःशुल्क सिम वितरण गरेको छ । नेपाल टेलिकम २१ वर्ष पूरा गरेर २२ वर्ष प्रवेश गरेको अवसरमा कार्यालयले निःशुल्क सिम वितरण गरेको हो । जिल्लाको सानीभेरी गाउँपालिका –९ सिम्लीमा एक टोली परिचालन गरेर निःशुल्क सिम वितरण गरेको कार्यालय प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार १८० थान सिम वितरण गरिएको छ । यी सबै सिम प्रिपेड नम्बरका हुन् । सर्वसाधारण र विद्यार्थीलाई लक्षित गरेर सिम वितरण गरिएको शर्माको भनाइ छ । वार्षिकोत्सवको अवसरमा टेलिकमको सेवा सहज र सुलभ बनाउने क्रममा सदरमुकाम बाहिर गएर सिम वितरण गरिएको प्रमुख शर्माले जानकारी दिए ।...
काठमाडौंका ३६ ठाउँमा अब यात्रु आफैंले ट्राफिक लाइट बालेर सडक ‘क्रस’ गर्न सक्ने

काठमाडौंका ३६ ठाउँमा अब यात्रु आफैंले ट्राफिक लाइट बालेर सडक ‘क्रस’ गर्न सक्ने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२३, माघ काठमाडौं । काठमाडौं महानगरपालिकाका ३६ ठाउँमा अब पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बालेर सडक क्रस गर्न सकिने भएको छ । पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ स्थानमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । महानगरले बुधबारदेखि बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा उक्त प्रविधि जडान गरेको हो । योसँगै यस्तो प्रविधिबाट महानगरका ३६ स्थानमा ट्राफिक बत्ती बालेर सडक क्रस गर्ने सुविधा रहेको उनले बताए । उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए ।...